20100409

"नेपाली जनताको रगतको खोलो बग्ने स्थिति उत्पन्न भएमा नेपाली सेना चुप लागेर नबस्ने"

Breaking News.....नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगद कटुवालले राज्यका निकाय भन्दा बाहिरका जत्थासंग अनाधिकृत हातहतियार रहदासम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने दावी गरेका छन्। उनले तत्काल त्यस्ता हतियार सरकारलाई बुझाउनु पर्ने बताए। उनले रिर्पोटर्स क्लब नेपालका नया पदाधिकारीसंग बिहान ललितपुरको सातदोबाटोस्थित आफ्नै निवासमा कुराकानीमा माओवादीतर्फ संकेत गर्दै राज्य भन्दा बाहिरका जत्थासंग हतियार रहन नहुने...
बताएका हुन्। पूर्व सेनापति कटुवालले आगामी जेठ १४ गतेपछि मुलुकमा हिंसात्मक अवस्था आएर नेपाली जनताको रगतको खोलो बग्ने स्थिति उत्पन्न भएमा नेपाली सेना चुप लागेर नबस्ने समेत बताए। उनले त्यस्तो अवस्थामा सेना झ्यालबाट चियाएर बस्न नसक्न बताउदै नेपाली सेना बिगतदेखि नै शान्तिका लागि सक्रिरहेको भन्दै पूर्व सेनापति कटवालले इतिहासमा भीमसेन थापादेखि आफ्नोपालासम्म सेनालाई फुटाउन अनेकौ षड्यन्त्र र प्रयास भएको जानकारी दिए। सेना कसैले शोचेजस्तो त्यति कमजोर नरहेको बताउदै उनले कसैले चाहादैमा सेनालाई फुटाउन नसक्ने समेत बताए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातान्त्रिक पद्धतिमाथि चुनौति उत्पन्न हुनसक्ने आशंका ब्यक्त गर्दै पूर्व सेनापति कटवालले सेना नेपाली जनताको निर्देशनमा रहेर काम गर्ने समेत बताए। नेपाली सेना र माअेावादी मिलेर मुलुकको भौगोलिक अखण्डता जोगाउनुपर्ने भन्ने प्रचण्डको अभिब्यक्तिको खण्डन गर्दै उनले, नेपाली सेना माओवादीको मात्र नभई सबै नेपाली जनताको रहेको प्रष्ट पारे। अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरुको भविश्यप्रति आफू चिन्तित रहेको भन्दै पूर्व सेनापति कटवालले शिविरका लडाकु भाई बहिनीहरु तीन बर्षदेखि कैदीसरह जिवन बिताई रहेको उल्लेख

3 comments:

  1. Sure ! Defeated army (in the sense not being able to protect King)won't be silent.

    ReplyDelete
  2. Nepali Janata, King Birendra, ra chhani chhani those nepalis who love the nation, you can kill them. you never know how to save the nation. Kill Kill and and give the nation to India. You don't have the mind and heart. You know what Indian army said on slaughter by inidan maoist to police, it is not army to fight against maoist, it is gov who has to tackle, here you want to kill maoist but now Nepalis.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक