20100309

खुकुरी हानाहान हुँदा एक युवकको मृत्यु

खुकुरीले टाउको छिनाइयो !!!
जनकपुर बेंगाशिवपुरको जनता माध्यमिक विद्यालयको हिसाब पारदर्शी गर्न माग गरिएपछि उत्पन्न विवादमा खुकुरी हानाहान हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा वेंगाशिवपुर-२ का मोहम्मद मेहबुब रजा छन्। घटनामा अन्य चारजना घाइते भएका छन्। खुकुरीले टाउकोको पछिल्लो भाग छिनाइएको रजालाई घटना लगत्तै जनकपुरको केयर मेडिकलमा पुर्‍याइएको थियो। त्यहाँ समान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा जनकपुर विमानस्थल नपुग्दै उनको मृत्यु भएको परिवारजनले बताए। वैदेशिक रोजगारका लागी कतार गएका रजा १४ दिन अघि घर फर्केका थिए। उनको परिवारमा एक छोरा, एक छोरी, श्रीमती र आमाबाबु छन्। घटनामा खुकुरी प्रहारबाटै गम्भीर घाइते भएका स्थानीय नागेन्द्र......
यादव (३५) लाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धरान लगिएको छ। उनको टाउको र शरीरको अन्य भाग काटिएको अस्पताल श्रोतले जनायो। अन्य घाइतेहरु विनादेवी साह (२२), गणेशी खत्वे (५८) र मोहम्मद ईब्राहिम राईन (४०) को उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। विद्यालयको वार्षिकोत्स समारोहमा विभिन्न कक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्न आयोजित भेलामा विद्यालयको हिसाब पारदर्शी गर्न केही अभिभावकले माग गरेपछि विवाद चर्किएको थियो।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444