20100331

"पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईका धारणा म्याद नाघेको औषधी" : राष्ट्रपति डा. रामवरण यादव

राष्ट्रपति डा. रामवरण यादवले पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईका धारणा म्याद नाघेको औषधी भएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समाप्त भएको भन्नु काल्पनिकतामात्र भएको र काँग्रेस सँस्थापक नेता भट्टराईले नेपालमा २०४७ सालको  जस्तै संविधान निर्माण गर्नुपर्ने भनाई सार्वजनिक भएको सन्दर्भमा...
राष्ट्रपतिको यस्तो भनाई आएको हो । राष्ट्रपति भेटघाट गर्न गएका रिपोर्टर्स को टोलीसँग राष्ट्रपतिले २०१७ सालमा राजा महेन्द्रको कूको घटनाले नेपाल ५० वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन्। मुलुकमा राष्ट्रपति या सैनिक शासनको कुनै सम्भावना नरहेको बताउँदै राष्ट्रपतिले त मन्त्रिपरिषद्को सिफारिस संवैधानिक दायराभित्र छ कि छैन भनेर थर्मोमिटरले जाँचेर स्वीकृति दिने मात्र भएको बताएका छन्।
राष्ट्रपतिले कुनै किसिमको हल्लाकाखे पछाडि नलागी जनतालाई सत्य र यथार्थ कुराहरुमात्र प्रशारण गर्न आग्रह गरेका छन्।
उनले  राष्ट्रपतिको संवैधानिक अधिकारबारे  जनतालाई सुसूचित गराउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
डा. यादवले – राष्ट्रको हितमा के छ त्यसलाई मनन गरेर द्वन्द्वका अवशेष समाप्त गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक