20100330

खुमबहादुर भन्छन : राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा छ, ज्ञानेन्द्रमा उत्साहछ

 कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले दलहरूले जनताका लागि राम्रो काम गर्न नसके राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा रहेको बताएका छन् । दलहरू संविधान बनाउनुभन्दा सत्ता केन्द्रित भएको र दलहरूको रवैया यस्तै रहे राजा फेरि र्फकन सक्ने उनको तर्क थियो । उनले थपे, 'पछिल्लो समयमा राजाको समेत सक्रियता बढेको छ, यो त्यसैको संकेत हुन सक्छ ।' नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर-१ को....
कार्यालय लमहीमा सञ्चारकर्मीसँगको संक्षिप्त भेटमा पर्ूवगृहमन्त्री खड्काले दलहरू तत्काल नसच्चिए मुलुकमा जे पनि हुन सक्ने चेतावनी दिए । केही दिनअघि पर्ूवराजा ज्ञानेन्द्रसँगको भेटमा के कुरा भयो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा खड्काले राजनीतिक कुरा नभएको तर अहिले ज्ञानेन्द्रमा उत्साह जागेको आफूलाई लागेको उनले बताए ।
उनले मुलुकलाई निकास दिने मुख्य जिम्मेवारी माओवादीको काँधमा रहे पनि उनीहरू नै शान्ति र संविधानप्रति गम्भीर हुन नसकेको आरोप लगाए । माओवादीसँगको १२ बँुदे सम्झौतादेखि अहिलेसम्मका सम्पर्ूण्ा सहमति कार्यान्वयन नहुँदा जनतामा नैराश्य बढेको उनले बताए ।
'त्यसैले पर्ूवराजाका कार्यक्रममा जनताको भीड बढ्न थालेको हो,' उनले भने । 'जनताको पक्षमा नयाँले काम गर्न नसक्दा पुराना शासकहरू फर्किएका उदाहरण विश्वमा धेरै छन्,' नेता खड्काले उदाहरण दिँदै पर्ूवराजा र्फकन सक्ने संकेत गरेे ।
नयाँ संविधान निर्धारित समयमै बन्ने कुरामा शंका व्यक्त गर्दै उनले जेठको पहिलो साताभित्र वर्तमान सरकार कुनै हालतमा पनि ढल्ने घोषणा गरे । उनले माओवादी र कांग्रेसबीच सरकार परिवर्तनबारे छलफल भइरहेको र केही समयमै सरकार ढल्ने प्रतिक्रिया दिए ।
'चलखेल गरे कारबाही गरिन्छ'
दाङ/रास- सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखे्रलले पर्ूवराजाको हैसियतले ज्ञानेन्द्र शाहले चलखेल गरे उनलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 'नागरिकको हैसियतले जसले पनि कानुनी दायरामा रहेर काम गर्न सक्छ, राजनीति गर्न सक्छ । यदि ज्ञानेन्द्र शाहका चलखेलहरू पर्ूवराजाका हैसियतले भएका छन् र हुन्छन् भने सरकार चुप लागेर बस्दैन, उनलाई कारबाही हुन्छ,' मन्त्री पोखे्रलको कथन थियो ।
पे्रेस चौतारी, दाङले सोमबार रामपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले त्यस्तो बताए । पछिल्लो समयमा विभिन्न नेता तथा व्यक्तिले पुरानै संविधान ब्युँताउने र हिन्दू राज्य घोषणा गर्ने कुरा ल्याइरहेको सर्न्दर्भमा सञ्चारकर्मीहरूको प्रश्नमा मन्त्री पोख्रेलले यस्ता भनाइ र विचार आत्मरति मात्र भएको टिप्पणी गरे । 'मुलुक धेरै अगाडि बढिसकेको छ, अब कसैले पनि मुलुकलाई पछाडि पर्काउन सक्दैन,' उनले थपे, 'यस्ता भनाइहरू उनीहरूका आत्परति मात्र हुन्, यस्ता भनाइको कुनै तुक छैन ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक