20100308

यो कुरा पहिलेको टेप प्रकरण जस्तो बाहिर नजाओस् भन्दै प्रचण्डले साह्रा रहस्य यसरी खोले

अब पनि झलनाथजी र गिरिजाबाबुले प्रचन्डलाईनै बोकिरहे नेपाल सकिन बेर छैन सबैलाई चेतना भया !
- अन्मिन प्रमुख लेनग्रेनको माओवादीलाई हृदयदेखि नै सहयोग छ, त्यसैले विदेशी पनि माओवादीसँग सकारात्मक
- नेपाली सेनामा १० हजार माओवादी लडाकू समायोजन
- सेना समायोजनमा पहिलो पद लिँदा अन्तर्राष्ट्रिय समुदायले किचलो झिक्ने भएकाले दोस्रोदेखि विभिन्न महत्त्वपूर्ण पद लिने
- समयमा संविधान नबने जनविद्रोह र सत्ता कब्जा
- संविधान र समायोजन सँगसँगै
- अन्ततः देश तपाईंहरूकै हातमा सुम्पिने बेला आइसकेको छ, देश नै चलाउने भएपछि भविष्यको के चिन्ता ?
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसंघीय मिसन (अन्मिन) प्रमुख करिन लेनग्रेनले माओवादीलाई हृदयदेखि नै सहयोग गरेको बताउनुभएको छ। पार्टीध्यक्ष प्रचण्डले फागुन १७ गते चितवनको शक्तिखोरमा लडाकूहरूलाई प्रशिक्षण दिँदै व्यक्त गरेका विचार  प्राप्त भएको छ, जसमा प्रचण्डले करिनको सहयोगका कारण विदेशमा समेत माओवादीको विषयमा राम्रो सन्देश गएको.......
उल्लेख छ। अध्यक्ष प्रचण्डले निर्धारित समयमा संविधान निर्माण नहुने भएकाले जनविद्रोहमा जानुपर्ने समय नजिकिएको तथा नेपाली कांग्रेस र एमाले संविधान निर्माणमा बाधक भएकाले जनविद्रोहमार्फ नै सत्ता कब्जा गरी अगाडि बढ्ने माओवादी पार्टीको सोच रहेको उल्लेख गर्नुभएको छ। ‘नेपाली सेनामा १० हजार जनमुक्ति सेना छिट्टै समायोजन गरिने हुँदा तपाईंहरू शिविरमा नआत्तीकन ढुक्क भएर बस्नुहोस्’ -प्रचण्डले लडाकूहरूलाई आश्वस्त बनाउनुभएको छ। जनमुक्ति सेनाको भविष्य भनेको सेना र प्रहरी नै हो भन्दै प्रचण्डले सामूहिक रूपमा सेनामा समायोजन गर्ने उद्देश्यले नै माओवादीले अहिले संविधान निर्माण सँगसँगै सेना समायोजन गर्नुपर्छ भन्ने विषय अघि सारेको बताउनुभएको थियो। ‘अब हामीहरू जंगल पस्दैनौं बरु प्रतिक्रियावादीहरूले काम गर्न नदिए जनविद्रोह गरिने भएकाले त्यसका निम्ति जनमुक्ति सेना नै सबैभन्दा ठूलो शक्ति हो’ -प्रचण्डको सम्बोधनमा भनिएको छ।
अध्यक्ष प्रचण्डले माओवादी लडाकूलाई समायोजन गर्दा नेपाली सेनामा दोस्रो पद लिने बताउनुभएको छ। सेना समायोजन गर्दा हामीले पहिलो पद लिँदा अन्तर्राष्ट्रिय समुदायले समेत किचलो झिक्ने भएकाले हामी दोस्रोदेखि विभिन्न महत्त्वपूर्ण पदहरू लिने विचारमा छौँ -उहाँले भन्नुभएको छ।

समायोजनपछिको रणनीतिवारेमा पनि उहाँले चर्चा गर्नुभएको थियो। सेना समायोजनपछि क्रमशः पूरै सेना नियन्त्रणमा आइहाल्ने भएकाले ढिलै होस् तर छोरा होस् भनी पार्टीछुवाको गतिमा अघि बढेको उहाँले बताउनुभएको थियो। जेठ १४ गतेभित्र संविधान नबन्ने र समय थप गर्ने कुरा नेपाली कांग्रेस र एमालेले ल्याउने हुँदा त्यति खेर जनविद्रोहको उपयुक्त माहोल बन्ने उल्लेख गर्दै प्रचण्डले माओवादीले आफै सेना समायोजनको पोको हातमा लिई काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। ‘अन्ततः देश तपाईंहरूकै हातमा सुम्पिने बेला आइसकेको छ, देश नै हामीले चलाउने भएपछि भविष्यको के चिन्ता ?’, -उहाँले आश्वस्त बनाउँदै लडाकूहरूलाई भन्नुभएको थियो- ‘अहिलेको प्रशिक्षण कार्यक्रम पहिलेको भिडियो टेप प्रकरणजस्तो बदनाम भएर बाहिर नजाओस्।’ शिविरबाट अयोग्य भई बहिर्गमन भएका लडाकूहरू खुल्ला संसारमा खुल्ला रूपमा हिजो युद्धकालमा सिकेका सीप तथा क्षमता प्रयोग गरी अर्को चमत्कार देखाउन उद्यत भएको बताउँदै प्रचण्डले शिविरमा भएका कमीकमजोरीप्रति पार्टीचन्तित भएको र त्यसका लागि छिट्टै आवश्यक व्यवस्था गरिने भएकाले अहिले संयमित भएर बस्न आहवान गर्नुभएको छ। उहाँले चाँडै नै आफ्नो नेतृत्वमा सरकार बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। -ने.स.

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444