20100330

प्रचण्ड विरुद्ध शिविरका सहभागीले हुटिङ गरे

राजधानीको खुलामञ्चमा चलिरहेको बृहद् योगशिविरको तेस्रो दिनका प्रमुख अतिथि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध शिविरका हजारांै सहभागीहरूले हुटिङ गरे। योगशिविरमा...
सोमबार बिहानै पुगेका प्रचण्डले लामो भाषण गर्न थालेपछि सहभागीहरूले हुटिङ गरेका हुन्। शुरूमा पछाडिबाट हुटिङ भयो तर उहाँले भाषण छोटयाउनुभएन। त्यसपछि अगाडि-पछाडि सबैतिरबाट व्यापक हुटिङ भएपछि प्रचण्डका छोरा प्रकाश दाहालले भाषण छोटयाउन आग्रह गरे भने स्वामी रामदेवले पनि हस्तक्षेप गर्नुपर्यो अनि बल्ल अध्यक्ष प्रचण्डले भाषण टुंग्याउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रचण्ड सहभागी हुनुभएको थियो भने उहाँको पछिपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पुग्नुभएको थियो। अध्यक्ष यादव वक्ता नभए पनि प्रचण्डका पछि लागेर जानुलाई सहभागीहरूले ‘कार्टुनको संज्ञा दिएका थिए। अध्यक्ष प्रचण्ड करिब ४५ मिनेट योगाभ्यासमा पनि सहभागी हुनुभएको थियो।

विशाल शिविरमा प्रत्येक दिन प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरी उद्घाटन गराउने गरिएको छ। प्रत्येक दिन बिहान ५ बजेदेखि साढे ७ बजेसम्म योगशिविर हुने गरेको छ। सोमबार दिउँसो साना बच्चाहरूका लागि समेत योगशिविर सञ्चालन गरिएको थियो। शिविर यही चैत १९ गतेसम्म जारी रहनेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक