20100416

माओवादीका तीन हजार लडाकु नेपाली सेनामा समायोजन गर्न सत्तारुढ पाँच दल सहमत

आखिरी नेपाली सेना लाई पनि छिन्न भिन्न बनाउने भए, जनताका घाटी रेट्नेहरु नेपाली सेनामा मिसिएपछी के होला ? लाचार हरुहो अब केनै बाँकी रह्यो र सेना नै बिघटन गर !!! खबर्दार नेपाली सेनाहरु हो स्विकार नगर यो लादिएको निर्णय, यदी स्विकार गर्यौ भने सेनाको यो आत्मदाह को निर्णय हुनेछ ।  अब यस्तो क्रोध आउन सुरु भएकोछ बुझ्नेहरु बाट ।    
माओवादीका तीन हजार लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सत्तारुढ पाँच राजनीतिक दल सहमत भएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शुक्रवार बसेको राजनीतिक दलका शीर्ष नेताहरु सहितको माओवादी लडाकु रेखदेख, समायोजन र पुर्नस्थापना विशेष समितिको वैठकमा त्यस्तो....
सहमति भएको हो । वैठकमा माओवादीका तर्फबाट भने समितिका सदस्य सहित कोही पनि शीर्ष नेता सहभागि भएनन् । माओवादी अध्यक्ष प्रचण्डलाई वैठकमा डाकिएपनि उनी उपस्थित भएनन् । प्रधानमन्त्री कार्यालयमा विहान बसेको वैठकमा प्रधानमन्त्री नेपालले एक हतियार एक सेना समायोजनको कार्ययोजना प्रस्तुत गरेका थिए जसलाई एमाले, कांग्रेस, तमलोपा, फोरम, सदभावना लगायतका दलहरुले समर्थन गरेको वैठकमा सहभागि एक नेताले वताए ।
विभिन्न ७ मुख्य र २१ अस्थायी शिविरहरुमा राष्ट्रसंघीय मिसन (अनमिन)द्वारा प्रमाणित माओवादीका १९ हजार ६ सय २ लडाकुहरु छन् । तर उनीहरुले बोक्ने हतियारको संख्या भने ३ हजारको हाराहारीमा मात्र रहेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले माओवादीका वास्तविक लडाकुको संख्या भन्दा तीन गुणा बढीलाई लडाकुको रुपमा प्रमाणित गराउन सफल भएको वताएको केही समय अघि सार्वजनिक भएको एक गोप्य भिडियो टेपमार्फत खुलासा भइसकेको छ ।
विशेष समिति बैठकमा कांग्रेस कार्यवाहक सभापति शुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, तमलोपा अध्यक्ष महन्थ ठाकुर, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्र देव लगायत उपस्थित थिए ।
प्रधानमन्त्रीको प्रस्तावित कार्ययोजनामा समायोजन हुन नभई समाजमा पुर्नस्थापित हुन चाहने प्रत्येक लडाकुलाई एक लाख ७५ हजार देखि २ लाख ५० हजार रुपैयाँ सम्म दिन सकिने उल्लेख छ । यसलाई पनि पाँच दलका शीर्ष नेताहरुले स्वीकार गरेका छन् ।
तर, माओवादीले भने कम्तीमा १५ हजार लडाकुलाई नेपाली सेनामा समायोजन गरिनुपर्ने र समायोजन हुन नचाहनेलाई २० लाख नगद वा १० विगाह खेतीयोग्य जमिन उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक