20100329

दुवै हात पछाडि बाँधि गोली हानी हत्या !!!

महोत्तरीको बगडा गाविस वडा नं. ८ स्थित बिग्ही पुलमा एक युवकको गोली हानी हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेलापरेको छ। नाम, ठेगाना खुल्न नसकेको आन्दाजी ३१ वर्षीय युवकको दुवै हात पछाडि बाँधिएको, आँखामा कालोपट्टी बाँधेको, टाउको र शरीरको अन्य भागमा तीनवटा गोली लागेको जिल्ला पहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट थ्रीनट थ्रीको खाली खोखा तीन थान र अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाको रसिदमा रामवृक्ष साह, जिल्ला शिक्षा अधिकारी महोत्तरी नगद रु.५० हजार उल्लेख भएको भेटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक महोत्तरी क्षेत्र नं. ६ का क्षेत्रीय अध्यक्ष कृष्णदेव यादवको उपचारका क्रममा भारतको दिल्लीमा गएराति निधन भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक