20100316

बामदेब भन्छन जसको शक्ति छ, त्यसैले देश कब्जा गर्छ, एमाले सरकारको नेतृत्व छाडी माओवादीलाई हस्तान्तरण गर्न तयार छ

एमालेका उपाध्यक्ष बामदेव गौतमले जेठ १४ गतेसम्म संविधान जारी नभए मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने उल्लेख गर्दै त्यसपछि जसको शक्ति छ, त्यसैले देश कब्जा गर्ने दाबी गरेका छन्। गृहयुद्धको सम्भावना बढेर गएको भन्दै उनले  विगतमा गरिएका सहमति कार्यान्वयन नभएसम्म माओवादी नेतृत्वको सरकार बन्न  नसक्ने बताएका छन्। 'राष्ट्रिय सहमति हुन्छ भने एमाले सरकारको नेतृत्व छाडी माओवादीलाई हस्तान्तरण गर्न तयार छ', मङ्गलबार नेपालगन्जमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले भने- सरकरको नेतृत्व खोजेको माओवादीले....
पहिला दलहरूसँग छलफल गरी विगतका सहमति कार्यान्वयन गर्नुपर्छ। कब्जा गरिएका सम्पत्ति फिर्ता तथा हिंसात्मक गतिविधि माओवादीले रोक्नुपर्ने उनको भनाई थियो। सरकारको नेतृत्व लिइसकेपछि समयमै संविधान निर्माण तथा लडाकुलाई समायोजन गर्ने प्रतिबद्धता जनाएपछि मात्र  माओवादीले सरकारको नेतृत्व पाउन सक्ने उनले बताए। एउटै कार्यक्रममा भाग लिन नेपालगन्ज पुगेका गौतम र रावलले छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गरेका थिए। एमाले पार्टी कार्यालयमा गृहमन्त्रीको पत्रकार सम्मेलनलगत्तै सोही कोठामा  गौतमको पत्रकार सम्मेलन भएको थियो।
विगतका तुलनामा नौ महिनायता सुरक्षा व्यवस्था राम्रो भएको दावी गरिरहँदा संवाददाताले गृह राज्यमन्त्रीले सुरक्षा व्यवस्था कमजोर भएको आरोप लगाउँदै दिएको राजिनामाबारे स्मरण गराउँदा रावलले राज्यमन्त्रीलाई अनुशासनहीन काम गरेका कारण कारबाही गरिएको दाबी गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक