20100305

माओवादी पार्टी नभई सैनिक संगठन भएकाले उसले सरकारको नेतृत्व गर्न नसक्ने : रक्षामन्त्री

माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार सोंच्नै नसकिने

एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेकै अवस्थामा एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार सोंच्नै नसकिने बताएका छन्। उनले भनेका छन्, जबसम्म माओवादीहरु निशस्त्र बनेर शान्तिप्रक्रियामा समाहित हुँदैनन्, तबसम्म उसको नेतृत्वमा सरकार बन्न सक्दैन। एमालेको युवा संगठन प्ररायूसंघको अधिवेसनको उद्घाटनका लागि म्याग्दी जाने क्रममा पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा
गर्दै उनले उच्चस्तरीय राजनीतिक संयन्त्रमा सरकार परितर्वनको कुरै नचलेको र माओवादी निशस्त्र भएर आएमा मात्र सोंच्न सकिने.....
प्रसंग चलेको स्पष्ट पारे। 
                           रक्षामन्त्री विद्यादेवी भण्डारीले नेकपा माओवादी पार्टी नभई सैनिक संगठन भएकाले उसले सरकारको नेतृत्व गर्न नसक्ने बताएकी छन्। माओवादीले निरन्तर शान्ति सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले राजनीतिक पार्टी बन्नलाई उसले हतियार नस्ट गर्नुपर्ने र आफ्ना लडाकूलाई निशस्त्र पार्नुपर्ने जिकिर गरिन्। रक्षामन्त्री विद्यादेवी भन्डारीले माओवादीको शिविरभित्र भएका २-४ प्रतिशत लडाकुहरुमात्रै योग्य रहेको दावी गरिन्। माओवादीले केही लडाकुहरुलाई मात्रै शिविर बाहिर निकालेको भन्दै उनले भनिन् 'त्यो सरकार र जनताको आँखामा छारो होल्न हो, शिविरमा अझैं अयोग्य धेरै छन्।' रक्षामन्त्रीको दावी थियो 'शिविरका सबै लडाकु अयोग्य छन्, २-४ प्रतिशतमात्रै योग्य होलान्।'नेकपा एमालेले शुक्रवार दाङमा गरेको एउटा आमसभालाई सम्बोधन गर्दै उनले  यस्तो बताएकी हुन्। शिविरमा रहेको थप अयोग्य लडाकुहरुलाई निकाल्नका लागि सरकारले माओवादीसँग लडाकुहरुको तथ्याङ्क माग्दासमेत उसले उपलब्ध नगराएको भण्डारीको आरोप छ। 'शान्ति प्रक्रियालाई माओवादीले सघाउन चाहन्न, खाली बखेडाहरु झिकेर उल्लंघनमात्रै गरिरहेको छ' उनले भनिन् 'लडाकुहरुको संख्या पनि दिन नमानेपछि उनीहरुको समायोजन कसरी हुन्छ?'

'आधाभन्दा बढी अयोग्य लडाकुहरु शिविरमा भेटिएनन्' रक्षामन्त्रीले भनिन्- 'माओवादीले तीनलाई शिविरमै लुकाएर राखेका हुनसक्छन्, त्यसैले हामीलाई शंका लागेर तथ्याङ्क मागेका हौँ। अनमिनले माओवादी शिविरमा रहेका ४ हजार ८ जना लडाकुहरुलाइ शान्ति सम्झौतापछि भर्ना भएको र १८ वर्षभन्दा कम उमेरका भन्दै 'अयोग्य' ठाहर्‍याएको थियो। तीमध्ये आधाभन्दा बढी अयोग्य लडाकुहरु औपचारिक विदाई हुनुपहिला नै शिविर छोडेर गइसकेको माओवादीले जनाएको थियो। तर रक्षामन्त्री भन्डारीले भने 'अगाडि नै शिविर छोडेका भनिएका ती सबै अयोग्यहरुलाई माओवादीले शिविरभित्रै लुकाएर राखेको' आरोप लगाइन्।

नेकपा एमाले दाङ सम्वद्ध ६ वटा भातृ संगठनहरुले एकैसाथ आयोजना गरेको जिल्लाभेलालाई सम्बोधन गर्दै भन्डारीले माओवादीको पछि लागेर राष्ट्रसंघीय मिसन अनमिनले पनि सरकारलाई छक्याएको आरोप लगाइन्। माओवादीले पनि आफ्नो लडाकुको मुद्दालाई प्रयोग गरेर सत्ता प्राप्त गर्न खोजेको आरोप उनको थियो।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444