20100318

कोइरालाको अवस्था कमजोर हुदै गएको छ

माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरु मण्डिखाटारस्थित निवास पुगी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति बारेमा जानकारी लिएका छन् । कोइरालाको स्वास्थ्यस्थित शुक्रबारदेखि पुनः बिगि्रएको छ । उनीहरु प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक सकेपछि सिधै कोइराला निवास पुगेका हुन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थमा पुनःसमस्या देखिएको छ । छात्तीमा समस्या बढेपछि बिहीबार चिकित्सकहरुले कोइरालाको स्वास्थ परिक्षण गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार कोइरालाको अवस्था कमजोर हुदै गएको छ । अस्पतालमा हुने सुविधा घरमै भएकाले उनलाई अस्पताल भने नलैजाने सिटौलाले बताए ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक