20100309

कठै नेपाल को सुरक्षा : विवाहमा गोली चल्दा दुई जनाको मृत्यु, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

सिरहा मझौलिया-६ मा सोमबार राति एक विवाह समारोहमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया-२ का २२ वर्षीय दिलिप साह र मझौलिया-७ का १२ वर्षीय जितेन्द्र भण्डारी छन् । दुवै जनाको उपचारका लागि लाँदै गर्दा बाटो मै मृत्यु भएको हो । रामपि्रत ठाकुरको घरमा विवाह समारोह भइरहेको बेला राति १० बजे अज्ञात समूहले गोली चलाएको थियो । गोली हान्नेको पहिचान हुन सकेको छैन । व्यक्तिगत रिसइवीका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको विरोधम स्थानीयवासी र मृतकका आफन्तले मिर्चैया खण्डमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
समयको खेल यस्तै रहेछ काली बाबा !, पशुपतीमा काली बाबा सँग पूर्व राजा रानी  !
नेपाललाई पुनः हिन्दू ™ाष्ट्र घोषित ग™ाउने लक्ष्यका साथ पशुपति क्षेत्रको वनकालीमा .......भइ™हेको नौदिने अखण्ड रुद्रचण्डी महायज्ञमा पत्नी कोमलसहित पूर्व™ाजा ज्ञानेन्द्र शाह सोमबा™ सहभागी भएका छन् । कालिदास बाबाको आगुवाइमा आयोजित महायज्ञमा सोमबा™ साढे ११ बजे पुगेका पूर्व™ाजा ज्ञानेन्द्रले कि™ब आधा घन्टा बिताए । कांग्रेसका केन्द्रीय सदस्य खुमबहादु™ खड्कासमेतको उपस्थितिमा ज्ञानेन्द्रले कालिबाबासँग कि™ब २० मिनेट भलाकुसा™ी ग™े ।
यज्ञकुण्डनजिक बाबाको आसनछेउ भुइँमा बिछुइएको ™ातो चकटीमा बसेका पूर्व™ाजा ज्ञानेन्द्र ™ ™ानी कोमललाई बाबाले सुरुमा सन्चो-विसन्चो सोधेका थिए । प्रत्यूत्त™मा नमस्का™ गर्दै ज्ञानेन्द्रले बाबाको हालखब™ सोधे ।
महायज्ञको प्रसादस्वरुप कालिदास बाबाले पूर्व™ाजा ™ ™ानीलाई विभिन्न थ™ीका माला पहिर् याइदिए । त्यसपछि बाबाले छेउमै सपत्नी उभिएका कांग्रेस नेता खड्कालाई पूर्व™ाजा™ानीलाई माला लगाइदिन आग्रह ग™े । खड्काले उत्साहित मुद्रामा पूर्व™ाजालाई ™ उनकी पत्नीले पूर्व™ानी कोमललाई माला लगाइदिए । त्यसपछि सुरु भयो भलाकुसा™ी । बाबाले महायज्ञको उद्देश्य बताएका थिए । बाबाले खड्कालाई देखाउँदै ज्ञानेन्द्रलाई केही अथ्र्याउँदै ग™ेको दृश्य देखियो त™ उनीहरुको आवाजलाई वि™पि™ घे™े™ बसेका सु™क्षाकर्मीले बािह™ आउन दिएनन् । भलाकुसा™ीपछि पूर्व™ाजदम्पती दुई पटक यज्ञ प्रदक्षिणा गर्दै बाहिि™ए । ज्ञानेन्द्रले साचा™कर्मीलाई संक्षिप्त प्रतिकि्रया दिँदै जनताले चाहे हिन्दू ™ाष्ट्र बनाउनेमा आफ्नो समर्थन ™हने बताए । 
कालिबाबाले भने शान्ति समृद्धिका लागि अखण्ड महायज्ञ ग™ेकोमा पूर्व™ाजाले आपुूलाई धन्यवाद दिएको बताए । ुउहाँले अढाइ सय वर्षको शासनकालमा जे भए पनि अहिले म नागि™क हुँ म जस्तो भए पनि जनताले शान्ति पाऊन् भन्दै अखण्ड महायज्ञका लागि मलाई धन्यवाद दिनुभयोु कालिबाबाले साचा™कर्मीसँग भने ।
बाबाका अनुसा™ ™ाजतन्त्र फर्काउने विषयमा भने कु™ाकानी भएन । ुहिन्दू ™ाष्ट्रसँगै ™ाजसंस्था चाहिने÷नचाहिने फैसला जनताले गर्ने विषय होु बाबाले भने । पूर्व™ाजा ज्ञानेन्द्र यज्ञस्थलमा ™हँदा बािह™ भने ु™ाजा आऊ देश बचाऊ भन्ने ना™ा लािग™हेको थियो । पूर्व™ाजा-बाबा भेटका बेला शाहीकालीन मुख्यसचिव लोकमानिसंह कार्की पनि उपस्थित थिए ।
नेपाललाई हिन्दू ™ाज्य घोषित ग™ाउन प्राणको आहुतीसमेत दिन तया™ ™हेको बताउँदै आएका कालिदास बाबाले आयोजना ग™ेको महायज्ञमा केही दिनअघि पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्ट™ाई पुगेका थिए । उनले पनि कालिबाबालाई समर्थन ग™ेका थिए । अखण्ड महायज्ञ मंगलबा™ सम्पन्न हुँदै छ ।


' जातीय आधारको संघियता ' मेरो दृष्टिमा

नेपालमा संबिधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय अग्राधिकार भएको १४ स्वायत्त प्रदेशको अवधारणासहितको प्रारम्भिक प्रतिवेदन हालै संविधानसभा समक्ष बुझाएको छ । सो प्रस्ताव प्रति राजनैतिक दल, नागरिक समाज र देश विदेशमा रहेका सम्पूर्ण नेपाली बीच व्यापक चर्चा, बहस र ध्रुवीकरण बढ्दो छ | 

इतिहास हेर्ने हो भने शाह बंशको उदय पश्चात नेपालमा २४० बर्ष भन्दा लामो समयदेखि केन्द्रकृत र केहि उच्च भनिने जातिहरुको एकाधिकारवादी राष्ट्रवादमा आधारित एकात्मक राज्य प्रणाली रही आएको छ | सोहि कारण सीमान्तकृत, उपेक्षित समुदायहरु राज्यको सबै क्षेत्रमा पछि परिरहेका थिए | पछि पारिएका वर्गहरुको पहिचान र समानताको सुसुप्त रुपमा रहेको आवाज १० बर्षे माओबादी बिद्रोहताका छताछुल्ल हुन पुग्यो र तेस पछि मात्र यो राष्ट्रिय मुद्धा बन्न पुग्यो | तेस्को फल स्वरूप संबिधान सभाको पहिलो बैठकले देश संघीयतामा जाने घोशणा गरि सकेको छ | तेसैले अब हुने  राज्य पुनर्संरचना पश्चात नेपालमा  उपेक्षित, उत्पीडित जातिहरूले पनि समानुपातिक प्रतिशतको आधारमा राज्यको सबै क्षेत्रमा अग्र अधिकार सहितको समान सहभागिता पाउने विश्वास गरिएको छ |

यस सन्धर्बमा जातीय पहिचान सहितको राज्य पुनर संरचनाले देशमा जातीय मतभेद तथा हिंसा बढेर मुलुक बिखन्डनमा जाने प्रवल खतरा बढेको छ भन्ने कतिपयको विचार रहदै आएको छ | तेस्तै केहि विद्वानहरु संघीय प्रदेशको आधार जातीय र संख्यागत भएकाले आर्थिक व्ययभार थेग्न सक्दैन भन्दै आर्थिक सामथ्र्यलाई संघीयताको आधार बनाउनुपर्ने तर्क गरिरहेका छन्  ।

केहि सुरक्षा मामलाका जानकारहरु पनि पुनर संरचना गर्दा क्षणिक राजनैतिक लाभको लागी जातिगत वा समूहगत स्वार्थ वा क्षत्रियता को आधारमा मात्र संघियताको निर्माण हुनु भनेको राष्ट्रीय सुरक्षाको दृस्टिकोंणबाट राष्ट्रीय हित र चासोका बिषयहरु लाइ बेवास्ता गर्नु सरह नै हो भन्दै आइरहेका छन् | उनीहरुको विचारमा जतियेतामा अधरारित संघात्मक प्रणाली दिगो नहुनुको साथै यस्तो अभ्यासले राष्ट्रीय सुरक्षामा धान्नै नसकिने बहुआयामिक संकट आउने प्राय निश्चत हुन्छ | छिमेक-छिमेक र गाउँ-गाउँ मा बीच नदीनाला, खानेपानी, नहर, वनजङ्गल आदि को उपभोगमा किचलो र झगडा हुने गरेको आजको नेपाली परिवेशमा जातियेता र भौगोलिक बनावोट लाइ मात्र आधार बनाउने हो भने ती प्राकृतीक श्र्वोत को उपभोग माथी असमझदारी पैदा हुने निश्चित प्राय छ जसका कारण संघीय राज्यहरु बिच अस्वस्थ प्रतिस्पर्धाको वातावरण सृजाना भई तनावहरू उत्पन्न हुने सम्भावना प्रवल रहन्छ |   

तर जसले जति विरोध गरे पनि हाल नेपलमा व्याप्त रहेको राजनैतिक, आर्थिक र सामाजिक समस्याहरुको निराकरण गर्नको लागि एक मात्र उपाए भनेको बिकेन्द्रिकृत राज्य प्रणाली नै हो र देश संघियतामा प्रवेश गरि सकेकाले सबै जाति प्रजाति र समूहहरुलाई राज्यका सबै श्रोत, साधन र अङ्गमा पहुँच पुग्ने अवसर जातीय पहिचान सहितको संघियताले नै दिन्छ | 

हाल संघियता भन्दा पनि प्रधान बिरोध राज्यहरुको नामकरण संग भएको देखिन्छ | सो बिरोध मेरो दृष्टिमा जाएज पनि हो | सैयुको संख्यामा रहेका जातहरुको फुलबारी नेपालमा केहि मात्र जातबाट राज्यहरुको नामकरण गर्नु उचित हुँदैन | नेवा:, ताम्सालिंग, तमुवान, आदि को सट्टामा उपयुक्त नाम राख्ने हो भने तेस्मा कुनै पनि जातिले हिनता बोध गर्ने वातावरण बन्दैन | प्रतेक राज्यहरुमा सबै जातिले आफ्नो संख्याको आधारमा सो राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्यो पाउने हो भने कुनै पनि जाति विशेषले  येस्मा निधार खुम्च्याउनु पर्दैन | तेस्तै  काँक्रा चिरे झैँ पार्टीगत स्वार्थका आधारमा राज्यहरु बिभाजन गर्नु भन्दा बैज्ञानिक आधारमा सिमांकन गरि उचित ढङ्गले श्रोत र सम्पधा बाड फाड गर्ने हो भने तेस्ले श्रोतको उपभोगमा असमझदारी कम गर्न मध्हत गर्छ | सुरक्षा निकाय पनि बिकेन्द्रिकृत हुने हुँदा तिनीहरुको परिचालन र सूचना प्रवाहमा चुस्तता आउंदा शान्ति सुरक्षा कायम गर्न मध्हत पुग्छ | 

अन्तमा, सूचना तथा संचार प्रविधिले गर्दा आज संसार एउटा ग्लोबल भिलेज भएको परिपक्षमा नेपालमा संघियताको निर्माणहुन लागेकोमा कतिपयलाई अनौठो पनि लाग्ला तर बहुसंख्य जनताको चाहनाको कदर गर्दै बैज्ञानिक ढङ्गले गरिने जातिय पहिचान हुने गरि राष्ट्रीय सुरक्षा सम्बन्धी दूरगामी र बस्तुनिस्ठ दृस्टिकोंण सहितको संघीयता नै नव नेपालको आवश्कता हो | संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो | अबको केहि समय नेपालको लागि अतेन्त पिडादाहि समय हो | यो संक्रमण कालमा राजनैतिक नेत्रितो बाट सुजबुजका साथ बुधिमत्ता ढंगले सबै पक्षलाई मिलाएर लैजान सकियो भने नेपालले अवस्यनै काँचुली फेर्ने छ | जय देश |       

-पुकार कडेल
क्यालीफोर्निया, अमेरिका

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444