20100329

नेपाल अमेरिका पत्रकार संघ वासिंङटन डीसीको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ वासिंङटन डीसीको आयोजनामा मार्च २८ तारिख साँझ डीसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमाझ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका हाँस्य कलाकार मनोज गजुरेलको मुख्य प्रस्तुति रहेको सो कार्यक्रममा गायक कर्ण दासले आफ्ना तीन वटा गान प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका...
थिए भने, नृत्यमा लुना र नविन केसीले आफ्नो जोडदार नृत्य प्रस्तुत गरेका थिए । यसैगरी अर्की नायिका अनुपमा प्रसाइँको नृत्यले दर्शकहरु मन्त्रमुग्घ भएका देखिन्थे । उता स्थानीय कलाकारहरु मानसी उप्रेती, स्वीकृति दाहाल, सम्पदा बुडाथोकी, सेलिना पौडेल, साकार बुडाथोकी, पियुस बुडाथोकी र अनु संग्रौलाको सामुहिक नृत्यले पनि जोडदार तालि पाएको देखिन्थ्यो ।

त्यसैगरी सानी बालिका आयुसा खनालको ”औइ नक्कले के म राम्री छैन र मेरो चैं जवानी होइन र ...” भन्ने गीतको बोलमा गरेकी नृत्यको दर्शकहरुले खुलेर प्रशंसा गरेका थिए ।

त्यसैगरी स्थानीय कलाकार श्रेया दाहाल र श्रीतिका दाहालले ”म प्यार बेची दिन्छु म बाहर बेचिदिन्छु को किन्छ मेरो दिलको झंकार बेचीदिन्छु........” भन्ने गीतमा आफ्नो नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए ।

स्थानीय डीसी मेट्रो क्षेत्रका झण्डै चार सय नेपालीभाषीहरुको उपस्थिति रहेको सो कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो दुइवटा प्रहशन प्रस्तुत गरेका थिए जसमा नेपालका प्रधानमन्त्री माधव नेपालको नक्कल पत्रकार गोमा संग्रौलाका साथमा प्रस्तुत गरेका थिए भने दोस्रो एकल प्रस्तुतिमा नेपालमा गणतन्त्र आएपछि संविधान सभामामार्फ्त संविधान बन्न नसकेको प्रति व्यंग्य गर्दै नेपालमा देखिएको जातियताका नाममा देखिएको विभाजन र भाषागत रुपमा देखा पर्न थालेको कलहका बारेमा तीखो व्यंग्य गर्दै देशलाई टुक्रा टुक्रा पारेर जन्म दिनको केक नबाउन देश विदेशमा रहेका सबै नेपालीहरुले दवाव दिन समेत आग्रह गर्दै आफ्नो सन्देश दिएका थिए ।

अमेरिका नेपाल पत्रकार संघका केन्द्रीय सदस्य शर्मिला उप्रेतीद्धारा संचालित उक्त कार्यक्रमको शुरुमा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।

धर्ती पोखरेलको राष्ट्रिय गानपछि शुरु भएको सो कार्यक्रम झण्डै दुइघण्टासम्म चलेको थियो ।

कार्यक्रममा सहभागी सबै कलाकार तथा कार्यक्रमका लागि सहयोग पुर्याउने व्यापारी तथा व्यवसायीहरुलाई वासिंङटन डीसीस्थित नेपाली दूताबासका उपनियोग प्रमुख कालि प्रसाद पोखरेलद्धारा अमेरिका नेपाल पत्रकार संघको तर्फबाट तयार पारिएको सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष गिरीश पोखरेलले आगन्तुक स्थानीय नेपाली भाषी तथा कलाकाहरुका साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने अन्य व्यापार तथा व्यवसाय गर्ने सहयोगीहरुलाई धन्यवाद दिनुभएको थियो ।- नेपाली पोष्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक