20100422

सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन

Breaking News.........
सरकारले एकीकृत माओवादीद्धारा पछिल्लो समयमा आफ्ना कार्यकर्तालाई दिएको तालिमप्रति आपत्ति जनाउदै सबै सुरक्षा निकायलाई हाईअलर्टमा रहन निर्देशन दिएको छ । मन्त्रीपरिषद्को आज वालुवाटारमा बसेको अनौपचारीक बैकठले माओवादीका पछिल्ला कि्याकलापले शान्ति सम्झौता र सहमतिको राजनीतिलाई असर पर्ने भन्दै सरकारले सुरक्षा निकायका प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न त्यस्तो निर्देशन दिएको हो । मन्त्रीपरिषदको अनौपचारीक बैठकले माओवादीका कि्याकलाप बृहत शान्ति सम्झौता, संविधान र सहमतिको राजनीति विपरित.....भएको ठहर गरेको छ । बैठकले माओवादीलाई युवा प्रशिक्षण र अर्धसैन्य दस्ता परिचालन तत्काल रोक्न आह्वान समेत गरेको छ । सरकारको आह्वानलाई माओवादीले बेवास्ता गरेमा शान्तिसुरक्षा कायम गर्न सरकारले जस्तो सुकै कदम चाल्न सहमति भएको छ । बैठक पछि संचारकर्मीसंग कुरागर्दै सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री शंकर पोखरेलले माओवादीले युवालाई सैन्य तलिम दिने कार्यले सहमतिय राजनीतिलाई असर पारेको बताए ।पोखरेलले सरकारको अपिलका बावजुद पनि माओवादीले आफ्ना कि्याकलापलाई जारी राखेमा सरकारले शान्ति सुरक्षा बनाई राख्न कडा कदम उठाउने चेतावनी दिए । माओवादीले पछिल्लो समयमा आन्दोलनको तयारी भन्दै जिल्ला जिल्लामा युवाप्रशिक्षण, अर्धसैनिक दस्ता परिचालन र हतियार सहितका तालिम गरीरहेका समाचारहरु प्रकासित भईरहदा आज सरकारले शान्ति सुरक्षा कायम गर्न यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदको अनौपचारीक बैठकमा नेपाली सेनाबाहेक सुरक्षा निकायका तीन वटा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।बैठकमा सुरक्षाप्रमुखहरुले माओवादीका पछिल्ला कि्याकलापले शान्ति सुरक्षामा गम्भीर असर पारेको जानकारी गराएका थिए ।

2 comments:

  1. Royal Nepalese Army has already been defeated. There is no meaning of remaining in high alert !!!
    Khem

    ReplyDelete
  2. It was Royal Nepalese Army. It's Nepal Army now and it's undefeatable..................

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक