20100407

प्रचन्डले फेरी यसरी धम्क्याए ल हेर्नुस् भिडियो


एकीकृत माओवादीेले देशभरका जिल्ला सदरमुकाममा जनपर््रदर्शन र आमसभा सम्पन्न गरेको छ । सो क्रममा पार्टर्ीीहासचिव रामबहादुर थापा बादलले शान्ति र संविधानका लागि व्रि्रोह गर्ने बताएका छन् । एकीकृत माओवादी मकवानपुरले आयोजना गरेको जनसभालाई संबोधन गर्दै बादलले शान्ति र संविधान तोकिएको समयमा जनतामाझ नआए व्रि्रोह गर्ने चेतावनी....दिएका हुन् । साथै महासचिव बादलले शान्ति र संविधानका लागि राष्ट्रिय सरकारको आवश्यकता भएको बताए । महासचिव बादलले शान्ति र स्ंविधान नेपाली जनताका लागि अतिआवश्यक भएकाले जनतालाई शान्ति र संविधान समायमै दिलाउन एकीकृत माओवादी लागिपरेको दाबी गरे । तर, वर्तमान सरकारले शान्ति र संविधानविरुद्ध षड्यन्त्र गरिरहेकाले त्यसका विरुद्ध अन्तिम व्रि्रोहको तयारीमा माओवादी रहेको उल्लेख गरे ।
राजधानीका कास्की सहकर्मीका अनुसार पार्टर्ीीथायी समिति सदस्य देवप्रसाद तमुले दिल्लीदरबार नेपालमा २०४७ सालको संविधान जारी गरी माओवादी सिध्याउन लागिरहेको आरोप लगाए । भारतलाई बिस्तारवादको संज्ञा दिँदै नेता तमुले भारतले नेपालमा रहेका संसदवादी दल प्रयोग गरी संवैधानिक संकट निम्त्याएर नेपाली जनतालाई र्सार्वभौमसत्ता सम्पन्न हुनबाट रोक्न खोजेको बताए ।
जनआन्दोलन दिवसका अवसरमा पोखरामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता तमुले भने, 'नेपालमा रहेका संसदवादी दलहरूको आड लिएर दिल्लीदरबार नयाँ संविधान बन्नबाट रोक्नका लागि चलखेल गरिरहेको छ ।' राजतन्त्रको अस्तित्व समाप्त भएपछि नेपालको शक्ति दिल्लीदरबारमा पुगेको र एमाले नेता केपी ओली, विजयकुमार गच्छदारजस्ता नेताहरू दिल्लीमा गुप्तवास बसिरहेको आरोपसमेत उनले लगाए । पर्ूवराजा ज्ञानेन्द्र राजतन्त्र समाप्त भएको छैन भन्दै हिँडेको र कांग्रेस नेता खुमबहादुर र किसुनजीहरू पनि त्यसैको पछाडी बोलिरहेकाले नयाँ संविधान जारी हुन नदिनका लागि चलखेल गरेको उनले बताए ।
राजधानीका चितवन सहकर्मीका अनुसार एकीकृत माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले भरतपुरमा आयोजित सभामा कांग्रेस र एमाले नसुध्रिए पर्ूवराजा ज्ञानेन्द्रको हालत हुने चेतावनी दिए । उनले अर्को २४ चैतसम्म पनि उनीहरू नसुध्रिए जनताले उनीहरूलाई पाखा लगाइदिने दाबी गरे ।
उता, सिन्धुपाल्चोकबाट प्राप्त विवरणअनुसार पार्टर्ीीे नेतृत्वमा तोकिएकै समयभित्र नयाँ संविधान घोषणा गरिछाड्ने घोषणा पार्टर्ीीोलिटब्युरो सदस्य विश्वभक्त दुवाल 'आहुति'ले गरे । उनले नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउन कतैबाट अवरोध सिर्जना गरिए त्यो नेपाली जनताका लागि सह्य नहुने बताए ।
माओवादीले जनसभामा सहभागी जम्मा गर्न नियमित 'क्यू'मा चल्ने यात्रुबस जबर्जस्ती प्रयोगमा ल्यायो भने शिक्षक, विद्यार्थीलाई पनि बलजफ्ती कार्यक्रममा सहभागी गराएको थियो । माओवादी भ्रातृ संगठन वाईसीएलले बृहत् शान्ति सम्झौताविपरीत सभामा उपस्थित भएकाको आङै जिरिंग हुने गरी हातमा नांगो खुकुरीसहितको कवाज पर््रदर्शन गरेको थियो ।
कपिलवस्तुको कार्यक्रममा सहभागी एकीकृत माओवादी अवधराज्य समितिका सहइन्चार्ज तथा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले १४ जेठभित्र संविधान नबने जनदबाबमार्फ सडकबाटै संविधान घोषणा गर्ने बताए ।
काभ्रेमा भएको पर््रदर्शनमा भने पार्टर्ीी केन्द्रीय सदस्य धर्ुर््रव पराजुली, काभ्रे इन्चार्ज दिनानाथ गौतम, नेताहरू र्सर्ूयमान दोङ, गंगाबहादुर दोङ, मदन तामाङ, तेजबहादुर पन्तलगायतले वर्तमान सरकारको हैसियत समाप्त भएको भन्दै प्रचण्डले आदेश दिए सबै विटहरू कब्जा गर्न तयार रहेको बताएका थिए ।

2 comments:

  1. jindagi khokera jane vayo maobadi ko.khi garna nasakne ra arulae vajo halne kam matra garcha /janata ko vabana bujne manche ta janata ko mag anusar janu ni.pahila cha janata lae hatiyar banaune ra ahile chahi kursi matra takne hah...sadha jabarjasti ra dhamkaune...

    ReplyDelete
  2. YO Maobadi lai goli hanna mildaina vanyaa??

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक