20100329

माओवादीको शान्तीको चाहना यस्तो पो रहेछ !

वाइसीएलको अर्धसैनिक संरचनालाई भंग गर्न दबाब परिरहेको समयमा एकीकृत माओवादीले वाइसीएलकै समानान्तर सुरक्षा समिति गठन गरेको छ। माओवादीले सुरक्षा समिति गठनसँगै सुनसरीमा स्पेशल टास्क फोर्स कमाण्डो र शिविरबाट बाहिरिएका अयोग्य लडाकुका लागि क्याम्प बनाउने तयारी पनि...
थालेको छ। वाइसीएल सदस्यलाई जिम्मेवारी दिएर सुरक्षा समिति गठनसँगै तालिम सञ्चालन गर्न थालिएको छ। 'वाइसीएलको संख्या जिल्लाभर झण्डै ८ सय थियो, अब तिनै वाइसीएलमा संलग्नले नेतृत्व गरेर ४९ वटै गाविस र तीनवटा नगरपालिकामा सुरक्षा समिति गठन हुन्छ,' सुरक्षा समितिका एक जिल्ला सदस्यले भने। अधिकांस स्थानमा सुरक्षा समिति गठन गरेर तालिम शुरु भइसकेको छ भने कतिपय स्थानमा गठन हुर्दैछ।

पार्टीको केन्द्रले तीन महिनासम्म वाइसीएलका जिम्मेवार व्यक्तिलाई सुरक्षा समिति गठन गरेर तालिम सञ्चालन गर्न निर्देशन दिइएको माओवादीले जनायो। सुरक्षा समितिमा कम्तीमा ८ हजारलाई समेटने लक्ष्य राखिएको छ। सुरक्षा समिति प्रत्येक गाबिसका वडा-वडामा गठन गरिनेछ। अबको ३ महिना भित्रमा सुरक्षा समितिको गति हेरेर वाइसीएललाई छुट्टै निरन्तता दिने वा सुरक्षा समितिमै समावेश गराउने भन्ने निर्णय हुनेछ।

शिविरमा रहेका लडाकुको अहिलेसम्म व्यस्थापन एवं पुर्नस्थापना नभएर राष्ट्रिय राजनीतिमा चर्को बहस चलिरहेकै समयमा शिविर पूर्णरुपमा छाडेर बाहिरिएका झण्डै ७० जनाको स्पेशल टास्कफोर्स कमाण्डो पनि गठन भएको छ। अनमिनले शिविरमा रहेका लडाकु प्रमाणीकरण गर्नुअघि शिविरबाट बाहिरिएर पार्टीको निर्देशन अनुसार काम गर्दै आएकालाई स्पेशल टास्कफोर्स कमाण्डोमा सहभागी गराइएको हो। कमाण्डोसँग अत्याधुनिक हातहतियार छ। 'वैचारिक हिसावले चेतनशील र लडाई लड्न सिपालु टास्कफोर्स कमाण्डोमा छन,' माओवादी स्रोतले भने, 'पहिला कमाण्डो प्लाटुनमा थियो। अहिले कम्पनी कमाण्डर भइसकेको छ।'

वाइसीएलमा आबद्ध व्यक्तिले नेतृत्व गरेर अहिले वनेको सुरक्षा समिति भन्दा टास्कफोर्स कमाण्डो माथिल्लो तहको हुनेछ। पदिय आधारमा सुरक्षा समिति र टास्कफोर्स कमाण्डो उस्तै भएपनि स्पेशल तालिम गरेका व्यक्ति कमाण्डोमा रहेकाले मान्यता दिनुपर्ने बाध्यता भएको सुरक्षा समितिका एक जिल्ला सदस्यले बताए। एक महिना अघि गठन भएको टास्कफोर्स कमाण्डो अहिले इटहरी-४ मा रहेको छ। कमाण्डोका लागि छुट्टै क्याम्प निर्माण गर्ने तयारी भइरहेको छ। कमाण्डोका लागि क्याम्प बनाउने तयारी भइरहेपनि ठाउँ भने स्पस्ट पारिएको छैन।

कमाण्डोले पार्टीका कार्यकर्ताको सुरक्षा दिने र पार्टीलाई अहित हुने काम भएमा पार्टीको निर्देशन अनुसार जे-जे गर्न पर्‍र्यो त्यही काम गर्ने गर्दछ। बढी कमाण्डोले माओवादीका कार्यकर्तामाथी दमन र आक्रमण भएमा प्रतिकार गर्न चौविसौ घण्टा हाई अलर्टमा वस्ने गरेको छ। संविधानसभाको निर्वाचन ताका पनि स्पेशल कमाण्डो रहेपनि त्यसयता निस्किय रहेकोमा अहिले पुनः अन्यलाई पनि समेटेर अझ विस्तार गरिएको माओवादीले जानकारी दिएको छ ।

शिविरबाट बाहिरिएका अयोग्य लडाकुलाई पनि माओबादीले क्याम्पमा राख्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। झण्डै १ सय जना अयोग्य लडाकुलाई खनारमा क्याम्प बनाएर राख्ने तयारी भइरहेको छ।

पहिलो डिभिजन इलामको चुलाचुलीबाट बाहिरिएका अयोग्य लडाकु घर नफर्किएर पार्टीको संरक्षणमा रहेकाले उनीहरुलाई जतिसक्दो चाडो क्याम्पमा राख्ने तयारी भइरहेको हो। पहिलो डिभिजनबाट ८ सय ७६ जना अयोग्य लडाकु बाहिरिएका छन्। जसमा ४ सय ७६ जना विदाईका क्रममा बाहिरिएका थिए। अन्य भने त्यसअघि नै बाहिरिएका थिए।
पछिल्लो समयमा माओवादी पार्टीले सम्पुर्ण जनवर्गीय संगठनलाई निस्किृय पारेर अधिकांस युवा दस्तालाई लडाकु बनाउने अभियानमा लागेको छ। सुनसरी जिल्ला इन्चार्ज प्रल्लाद बुढाथोकीले वाइसीएलमा आबद्ध व्यक्तिलाई नेतृत्व गर्न दिएर सुरक्षा समिति बनाउने अभियान तिव्र पारेको सहजै स्वीकार गरे। उनले भने, 'सघर्षको विशेष योजना अनुसार शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन युवापुस्तालाई परिचालन गर्न आवश्यक परेकाले धमाधम अभियान थालिएको हो।'

आवश्यक परे युद्ध लड्न सक्ने ढंगले सुरक्षा समितिमा सहभागी युवा दस्तालाई तालिम दिएर सक्षम बनाउने अभियानमा लागेको जनाइएको छ। यसरी पछिल्लो समयमा माओवादीले थालेको गतिविधिले देशलाई कतै सैन्यकरणतर्फ लाने त हैन भन्ने प्रश्न सर्वसाधारणको मनमा उब्जिएको छ।

1 comment:

  1. hey narayan prabhu aba desh ma k huna k huna lageko maobadile kgarna khojeko hola hamro shanti vayako desh lae haiti jasto iraq jasto banaune vayo launa khi garam nepali janata ho....desh ko lagi nepal aama ko lagi uthaum

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक