20100418

एमाले केन्द्रीय कार्यालयमा एक नेताले चरम आर्थिक अभावका कारण आत्महत्या गरे !

चरम आर्थिक अभावका कारण नेकपा (एमाले) का एक जना योद्धाले शनिबार पार्टी मुख्यालय बल्खुमा आत्महत्या गरेका छन्। झापा आन्दोलनका योद्धा विकेन्द्र राजवंशीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन्। एक महिनादेखि एमाले मुख्यालयमा बस्दै आएका राजवंशीले मुख्यालयमा रहेको आलुबखडाको रूखमा पासो लगाई आत्महत्या गरेको प्रहरीवृत्त कालिमाटीले जानकारी दिएको छ। छोरालाई जागिर लगाउन काठमाडौं आएका उनी केन्द्रीय कार्यालयमा रहेको अतिथिगृहमा बस्दै आएका थिए। झापा विद्रोहमा सीपी मैनालीसँगै कम्युनिस्ट आन्दोलनमा लागेका राजवंशी पञ्चायतकालमा ९ वर्ष जेलसमेत परेका थिए। तत्कालीन नेकपा -माले) बाट राजनीति शुरू गरेका राजवंशीलाई कम्युनिस्टहरूलाई सेल्टर दिएको आरोपमा पञ्चायतले....

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444
जेल हालेको थियो।

तत्कालीन झापा आन्दोलनका शहीद बिरेन राजवंशीका दाइ विकेन्द्र लामो समयदेखि नेकपा (एमाले)को जिल्लास्तरीय नेताका रूपमा काम गर्दै आएका थिए। राजवंशीले प्रधानमन्त्री माधवकुमार नेपाल तथा गृहमन्त्री भीम रावललाई पटकपटक भेटी छोरालाई जागिर लगाइदिन आग्रह गरेको एमालेस्रोतले जानकारी दियो। उनले लेखेको मृत्युपत्रमा आफ्नो योगदानलाई पार्टी कदर नगरेको र कैयौं पटक आग्रह गर्दा पनि छोरालाई जागिर लगाउन प्रधानमन्त्री, गृहमन्त्री र नेताहरूले बेवास्ता गरेपछि मृत्युको बाटो रोज्न बाध्य भएको उल्लेख छ। झापा, दुवागडीका ६५ वर्षीय राजवंशी चरम आर्थिक अभावका कारण केही दिनदेखि तनावमा देखिँदै आएका थिए।

उनीसँगै राजनीति गरेका नेताहरू मन्त्री भइसकेका छन्। तर पार्टी बेवास्ता गरेका कारण राजवंशी चरम गरिबी र अभावमा जीवन बिताउँदै आएका थिए। उनको शव आज आइतबार झापा लगिने बताइएको छ। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। एक छोरा भने रोजगारीको सिलसिलामा विदेशमा भएको बताइएको छ। एमाले नेतृत्वमा सुकिलामुकिलाको वर्चस्व बढेको र त्यागीहरूले भने आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै झापाका एमालेनेता र पार्टीक्ति चिन्तित भएको झापाबाट संवाददाताले जनाएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक