20100305

यहाँ यस्तै हुँदो रहेछ - अरुण रुपाखेती

(लामो समय अमेरिका बसेर यतै घरजम गरिसकेका अरुण रुपाखेती कबि पनि हुनुहुन्छ भन्ने मलाई भर्खरै थाहा लाग्यो । राष्ट्र र राष्ट्रियता ले अत्ति पोल्ने, नेपाल भन्ना साथ हुरुक्क हुने यि रूपाखेती का ६ वटा हामी लाई प्राप्त कबिता यहाँ प्रस्तुत गरेका छौं - सम्पादक) 

कसैको ज्यान नै जान्छ भने पनि यहाँ
बाध्यताले गोलीनै चलाउनु पर्ने रहेछ
कलमले होइन यहाँ
तरवारले पो क्रान्ति गरिदो रहेछ
हो, यहाँ यस्तै हुँदो रहेछ ।
अवानीको पर््रदर्शन गरी यहाँ
इज्जत र सम्मान पाइदो रहेछ
देशको गौरव र अस्त्ित्व वेची यहाँ
नाम पो कमाइदो रहेछ
पतीव्रताको घमण्डीलो भूमी यहाँ.......

वलत्कारको त्रिमर्ूर्ती पो देखिदो रहेछ
शान्तिको तपोभूमी यहाँ
नरभक्षीको लडाइ पो हुँदो रहेछ
हो यहाँ यस्तै हुँदो रहेछ
कर्तव्य निष्ठ होइन यहाँ
आदेश निष्ठ बन्नु पर्ने रहेछ
काम र पौरख होइन यहाँ
खोक्रो छाती पो फुलाउनु पर्ने रहेछ
हो यहाँ यस्तै हुँदो रहेछ ।
पहुँच र धाकले यहाँ
दुनिया मच्चाइदो रहेछ
विद्वान सज्जन त यहाँ
बन्दुक र शुलिको निशान पो बनिदो रहेछ
हो यहाँ यस्तै हुँदो रहेछ
देवस्थलको पवित्र भूमी यहाँ
राक्षसहरुको खिलवाड हुँदो रहेछ
शान्तीको तपोभूमी यहाँ
रक्त पिपाशुहरुको लडाइ पो हुँदो रहेछ
देेवहरुको तपोभूमी यहाँ
राक्षसहरुके खेलवाड हुँदो रहेछ
पवित्र मन्दिरका पर्खालहरुमा त
पापै पापको दाग पो देखिदा रहेछन्
हो यहाँ यस्तै हुँदो रहेछ



पातालको देशमा


घुम्दै फिर्दै आइपुगे

आप\mनै देशको भेषमा

दुःख भन्दा सुख छैन

पातालको देशमा

दुःख देखि भागी भागी

सुख टिप्न आएको थिं

सुख पाउने आशा लिई

दिन रात धाएको थिं

जता हेर्‍यो दुःखै दुःख

सुख कतै छैन

मन दुख्छ पेट दुख्छ

रति भर चैन

यता हेर्‍यो उता हेर्‍यो

दुःखी मात्र यस्मा

दुःखी भन्दा सुखी छैनन्

पातालको देशमा

आप्\mनै मान्छे भनी खोज्दा

विरानो नै बन्छन्

कपट र वेश्मानले

पुरै जिवन भर्छन

दुःख वाड्न आएको थिं

आप\mनै देशको भेषमा

सुःख पाउन मुश्किलै छ

पातालको देशमा

आप\mना मान्छे हुँदैनन् आप\mना

छल कपट धोका छ साथमा

पराइ बोरु देखिन्छन् आप\mना

माया सद्भाव वोकोर साथमा

यस्तै यस्तै रहेछ पातालको देशमा

आप\mना हात साथैमा छन्

तर आप\mना छैनन्

आप\mना शिप आफैमा छन्

भित्र भित्रै लुकेका छन्

आप\mनो देशमा टाइ सुट कस्नेहरु

पसिना काढी काढी घुँडा धसिरहेछन्

मेवा मिष्ठान्नको ज्यूनार गर्नेहरु

सस्ता, तयारी र वासीमा वानी वसाली रहेछन्

विलासीका महलमा रस लिला गर्नेहरु

र्घर्ति मुनी वास वसिरहेछन् ।


हिमालको त्यो डाँफे चरी


हिमालको चुचुरोबाट चियाउने

त्यो डाँफे चरिले नेपाल मेरै हो भन्छ

भन्छ पर्ूव मेची र पश्चिम महाकालीसम्म

पर्ुखाले खुकुरीको धारले रक्षा गरेको

हिमाल पारी राज्य समेत मेरै हो भन्छ

डाँफेको सुसेलिभित्र सौर्न्दर्यलाई

गौरवको प्रतिक ठान्दै

नेपालीको शिरको शोभा अनि

नेपालको पहरादारको उपमा मान्दै

विश्व मानचित्रमा चिर परिचित

एशियको मृगस्थल नेपाल भन्छ

त्यो डाँफे मेरो श्रीपेच हो ।

हिमाल भन्छ,

मेरो छत्र छायाँमा अलंकित

त्यो ज्ञान भूमि, त्यो तपोभूमी

त्यो शान्ति क्षेत्र नेपाल

बुद्ध सीताका जन्मस्थल

ऋषि मुनिहरुको वासस्थान

जहाँ मेरा पसिनाले

मल, जल, वास, कपास समेत जुटाएर

अटुट राज्यको रुपमा

परा पर्ूवकाल देखि रहेको यो नेपाल

मेरो गौरव हो ।


हामी रोगी नेपाली


हामी नेपाली सपुत आमाका कर्मठ सन्तान

शीतल हिमाली छहारीमा हर्ुर्केका

गोर्खाली नामले चम्केका

तर,

आज नेपालीहरु रोगी भएका छौं

हामीलाई रोग लागेको छ

हाम्रा दिमाग र नसाहरुले

काम गर्न छाडी सकेका छन्

हामी आफूलाई रोगी भन्न रुचाउँदैनौ

नेपाल आमाको धोक्रो फुटाएर रगत चुस्ने

मुटु र कलेजो छिया छिया पारी बेच्न तम्सिने

विदेशीलाई आमाको अस्मितामा खेलवाड गर्न

वलत्कार गर्न र अंग अंग लुछ्न प्रोत्ाहित गर्ने

हामी रोगी नभएर के हौं त -

नेपाली बुद्धिजीविका दिमाग विग्रिसकेका छन्

नेताहरु महारोगले ढली सकेका छन्

शरीर र दिमागले काम गर्दैनन्

नेपाल आमाको मासु रगतले निल्दै

नशामा मात्तिदै आप\mनो व्यक्तित्वको

खोक्रो ढ्वाङ फुक्दै हिडीरहेका छन्

आप\mनै स्वार्थ मात्रै अगाली रहेका छन्

यस्ता महारोगीले

नेपाल आमाको विश्व सामुका पहिचान र विश्व्ास

उनका धर्म रिती रिवाज, संस्कृतिलाई नंग्याइसके हटाइ सके

अब बाँकी के नै छ र

नेपाल आमाको कंकाललाई बेची

इतिहासको पन्ना भित्र नेपाल थियो रे

इतिहासमा नेपाली पनि थिए रे

भन्न मात्र बाँकी हुने छ ।

यति मात्र कहाँ हो र -

विश्व सामु शिर उठाएर हिड्नु पर्ने नेपाली

शिर निहुराएर हिड्नु पर्न भइसकेको छ

रोगी नेपालीहरु संसारको कुनै भागमा गए पनि

आप\mनो घिनीत व्यक्तित्व पर््रदर्शन गर्नको लागि

च्याउ सरिका समूहहरु खडा गरि तछाड मछाड गर्दै

नेपाल आमाको अस्मितामा खेलवाड गरिरहेछन्

के गर्नु-

अरुको उच्छिीत्तो उडाउने रोग लागेको हामीलाई

विचरा त्यो पल्ला घरे पनि त नेपाली नै होनी

विदेशमा आएर नंग्रा खियाउँदै दर्ुइ गाँस ढिंठो खाएको

नांगो ढाक्न एकसरो लगएको

दर्ुइ चार मित्र बनाएकोमा चित्त बुझाउँदै

यसो दुःख सुखमा साथ दिन नसक्ने भइसकेका छौं

त्यसैले,

यदि हामी फेरि सपुत नेपालीमै र्फकने हो भने

कस्ले के खायो, लगायो कमायो

कसरी ठग्ने रुवाउने मार्ने भनी सोच्ने समयालाई

अरुको दुःख सुखमा लगाउने गरौं

विश्व सामुका हाम्रा पहिचान कायमै राख्न
र्
धर्म रीतिरिवाज र संस्कृतिलाई बचाउँदै

हिमाली काखको यस शितल नेपाललाई

चिर कालसम्म हराभरा गरि सग्लो राख्ने कोशिस गरौं

हाम्रो महारोगीका बुद्धि फेरि पलाउन्

नेपाल आमाको महाुर सदा चन्द्रमुखी बनिरहेास् ।


समयको हुरिले


समयको हुरिले यहाँ

मुत्यु शैयालाई पनि

आर्शीवाद दिंदो रहेछ

समयको हुरिले यहाँ

सच्चा जिवनलाई पनि

कंगालको प्रतिरुप बनाइदो रहेछ

समयको हुरिले यहाँ

प्रेमलाई हत्यामा परिणत गरिदो रहेछ

समयकै हुरिले यहाँ

कोमल आत्लाई पनि

बज्र समान बनाइदो रहेछ

समयको हुरिले यहँ

डढेको खरानीबाट पनि

आगोको ज्वाला निस्किदो रहेछ

समयकै हुरिले यहाँ

सुकेको खरलाई

काँचो नर्कट बनाइदो रहेछ

समयको हुरिले यहाँ

जिउदै लासलाई

नरक पुर्‍याउँदो रहेछ,

समयकै हुरिले यहाँ

योगी र भोगीलाई

चौरासी घुमाइदो रहेछ

समयकै हुरिले यहाँ

गल्ती क्षमामा परिणत हुँदो रहेछ,

समयकै हुरिले यहाँ

शत्रु देवता पो बन्दो रहेछ ।

समयको हुरिले यहाँ

परिवार विरानो बन्ँदा रहेछन्

प्राकृति होइन कृतिमलाई पो

जिताउँदा रहेछन्

समयकै हुरिले यहाँ

गल्छेडाहरुबाट राजमार्गका नाम सुनिदा रहेछन्

समयकै हुरिले यहाँ

धरहराबाट आकाश पो देखिदो रहेछ


कलियुग आयो


कलियुग आउछ भन्दा भन्दै

हुत्तिएर बत्तिएर आएरै छाड्यो

डाडा माथि बल्टयाङ मार्दै

खोल्चाहरुका ठोक्किदै

सागरहरुमा डुबुल्कीदै

देश देशमा घर घरमा

कलियुग आएरै छाड्यो

हिजो मात्र बाजेले भन्थे

कलियुग आउने छ

उथल पुथल पारेर जानेछ

संसार परिवर्तन हुनेछ

आयो कलियुग आयो

मडारिएर कालो भूँमरी बनाउँदै

पूरै प्राणी जगतको मन मस्तिष्कमा

सत्य, धर्म, ममता, विश्वासलाई

लत्याउँदै वडार्दै नास पार्दै

कलियुग आएरै छाड्यो

कलियुग आयो प्रत्यक्ष आयो

मानव जगतको खोपडी घुमाइदियो

सव सुल्टो उल्टो बन्यो

सव उल्टो सुल्टो बन्यो

माया दुश्मनीमा, गुण वैगुणमा
र्
धर्म पापमा बदल्दै

कलियुग आएरै छाड्यो

श्रृष्टिकर्ता भगवानले पनि

धान्नै नसक्ने गरि

सत्य र धर्मको बाटो

देखाउन नसक्ने गरि

कलियुग आयो सबै थोक उल्टो बनायो ।

कलियुग आयो यसरी आयो

प्रेम गर्नेहरु सुलिमा चढ्न थाले
र्
धर्म गर्नेहरु पापामा गाडीन थाले

पाप गर्नेहरु सिंहासनमा पुग्न थाले

वैगुनीहरु ऐर्श्वर्यमा पुग्न थाले

सत्मार्गमा हिड्ने सेवकहरु

दुःख र पिडाको खाल्टोमा पुरिन थाले

कलियुग आएरै छाड्यो

अव त यहाँ कलियुग आयो
र्
धर्म गर्नेहरु पापदेखि डराउनु पर्ने भयो

माया गर्नेहरु घृणादेखि भाग्नु पर्ने भयो

गुणीहरु वैगुणीको शरणमा जानु पर्ने भयो

साुधहरु लुटेरा बलत्कारीको शिकार बन्नु पर्ने भयो

कलियुग आएरै छाड्यो

सवैचित, उल्टाउँदै घोप्टयाउँदै

निचोर्दै, चिथोर्दै, गला घोट्दै

धान्नै नसक्ने गरी समाल्नै नसक्ने गरी

आयो आयो आएरै छाड्यो ।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444