20100309

गणतन्त्रवादी खुमबहादुर खड्का १२ वर्षपछि बने राजतन्त्रवादी खुमबहादुर खड्का !!!

पूर्व राजा आफै काली बाबाका पछाडि कुदिरहेका बेला खुम बहादुर खड्का कसरी बने राजतन्त्रबादी ?!
राजाले माओवादी उकासेको हुनाले नेपाली कांग्रेस गणतन्त्रमा जानुपर्छ भनेर तत्कालीन गृह मन्त्री खुमबहादुर खड्काले २०५४ सालमा पार्टी केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका थिए।
 त्यसवापत् उनले पार्टीमा स्पष्टीकरण दिनुपर्‍यो। तिनै नेता बाह्र वर्षपछि सोमबार एउटा धार्मिक यज्ञमा पूर्व राजा ज्ञानेन्द्रसँग घनिष्ठ देखिँदै भलाकुसारीमा भेटिए। यसबीच उनले सार्वजनिक गर्दै आएको विचारले उनी राजतन्त्र र हिन्दु राष्ट्रको पक्ष र संघीयताको विपक्षमा देखिँदै आएका छन्। कांग्रेसलाई माओवादीको सामना गर्न तरुण दस्ता .....
बहाली हुन् सक्छ सास्कृतिक राजतन्त्र  -शेखर ढुङ्गेल......
बनाउनुपर्ने धारणा राख्दै राजनीतिमा पुनः सक्रिय खड्काले पार्टीको आगामी महाधिवेशनमा एउटा धारको नेतृत्व गर्ने तयारीसमेत गरिरहेका छन्। सूर्यवहादुर थापा नेतृत्वको मिलिजुली सरकारमा गृहमन्त्री रहेका खड्काले पार्टी केन्द्रीय कार्यसमितिमा 'माओवादी राजा वीरेन्द्रले संचालन गरिरहेको' अभिव्यक्ति दिएपछि खैलाबैला मच्चिएको थियो।
गुप्तचर प्रतिवेदनलाई उदृत गर्दै खड्काले माओवादी नेता 'प्रचण्ड' (पुष्पकमल दहाल) र 'बादल' (रामबहादुर थापा)को नामै लिएर दरबारले संचालन गरेको भन्दै काँग्रेस गणतन्त्रमा जानुपर्ने धारणा राखेका थिए। उक्त प्रस्तावमा महन्थ ठाकुर, गोविन्दराज जोशी र अर्जुननरसिंह केसीले पनि साथ दिएका थिए।

'मैले पार्टीमा राखेको विचार एउटा राजावादी साप्ताहिकमा जस्ताको तस्तै छापियो,' बाह्र बर्ष पुरानो घटना सम्भि्दै खड्काले भने- 'राजा वीरेन्द्रले मेराविरुद्व सभापति कोइरालालाई दबाब दिए।'

कोइरालाले खड्कालाई बोलाएर 'दरवार रिसाएकाले सफाइ दिन' सम्झाए, पार्टीले स्पष्टीकरण सोध्यो। बुधवार नागरिकसित कुराकानी गर्दै उनले भने- 'राजा ज्ञानेन्द्रको शासनकालमा पनि दरबारले मलाई दिनु दुःख दियो।'

माओवादीविरुद्व सेना परिचालन, २०५९ मा घोषणा गरिएको मध्यावधि निर्वाचन सार्न नहुने लगायत मुद्दामा राजा ज्ञानेन्द्रसँग खड्काको असहमति बनेको थियो। गृहमन्त्रीको हैसियतमा हुने भेटमा राजालाई चित्त नबुझेको उनी अझै सम्झिन्छन्।

प्रधानमन्त्री शेरवहादुर देउवालाई असक्षम भनी पदच्युत गर्नु एक साताअघि खड्काले दर्शनभेट पाएका थिए। 'राजाबाट निर्वाचन सार्नू भन्ने आसय आयो,' उनले भने- 'मैले सहमति जनाइनँ। त्यसपछि शासनमा भएका विभिन्न विसंगतिको प्रसङ्ग उप्काए।'

आफूसँग रिसाएको अन्य प्रसङ्ग पनि उल्लेख गर्दै खड्का राष्ट्र हितका लागि अहिले आफू कुनै राजा विशेष नभै राजतन्त्रवादी बनेको बताउँछन्। 'शेरवहादुरको सरकारलाई अपदस्थ गरेको पर्सिपल्ट दरवारको इसारामा अख्तियारले मलाई मुद्दा लगायो,' उनले भने, 'तीन वर्षदेखिको बेथिति र लामो अनुभवले क्रमशः सेरिमोनियल राजसंस्था चाहिने रहेछ भन्ने लाग्यो।'

किशोर उमेरमै यातना, निर्वासन संघर्ष हुँदै राजनीतिक आग्रह र प्रजातन्त्रमाथि राजतन्त्रले पटक-पटक आक्रमण गरेकाले पहिला आफैंले गणतन्त्रको माग गरेको उनले बताए। जनआन्दोलन उत्कर्षमा पुगेको बेला भारतले भुटानको राजा जस्तै बनेर बस्न प्रस्ताव ल्याएको समेत उनी बताउँछ्। 'ज्ञानेन्द्रले त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि' उनले आफ्नो 'क्रान्तिकारी धारणा' परिवर्तन गरे।

राजतन्त्रको अनुपस्थितीले तीन बर्षमा मुलुकको राष्ट्रियता कमजोर भई रक्तपातको अवस्था आउने लागेको निष्कर्ष उनको छ। 'भारतबाट त दिनहुँ टोली आउँछ, जलस्रोतको कमिशन बटुल्न आएका पनि सबैलाई भेटेर उपदेश दिएर जान्छन्,' उनले भने- 'पहिला चीनबाट कति र के-कस्ता भ्रमण टोली आउँथे अहिले कति छ गन्नुस्।'

उनको विचारमा अहिले मुलुकमा कहिल्यै नभएको धार्मिक, जातीय झगडाको बिउ रोप्ने काम भएको छ।

'हिन्दु राज्य अभियान रोकिदैन,' उनले भने- 'असी प्रतिशत जनता हिन्दु भएको मुलुक विदेशीको इसारामा रातारात निरपेक्ष बनाइयो।' पश्चिमा मुलुकहरुले 'पैसाको खोलो बगाएर' धर्मनिरपेक्षता बनाएको आरोप उनले लगाएका छन्। उनले भने, 'युरोप अमेरिकाका मुलुक आफूलाई क्रिश्चियन भन्ने अनि हामी हिन्दु हुन नहुने?'

उनी आफूलाई 'गणतन्त्र, धर्म निरपेक्षता, संघीयता' चित्त नबुझेको लुकाउँदैनन्। उनले भने, 'मुख खोलेर देखा पर्न नचाहने धेरै छन्।'

जातीय संघ स्थापना भए रक्तपात हुने ठोकुवा गर्दै उनले संघीयताबाट फर्किन सम्भव नभए काँग्रेसले प्रस्ताव गरेको सात राज्य उपयुक्त हुने बताए। 'केहि पनि स्रोत नभएको मुलुकले १४-१४ राज्यको प्रशासनिक खर्च कससरी धान्छ?' २०४८ देखि २०५९ सम्म पाँचवटा मन्त्रालयको नेतृत्व गरेका उनले भने। -किरण भण्डारी/गोविन्द परियार/ नागरिक  (अन्तर्वार्ताको पूर्ण अंश प्रतीक्षा गर्नुस्)



बहाली हुन् सक्छ सास्कृतिक राजतन्त्र
  - शेखर ढुङ्गेल
गणतन्त्र स्थापना को चौथो बर्ष मा प्रबेश गर्न लाग्दा नेपाल  राजनैतिक स्थायित्व , द्वन्द को समाप्ति र स्थायी शान्ति को बाटो मा उल्टो हिडी राखेको भान हुन्छ .माओबादी को तत्कालिन ३ प्रमुख माग संबिधान सभा को निर्बाचन , गणतन्त्र र सघियता पुरा भैसक्दा पनि नत उसले बन्दुक को धम्कि दिन  छाडेको छ नत उ प्रजातान्त्रिक बाटो मा आउने निस्चितता . जनता का कब्जा सम्पति फिर्ता गरिएको छैन बरु निरन्तरता पाइराखेको छ. गाउ गाउ मा माओबादी इतर मानिस  को बोलने अधिकार अझै खोसिएको छ. देश मा राज्य को उपस्थिति को अनुभब छैन . तोकिएको समय मा संबिधान नबन्ने निश्चित छ . जबर्जस्ती संक्षिप्त संबिधान  जारी गरिए पनि रास्ट्र को मुलभुत प्रश्न र विवाद समाधान नगरी बन्ने संबिधान को कुनै औचित्य हुदैन . बरु थप बिद्रोह र अराजकता थपिने छ . बास्तबमा कुनै प्रकार को संबिधान वा व्यवस्था आफैमा साध्य होइन राज्य संचालन को साधन मात्र हो . मूल कुरो हाम्रो नियत ,  नीति , र प्रवृति मा परिबर्तन आउनु पर्यो . बिद्रोह लाइ थाती राखी सम्झौता मार्फत सरकार मा पुगेको माओबादी र पंचायत वा बहुदले नेता हरुको प्रवृति मा केहि पनि फरक पाइएन .सत्ता मा  हुँदा स्तुति गाउने र सत्ता बाहिर हुदा भारत को बिरोध गर्ने प्रवृति त् पंचायत काल देखि कै हो माओबादी मा त्यहि रोग ब्याप्त छ .
 
देशको माया नगर्ने को होला ? लोन्दुप दोर्जे बन्ने रहर हाम्रा नेता लाइ छैन  भनि विश्वास गर्ने हो भने जे जती संघर्ष  गर्नु पर्दछ  आन्तरिक शक्ति को भर मा गर्नु पर्दछ भन्ने रास्ट्रबादी नेपाली को सोच हुनु पर्दछ . रास्ट्र भित्र प्रत्यक नागरिकले प्रत्यक नागरिक को हक हित अधिकार र अस्तित्व स्वीकार गर्नु पर्दछ . राजनैतिक संघर्ष का कालखण्ड मा हिजो जे भयो पूर्बाग्रह त्यागी सहमती को राजनीति गरि नेपाल मा अग्रगामी फड्को कसरि भन्ने तिर जिम्मेवार नेता हरु लाग्नु अनिबार्य छ . देश को अवस्था आज आन्तरिक शान्ति सुरक्षा लगायत जताततै लथालिंग छ . कुनै एक दल को क्षमता ले ( नेतृत्व ) परिस्थिति लाइ काबु मा लेराउन सक्ने स्थिति छैन. नेपाल भित्र अन्तरास्ट्रिय बिबिध शक्ति केन्द्र हरु आ आफ्नै उदेश्य को लागि चलखेल गरिराखेका छन . नेपाल को बिशिष्ठ भूराजनीति ले गर्दा नेपाल को अब्यबस्था भित्र दुइ छिमेकी देश लगायत का शक्ति केन्द्र हरुको माथा मिचाई सुरु भैसकेको छ .
 
राजनीतिको क ख जान्ने लाइ स्पस्ट थाहा छ नेपाल मा कुनै प्रकार को एक दलीय अधिनायकत्व लागु हुन् सक्दैन . ०७ देखि ०१७ र ०४६ देखि आज सम्म तिन दशक भन्दा बढी नेपालि जनता ले ससदीय प्रजातान्त्रिक ब्यबस्था , खुल्ला उदारबादी अर्थतन्त्र र वाक स्वतन्त्रता को अभ्यास गरिसकेका छन . अब माओबादी ले भने जस्तो ब्यबस्था अपनाएर ६० बर्ष पछाडी नेपाल लाइ धकेल्न को मन्जुर होला ?जनता माथि बुल्डोजर चलाउने व्यवस्था नेपाल मा सम्भाब छैन . नत सामन्ती प्रवृति को निरंकुस राजतन्त्र को पुनर्बहाली नै . जनता छिटो भन्दा छिटो प्रजातन्त्र , स्वतन्त्रता , मानबाधिकार र शान्ति को पुनर्बहाली चाहन्छन . नेपालीले लामो प्रजातान्त्रिक अभ्यास को  फड्को मारिसकेका छन . ०७ , ०३६ , ०४६ , ६२/६३ को लडाई लडिसकेका छन अब प्रजातन्त्र को लडाई समाप्त गरेर आर्थिक विकास , निर्माण को युद्ध सुरु गर्नु पर्छ नत्र त् हामी संसार को सामु असक्षम कहलिन्छौ. रास्ट्र असफल हुन्छ देश को लागि बिडम्बना हुन् जान्छ. र देश को स्वतन्त्र अस्तित्व , सार्बभौमसत्ता , रास्ट्रीय स्वाभिमान मा आच आउने छ .
 
समय ले राजनीति नाम को खोलो लाइ बंग्याई दिन्छ . हिजो खोइ ले शेना को बन्दुक यो माओबादी लाइ सिध्याई दिन्छु भन्ने गिरिजा बाबु ले  उल्टो राजतन्त्र फ्याक्न र माओबादी लाइ काध मा बोकी सत्ता मा पुर्याईदिनु भयो . माओबादी को रबैया जस्ता को तस्तै छ . गिरिजा बाबु ले धोखा खानु भयो . बामपंथी र क्षेत्रपंथी ( मधेश बादी ) को चपेटा मा प्रजातन्त्र र देश च्यापिएको छ . रास्ट्रीय एकता खल्बलिएको छ . यस्तो विषम परिस्थिति बाट पार लगाउन देश भित्र बिध्यमान सबै शक्ति को सौहार्दता र समझदारी अनिबार्य हुन्छ . तसर्थ नेपाल को सुबर्ण भबिस्य कोर्ने हो भने २५ दल लगायत पुर्ब राजा एबम संबिधानबिद समाजसेवी पत्रकार सहित को एक उच्च स्तरीय सयन्त्र वा कार्यदल बनाएर भबिस्यमा आउँ सक्ने कुनै विवाद द्वन्द लाइ बार्ता बाट समधान खोज्ने काम गर्नु पर्दछ . माओबादी बाट प्रजातन्त्र प्रति प्रतिबद्धता जनाउन पर्छ . हतियार सरकार लाइ बुझाउने वा नस्ट गर्ने र कार्यकारिणी अधिकार सहित को प्रतक्ष वा सदन बाट निर्बाचित प्रधान मन्त्रि र परम्परागत सास्कृतिक धार्मिक कार्य लाइ निरन्तरता दिने सास्कृतिक राजसस्था लाइ पुनर्बहाली गर्दा देश र जनता लाइ घाटा पर्दैन . बिचित्र तरिकाले सम्झौता गरेको माओबादी विश्वास नै न् लाग्ने गरि देश मा शान्ति छाओस भनि राजगद्धी   त्याग्ने पुर्ब राजा र ७ दशक प्रजातन्त्र को लडाई लड्ने प्रजातन्त्र बादी हरुले एक आपसमा सम्बाद गरि नेपाल र नेपाली को हित हुने बाटो पहिल्याएर शान्ति क्षेत्र नेपाल को कल्याण हुने काम गर्न सक्छन .


पोर्चुगलमा नेपाली भाषा प्रशिक्षण प्रारम्भ हुने
- भीम के सी कमल
  लिस्बन, पोर्चुगल  
पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालको अध्यक्षतामा बसेको पोर्चुगल नेपाल मैत्री संघको बैठकले पोर्चुगीस नागरिकहरुलाई नेपाली भाषा अध्यापन गराउने लगायतका विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।मैंत्री संघले गैर आवासीय नेपाली संघ,पोर्चुगलसंग साझेदारी गरि लिस्बनको केन्द्र रोसियोमा आगामी अप्रिल महिना देखि तालिम र  बैठक कक्ष सहितको कार्यालय संचालन गर्ने निर्णय गरेको जानकारी मैत्री संघका सचिब झलक के.सी.ले दिएका छन् ।
उक्त बैठकमा मैत्री संघद्वारा प्रकाशोन्मुख पोर्चुगीस भाषाको नेपाली खाना सम्बन्धी पुस्तक प्रकासनको तयारीमा हालसम्म भएका प्रगतिहरुबारे व्यापक छलफल हुनुका साथै पोर्चुगीस भाषामा प्रथम प्रकाशन हुने उक्त पुस्तकलाई रोजी ब्लाडीले अंग्रेजी र भीम के.सी.कमलले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने निर्णय समेत भएको छ
नेपालको चितवन जिल्ला लगायत अन्य क्षेत्रहरुमा अनाथ बालबालिकाहरुलाई स्वयंसेवी रुपमा सहयोग पुर्याउदै आएका ७ जना पोर्चुगीस स्वंयसेवीहरु र अन्य ईच्छुक पोर्चुगीस नागरिकहरुलाई समेत सहभागी गराई नेपाली भाषाको तीन महिने प्रशिक्षण आगामी अप्रिल १ तारिखदेखि संचालन गर्ने निर्णय गर्दै भाषा कोर्ष को-अर्डिनेटरमा भीम के.सी.कमल र प्रशिक्षण सहायकमा प्रेम खड्कालाई चयन गरेको छ ।
बैठक पश्चात संघका अध्यक्ष मकर हमालले पोर्चुगीसहरुलाई नेपाली भाषा प्रशिक्षणबाट नेपालको भाषाको विश्वव्यापीकरण र नेपाली संस्कृति तथा व्यापारको प्रवर्द्वनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझै सघन रुपमा नेपाल र नेपालीलाई माया गर्ने पोर्चुगीस नागरिकहरुलाई नेपाली  भाषा कक्षाहरु संचालन गर्दै लगिने जानकारी गराउनु भयो।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444