20100331

यो कार्टून हामीले फेस बुक बाट लिएका हौं, तपाईं लाई कस्तो लाग्छ कुन्नी ? कुरात ठिकै हो क्यारे !

राम देब र हाम्रो प्रब्रिती: कही न भएको जात्रा हाडी गाउमा
- शेखर ढुङेल, वोमाहा नेब्रास्का
'' कही न भएको जात्रा हाडी गाउमा '' भन्ने नेपाल को उखान लाई सहयोग गर्ने असख्य उदाहरण प्रस्तुत गर्ने नेपाल को अन्तिम कडि लागु हुन्छ भारतीय ढोङी योग प्रशिक्षक गुरु राम देब र हामी नेपाली हरु को..
भेडा प्रब्रिती । राम देब योग शिबिर को नाटक रचेर नेपाल बाट ठुलै अभिस्ट पुरा गर्दैछन कि भन्ने आसंका बढी राखेको छ । उनी बिसुद्ध योग गुरु को रुप मा नभै कुनै रहस्यमय उदेस्य लिएर नेपाल मा जरो गाड्ने प्रयास मा लागेका छन । राम देब तिनै हुन जस्ले आफ्नो किताब '' जीवन दर्शन '' मा गौतम बुद्ध भारत मा जन्मेका हुन भनेर लेखेका छन । योग उन्को ब्यापार मात्रै भएको छैन उनी आँफैले उदघोश गरेझै राजनीति प्रचार को माध्यम पनि बनेको छ । बिसुद्ध '' योग शिक्षा ''दिनु पर्ने गुरु किन दाम लिन्छन ? किन राजनीतिग्य लाई निम्त्याउछन ? किन नेपाल कै हित बिरुद्ध राजनैतीक भाषड् दिन्छन ?नेपाल कै भुमी मा बसेर किन चाइना बिरोधि कुरा गर्छन् ? किन त्यस्ता ढोङी बाबा हरु नेपाल अाइ रहन्छन ? किन नेपाल मा उनी हरु को नाम का पिठ , सस्था खोल्दैछन ?कत्ती थप भारतीय हरु कस्तो कस्तो खोल ओढेर ति पिठ र सस्था मा हाली मुहाली गर्ने हुन ? कसैले सोच्ने फुर्सद पाएका छैनन ? राष्ट्र म्रमुख देखी जन युद्ध को नाम मा आम् नेपाली को शिकार गर्ने सम्म उन्को चरण् मा पुग्न् के जरुरी थियो ?प्रधान मन्त्री ले '' पितान्जली पिठ् '' को स्थापना ले नेपाल लाई दिर्घकालिन रुप मा कती फाईदा र कती बेफाईदा पुग्छ ? सोच्दा पनि न सोची सिल्यान्यास गरिदिए किन यस्तो हत्तार ?

एक छिन् सोचौत ! के योग शिक्षा र अभ्यास हाम्रो समाज को लागि नयाँ हो ? हिन्दू र बौद्ध धर्म को एउटा अभिन्न शास्त्र भएको यो योग शास्त्र आज बिस्व मै प्रचलित र लोक प्रिय शारिरिक् अभ्यास हो जस्लाई बैदिक काल मा साधना वा तपस्या भनिन्थ्यो । योग एक दिन गर्ने अभ्यास पनि होइन् निरन्तर गर्नु पर्छ के झल नाथ खनाल वा प्रचन्ड ले त्यहा उपस्थित भएर योग मा सदा को लागि पूर्णता पाए ? राम देब अरु लाखौं योग बिग्य झै एक हुन तर किन उन्लाई आवश्यकता भन्दा बढी महत्व दिनु पर्‍यो ? उनी एउटा डा वा इन्जिनियर जस्तै योग बिधा का बिग्य हुन उन्को चरण् मा ५०० र १००० को टिकट् काटेर आर्थिक रुपले टाट पल्टिएको ( हेर्नुस् राष्ट्र बैन्क को रिपोर्ट ) नेपाल को सम्पत्ति भारत तर्फ फ्याक्नु परेको ? जब कि नियमित योग बिज्ञान का हजारौ किताब , भिडियो , र काठमन्डौ मै सैयौ योग कक्षा हरु सन्चालित छन .

अर्को अचम्म त के भने एकातिर नेता हरु देश लाई धर्म निरपेक्ष बनाउन मुठ्ठी कसेर लागेका छन अर्को तिर तिनै नेता हरु एक पछी अर्को भारतीय ढोङी बाबा हरु को चरण् छुन तछाड र मछड् गरी राखेका छन । कहिले पाइलट् बाबा त कहिले खलासी बाबा कहिले कृपालु बाबा त कहिले रिसालु बाबा ( यचुरी ?)एक पछी अर्को अाइ राखेका छन नेता देखी कलाकार सम्म चरण् छुन दौडी राखेका देखिन्छन । हाम्रो यस्तो सस्तो र नत मस्तक प्रब्रिती ले दिर्घकालिन प्रभाब पार्छ भन्ने चिन्ता खोइ ? राम देब को एक दिने प्रशीक्षण ले सधैंको लागी योग गर्नु नपर्ने होर? योग का अनेक साधना र आशन लाई सार्थक् बनाउन नियमित अभ्यास अनिबार्य हुन्छ जो हजारौ बर्ष देखी को कला हो हाम्रो समाज मा राम देब को योग कला पनि कुनै चमत्कारी आबिस्कार होइन् जुन आज पास्चात्य समाजमा पनि लोकप्रिय भैसकेको छ .

राम देब ले आफ्नो घोसित राजनीति लाई उचाइ मा पुर्याउन '' योग '' लाई ब्यापारिकरण् गरी राखेका छन . नत्र त आफ्नो दिक्षा लाई भिक्षा माग्ने बनाउदैन थिए . यस्ता ढोङी हरुले नेपाल लाई लुटि राखेका छन . हामी अनभिग्य झै नत मस्तक छौ राम देब ले हामी लाई लुटि राखेक छन वा आयोजक बनेका हाम्रै नेपाली दाजु भाई ले ?बैदिक काल देखी समाज मा बिध्यमान् योग शिक्षा लाई बेवास्ता गर्ने तर एकाध घण्टा को प्रयास ले के हामी स्वस्थ बन्छौ ? कुपोषण दुशित पानी अभाब को निराकरण नगरि योग ले मात्र स्वस्थ होइन्छ ?किन एक बिबाद्स्पद बिदेशी जोगी लाई तन मन धन दिएर हामी आफ्नो सस्तो लोकप्रियता खोजी राखेका छौ ? उन्ले दर्जनौ '' उन्का नाम को पतान्जलि पिठ खोल्ने उधागोश गरेका छन ति पतान्जलि निर्माण देखी सन्चालन सम्म को लागि कती हज्जार भारतीय नेपाल मा भित्रिने छन ? त्यस्को दिर्घकालिन असर् को बारेमा कसैले पनि न सोच्ने ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक