20100316

मधेसवादी दलबाट पनि समर्थन पाउने सम्भावना कम भएपछि सरकारविरुद्ध अविश्वास प्रस्तावबाट हच्कियो माओवादी ! सुक्ने भयो प्रचन्डको माला !

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने उद्देश्यका साथ संसद्को विशेष अधिवेशन बोलाउन माओवादीले गरेको तयारीमा सुस्तता आएकोछ। अन्य दलहरूसँग कुराकानी भइरहेको भन्दै माओवादीले अधिवेशन आ³वानको योजनालाई दुई/चार दिन पर सारेको छ। आइतबार नै दर्ता गर्ने भनिएको भए पनि मधेसवादी दलबाट पनि र्समर्थन पाउने सम्भावना कम भएपछि ‘गृहकार्य बाँकी रहेको’ भन्न थालिएको छ। अविश्वास प्रस्ताव ल्याई आफ्नो पक्षमा ३०१ नपुगे पनि सरकारको पक्षमा त्यो संख्या नपुगे सरकारलाई नैतिक संकट पर्छ भन्ने माओवादीको विश्लेषण थियो। तर अविश्वासको प्रस्ताव फेल हुने र सरकारको पक्षमा बहुमत कायम भए माओवादीले आजसम्म ‘कठपुतली’ भन्ने गरेको राजनीतिक रूपमै पूर्णतः गलत साबित हुने विश्लेषण माओवादीभित्रैबाट भएपछि दलहरूसँग थप कुराकानी गरेर मात्र अगाडि बढ्ने सोचाइ बनेको स्थायी कमिटीका एक सदस्यले बताएका छन्।

अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिकाको सूचना !!!

गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई आँफैले संपर्क गर्नेछौ ।

- रामप्रसाद खनाल - President, अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com ,  rampdkhanal@gmail.com
http://www.nepalmother.com/http://www.ramprasadkhanal.blogspot.com/
www.youtube.com/rampdkhanal  ,  http://www.iafusa.blogspot.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक