( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100304

गृहमन्त्रीले त उल्टै थर्काउन पो थाले बा !

गृहमन्त्री भिम रावलले देशमा विशेष सुरक्षा योजना नल्याएको भए मुलुक झन भाडभैलोमा फस्ने थियो भन्दै जिम्मेवारबाट पन्छिन खोजेका छन्।  दैनिक हत्या भइरहेको सन्दर्भमा उनले नेपालको ९० प्रतिशत अपराधका घटनालाई सरकारले नियन्त्रण गरेको दावी गरेका छन्। आफूले भन्दा राम्रो काम गर्नसक्ने योजना र नीति कसैले ल्याउछन् भने त्यस्तो व्यक्ति आए आफू राजीनामा दिन पछि नपर्ने समेत बताए।  उनले यूएसए जस्तो ठाउँमा जहाज उडाएर पेन्टागन जस्तो भवन त ध्वस्त पारेका छन् भने हाम्र्रो देशमा विशेष सुरक्षा योजना नल्याएको भए दिनमा ७० भन्दा बढी हतियार पड्कन सक्थ्यो,उनले बताए। सञ्चार उद्यमी जमिमको शाहको हत्यामा संलग्नमा अभियोग लागेका नायव निरीक्षक (डिएसपी) जगदीश चन्दलाई गिरफ्तार गर्न पर्याप्त प्रमाणहरु नभएकाले तत्काल पक्राउ नगरिएको गृहमन्त्री रावलले बताए। जगदीश चन्दको बारेमा चन्द्रप्रकाश क्षेत्रीले दिएको बयान पर्याप्त नभएको भन्दै पक्राउ नगरीएको समेत उनले बताए। गृहमन्त्री रावलले देशको शान्ति सुरक्षा नियन्त्रण गर्नुपर्छ भनी सम्पूर्ण दलहरु माझ प्रस्ताव लाँदा नेपालको सबभन्दा ठूलो दल भन्ने एकीकृत नेकपा माओवादीले उक्त प्रस्तावमा हस्ताक्षर नगरेको बताए।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________