20100314

नेपाली सेनामा सामूहिक समायोजन नभए जनव्रि्रोह गर्ने माओवादी चेतावनी, समायोजनमा कुनै सम्झौता नगर्ने !

नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले नेपाली सेनामा सामूहिक समायोजन नभए जनव्रि्रोह गर्ने चेतावनी दिनुभएको छ। हेटौंडामा भएको राजनीतिक, वैचारिक प्रशिक्षणमा महासचिव बादलले प्रधानसेनापति छत्रमानसिंह गुरुङले दिएको अभिव्यक्ति सुनियोजित भएको भन्दै सरकारी कर्मचारीले जथाभावी बोल्न नहुने बताउनुभयो। पूर्वरक्षामन्त्रीसमेत रहनुभएका बादलले समूहगत रूपमा जनसेना नेपाली सेनामा प्रवेश नगराइए नेपाली सेना पनि विघटन गर्नुपर्ने बताउनुभयो। प्रधानसेनापतिको अभिव्यक्तिले षड्यन्त्रको गन्ध आएको भन्दै बादलले जनसेना समायोजनमा पार्टी कुनै सम्झौता नगर्ने भन्दै कार्यकर्तालाई आश्वस्त पार्नुभयो। महासचिव बादलले जनव्रि्रोहबाट सत्ता कब्जा गर्ने भन्दै जनसेना जनव्रि्रोहमा प्रयोग गर्ने उद्घोष गर्नुभयो। सञ्चारकर्मीलाई प्रवेश गर्न नदिइएको पार्टी गोप्य प्रशिक्षणमा बादलले जनव्रि्रोहका लागि तयार रहन निर्देशन दिनुभयो।
भारतले प्रचण्डलाइ अर्को बिन लादेन बनाउन  खोज्दैत छैन लस्कर - ए तोएबा को खोजि गर्ने बहानामा ?
-Shekhar Dhungel
भारतीय गृह मन्त्रि पि चिदम्बरमले माओबादी जिहादी भन्दा खतरा रहेको अभिव्यक्ति दिनु भएको छ . वहाले सिधै नेपाल को माओबादी लाइ न भने पनि तारा नेपाल मा भारत बिरोधि गतिबिधि बढिराखेको भनि चिन्ता ब्यक्त गर्नु को अर्थ नेपालि माओबादी प्रति नै लक्षित भएको विश्वास गरिन्छ . त्यसमा पनि गत हफ्ता मात्र एमाओबादी नेपाल का उपाध्यक्ष डा बाबु राम भट्टराई ले भारतीय शसस्त्र माओबादी लाइ नेपाल को माओबादी को सैदान्तिक समर्थन रहेको स्पस्ट अभिव्यक्ति दिनु भएको ...
थियो . यसै बिच आज नेपाल स्थित भारतीय दुताबास ले आफ्नो दुताबास मा लस्कर - ए तोएबाले आक्रमण को तारो बनाएको प्रोपोगान्डा भित्र को रहस्य कतै भारत ले नेपाली माओबादी प्रचण्ड लाइ अर्को बिन लादेन बनाउन र नेपाल लाइ अफगानिस्थान बनाउन खोज्दैत छैन ? लस्कर - ए तोएबा को खोजि गर्ने बहाना मा ?
नेपाल को राजनीति फाट मा आज एउटा चर्चा चलेको छ तत्कालिन माओबादी र हाल को ए माओबादी ले भारत लाइ धोखा दियो वा दिन खोज्दैछ वा ए माओबादी लाइ भारत ले धोखा दियो वा दिदैछ ? एउटा साधारण तिर्थ यात्री वा साना तिना ब्यापारी लाइ भारतीय सिमा बल ( अर्ध शैनिक फोर्स ) , प्रहरी र भारतीय गस्ती भन्सार ले दर्जनौ ठाउ मा चेक जाच गरि हैरानी पार्ने काम कुनै नया होइन . पंचायत मा तत्कालिन शा ने बा नी को एउटा बिमान मा सुन रहेको बहाना मा बिमान को भित्रि भाग धुजा धुजा पारिदिएको थियो भारतीय भन्सार ले दिल्लीमा भने १० बर्ष जन युद्ध काल मा सैयौ ट्रक हतियार को वसार पसार , अन्तरास्ट्रीय रेड कर्नर नोटिस जारी गरिएको माओबादी का सबै केन्द्रीय स्तर का नेता लाइ आवत जावत गर्दा पत्तो पाएन भनि कसले विश्वास गर्छ ? अरु त् अरु जन युद्ध काल मा प्रचण्ड दिल्ली नगिज नोयडा को आलिशान अपार्टमेन्ट मा शान सीत बसी नेपाल मा युद्ध संचालन गर्थे . तत्कालिन सरकार र बाबुराम जी को नेतृत्व मा दांगमा भएको बार्ता भंग गर्ने आदेस प्रचण्ड ले दिल्ली बाटै दिएका थिए . भारतीय सरकार कै सुरक्षा मा रेड कर्नर जारि गरिएको माओबादी नेता हरु लाइ पटना र सिलगुडी मा माधब नेपाल प्रदिप नेपाल सीत बार्ता भएका थिए .

दिल्ली मै रहेका प्रचण्ड को सल्लाह र सहमति मै भारतीयले हिन्दीमा लेखेको कथित १२ बुद्धे सम्झौता मा तत्कालिन सात दल लाइ बोलाएर भारत ले सहि गर्न लगाएकै हो . भारत कै दबाब मा जबर्जस्ति संबिधान सभा को निर्बाचन गर्नु परेको तथ्य गिरिजा बाबु ले गर्नु भएको थियो . जबकी ६ महिना भित्र मा माओबादी को जन सेना लाइ समायोजन वा विस्थापन गराएर मात्र निर्बाचन जानु पर्ने थियो माओबादी लाइ नै सहयोग पुग्ने काम भारत को इच्छा मै भएको हो . कटुवाल प्रकरण घट्न सक्ने देखेर नै गिरिजा बाबु ले रक्षा मन्त्रालय माओबादी लाइ दिन हुन्न भन्दा भारत कै दबाब मा सत्ता र रक्षा दिनु पर्ने अबस्था आयो . यस समय मा २० पटक सम्म भारतीय राजदुत सुद लाइ भेटेको स्वयम प्रचण्ड ले सगौरब सार्बजनिक गर्नु भएको थियो . कटुवाल प्रकरण मा पनि प्रचण्ड ले अफ्नो कार्यकर्ता को बिसाल आमसभा लाइ लत्याई भारतीय ''र '' का नेपाल हेर्ने अमरेस कुमार सिंह सीत लप्सीफेदी को रिसोर्ट मा गोप्य बार्ता पस्चात अर्थात् भारतीय कै सल्लह मा राजिनामा दिनु भएको हो . नेपालि माओबादी र भारतीय को बिचमा के कुरा मिलेन र तनाव सुरु भयो ? के त्यस्तो रहस्यात्मक खटपट पर्यो प्रचण्ड र भारत को ? जब कि आफ्नो देश को माओबादी लाइ आतंकारी घोषणा गरि प्रतिबन्ध लगाएको भारत ले नेपाल को माओबादी लाइ शसस्त्र सहयोग गर्नु के राजतन्त्र फ्याक्ने हथियार मात्र बनाएको हो ?वा के नेपाल लाइ भारतीय सुरक्षा छाता मुनि राख्ने खेल हो र माओबादी त्यस बाट बिच्केका हुन् ? वा माओबादी सरकार हुदा सिक्किमीकरण गर्दा अपजस लिन न चाहेर सत्ता बाहिर बसी भारत बिरोधि नाटक मंचन गर्ने ,जातीय र मधेश बादी बिद्रोह चर्काएर भारतीय शेना भित्र्याउने प्रचण्ड र भारत को प्रपंच हो ? वा राजतन्त्र सिध्याउन मात्र आफु लाइ सहयोग र प्रयोग गरेको र अब आफै लाइ सिध्याउन लागेको प्रचण्ड ले सुइँको पाए ? कतै त्यसै कारण ले आफु लाइ खतरा भएको भन्न थालेका त् होइनन ? कतै त्यसै कारण ले क्रान्ति कारी र रास्त्रबादी (पुर्ब राजा बादी ? ) मिल्नु पर्छ भनेका त् होइनन ? त्यसैले हो कि सत्ता मा रहुन्जेल एउटा भाषड मा १० चोटी राजसस्था लाइ गाली गर्ने माओबादीले आज भोलि राजा लाइ गाली गर्न छाडेका ?

स्मरण रहोस एक प्रभाबसाली भारतीय माओबादी नेता ( गान्धी ) लाइ हंकंगमा , सिंगापुर मा , बेल्जियम मा पटक पटक माओबादी नेता प्रचण्ड लाइ भेटि भारतीय सुरक्षा मा खतरा पुर्याएको आरोप मा दिल्ली प्रहरीले हालै जेल हालेको छ . कतै प्रचण्ड भारत् का लागि बिन लादेन र नेपाल अफगानिस्थान हुन् त् होइन ? कतै लस्कर - ए - ताइवा को खोजि भन्दै नेपाल को माओबादी लाइ भारत ले समाप्त गर्न खोजेको त् होइन ? १० बर्ष जन युद्ध मा माओबादी को प्रतक्ष्य सहयोगी रहेको भारत र प्रचण्ड बिचको खटपट को रहस्य बुझ्न सकिएको छैन . यहाँ कसले कसलाई धोखा दियो कि नाटक मंचन हो थाहा पाउन १४ जेठ कुर्नु पर्ने छ वा त्यस भन्दा अगाडी नै माओबादी प्रचण्ड र लस्कर - ए ताइवा को मिलोमतो छ भन्दै भारत ले माओबादी लाई सिध्याउन शैनिक भित्याउने हो ? आखिर अमेरिकाले अफगानिस्थान मा हान्न हुन्छ भारत ले आफ्नो देश बिरुद्ध नेपाल मा आतंककारी गतिबिधि भै राखेको छ भनि नेपाल हान्न किन हुन्न भनि अन्तरास्ट्रिय जगत मा आवाज उठायो भने बोल्ने को ? सुजाता ?
शेखर ढुंगेल
nepaltoday.com.np

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक