20100408

क्याम्पबाट रड, भाला बोकेर आएका वाइसिएलले प्रहरीमाथि आक्रमण, तीन प्रहरी गम्भीर घाइते

Breaking News........
वाइसिएल कार्यकर्ताले कपन चौकीका प्रहरीलाई कुटपिट गरेका छन्। उनीहरुको कुटाइबाट तीन प्रहरी गम्भीर घाइते भएका छन्। डिएसपी गोविन्द परियारका अनुसार घाइते प्रहरीहरुको प्रहरी अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। चेकिङमा बसेको प्रहरीले शङ्का लागी तीन वाइसिएलमाथि चेकिङ गरेपछि उनीहरुले किन हामीलाई चेक गरेको भन्दै हातपात गरेका थिए। प्रहरीमाथि हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपछि नजिकै रहेको वाइसिएल क्याम्पबाट रड, भाला बोकेर आएका वाइसिएल... कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए। भिडन्तका कारण कपनको झोलुङ्गे पुल क्षेत्र केही समय तनावग्रस्त भएको थियो। डिएसपी परियारका अनुसार आक्रमणमा संलग्न वाइसिएलको पहिचान भइसकेको छ। उनीहरुको खोजी सुरु गरिएको उनले बताए। ती वाइसिएल कार्यकर्ता क्याम्पभित्र लुकेकाले क्याम्प नै घेरेर उनीहरुलाई समात्ने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

1 comment:

  1. gunda ycl jivan vari aatanka tras bata janata la tarsaune.aafno ghar ko babu aama jastae ho nepal police.pahila ghar ma gayara babu aama lae pitera balla nepal police pitda huncha .ycl gunda,,,,,,

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक