20100330

संबिधान नाम मात्र, जनबिद्रोहका लागि माओवादी अन्तिम तयारीमा, एक एक लाख उठाउने अभियान तिब्र, एमाले काङ्रेस् के हेर्दैछन् ?

जनव्रि्रोहको पर्ूवतयारीका रूपमा २४ चैतदेखि तीन चरणका जनपर््रदर्शनको तयारी गरिरहेको माओवादीले सम्भावित जनव्रि्रोहका लागि खर्च जुटाउन सभासद्हरूको विकास बजेटसमेत प्रयोग गर्ने निर्ण्र्ाागरेको छ । माओवादीको भोजपुरा-मधेस राज्य समितिको सोमबार बसेको बैठकले त्यहाँबाट निर्वाचित सभासद्हरूलाई दस दिनभित्र एक लाखका दरले रकम पार्टर्ीीई बुझाउन निर्देशन...
दिएको पार्टर्ीी्रोतले जनाएको छ । माओवादीले जनव्रि्रोहका लागि विकास बजेट नै प्रयोग गर्ने निर्ण्र्ाागरेको यो पहिलोपटक हो । त्यसबाहेक पनि माओवादीले जनआन्दोलनको व्यवस्थापनका लागि भन्दै व्यापारी तथा शुभेच्छुकहरूबाट धमाधम चन्दासमेत असुल्न थालेको छ ।
नारायणी अञ्चलका बारा, पर्सर्ाा रौतहट जिल्लालाई मिलाएर बनाएको भोजपुरा राज्य समितिमा माओवादीका आठ जना सभासद् छन् । पछिल्लो निर्ण्र्ाानुसार उनीहरूले अब पार्टर्ीीई एक लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ ।
'जनआन्दोलनका लागि भनेर सभासद्हरूबाट एक/एक लाख उठाउने निर्ण्र्ााभएको छ,' माओवादीको भोजपुरा राज्यसमितिका एक सदस्यले सोमबार टेलिफोनमा भने, 'सभासद्हरूले विकास कोषबाट एक लाख निकालेर दस दिनभित्र पार्टर्ीीे राज्यसमितिलाई  दिनेछन् ।'
आगामी १४ जेठमा संविधान नबने शुभेच्छुक जनता र कार्यकर्तालाई सडकमा उतारेर जनव्रि्रोह गर्ने निर्ण्र्ाागरेको माअेावादीले आर्थिक व्यवस्थापनसम्बन्धी निर्ण्र्ाामेत गरेको हो । यद्यपि भोजपुराको बैठकमा राज्य समिति इन्चार्ज भीमप्रसाद गौतम भने सहभागी छैनन् । सभासद्समेत रहेका गौतम प्रहरीको सुडान मामिला छानबिनका लागि गएका सभासद् टोलीमा परेका छन् ।
भोजपुरा राज्य समितिका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य प्रभु साहले सभासद्हरूबाट खर्च उठाउने निर्ण्र्ााभएको पुष्टि गरे । उनले त्यो रकम प्रशासनिक खर्चका लागि भएको गरिने जनाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक