20100417

पानी नै किन चाहियो र ! यहां दारु त पाइएकै छ, बाल्ने बिजुली नभए के भो र ? यहां टायर बाल्न पाइएकै छ !!! : - डा गोविन्द कोइराला

पानीको अथाह भण्डार भएको देशमा
पानी नै किन चाहियो र?
यहां दारु त पाइएकै छ।
खोला नाला र झरनाले झनझनाएको परिवेसमा
बत्ती बाल्ने बिजुली नभए के भो र?
यहां टायर बाल्न पाइएकै छ।
अंध्यारोमै गर्ने काम बग्रेलति भएको ठाउंमा
उज्यालो नभए के भो र? .....


यहां निर्दोष र निमुखाको अस्मिता लुटन पाइएकै छ।

जुनकिरीको पछि पछि लाग्ने बानि भै सकेको ठांउमा

खाल्डा खुल्डि पुर्ने काम नै किन चाहियो र?

टेबुल मुनिबाट लिने दिने काम पाइएकै छ।

बुद्धलेपनि जन्मथलो छाडेर हिडेको देशमा

शान्ती र प्रगति नहुदैमा के भो र ?

मिठो मिठो सपना बांडन पाइएकै छ।

टोपिनै नचाहिने सगरमाथालाइ पनि आज लाज लागेको बेलामा

आफ्नो नग्न रुप न देख्दैमा के भो र?

जुन र तारा नै खसाल्ने नारा दिन पाइएकै छ।

आफै इतिहास बनेर आफै बगेको खहरेमा
आफ्नै छांयाले तर्साउदैमा के भो र?

जुरेलीको गुंड गुंडमा गुलेलीले हान्दै भत्काउन त पाइएकै छ।

खं ब्रम्हस्मि भन्दै स्वप्निल आत्मरतिले गाजेको ठांउमा

आफ्नै बाचा बन्धन एक कौडिमै नबिकेपनि के भो र?

बाघको छालामा बाघ कै रजाइ गर्न पाइएकै छ।



त्यसैले,

पानीको अथाह भण्डार भएको देशमा

पानी नै किन चाहियो र?

यहां दारु त पाइएकै छ।

खोला नाला र झरनाले झनझनाएको परिवेसमा

बत्ती बाल्ने बिजुली नभए के भो र?

यहां टायर बाल्न पाइएकै छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक