20100420

माओवादीले धर्म निरप्रेक्ष्यताको बिरोध र हिन्दू धर्म को वकालत गर्नेहरुलाइ अपहरण गर्ने धम्की दिए

Breaking News....
"हिन्दू धर्मको पक्षमा नेपाल मा ठुलो आवाज उठेका बेला प्रचन्डले माओवादी ले धर्म निरप्रेक्ष्यताको बिरोध र हिन्दू धर्म को वकालत गर्नेहरुलाइ अपहरण गर्ने धम्की दिएकाछन, त्यो पनि खुल्लम खुल्ला काठमाडौंकै खुलामन्च बाट ।  ।"................................
प्रचन्ड ले राउटे हरुको माझ अन्तिम बिद्रोह को तयारीमा भाग लिनका लागि अनुरोद गर्दै । Photo/Photo's Title Source: Amrit Pandit/Face Book
        माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीको धर्मनिरपेक्षताको एजेन्डाविरुद्ध बोल्नेलाई अपहरण गर्ने चेतावनी दिएका छन् । सरकारका मन्त्री र कांग्रेस नेताहरू धर्मनिरपेक्षताका विरोध......
गर्दै हिँड्ने लोकतन्त्रका विरोधी भएको बताउँदै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विरोध गर्नेलाई अपहरण गर्ने चेतावनी दिए । नयाँ संविधानमा ख्रिस्टियन सुझाव समितिले मंगलबार खुलामञ्चमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो चेतावनी दिएका हुन् ।  योसँगै प्रचण्डले माओवादधार्मिक स्वतन्त्रताको पक्षमा रहेको पनि बताउन छुटाएनन् । सबैलाई आ-आफ्नो धर्म र संस्कृतिमा बाँच्ने अधिकार भएको भन्दै प्रचण्डले आफू र आफ्नो पार्टर्ीीर्मनिरपेक्षताको पक्षमा रहेको दाबी गरे ।
मओवादीले जंगलदेखि उठाउँदै आएको मुद्दालाई देशका परम्परावादी, दलाल र सामान्तले पाखा लगाउन खोजेको भन्दै माओवादीका एजेन्डा धरापमा पर्ने चिन्ता व्यक्त गरे ।
हिन्दू, बौद्ध, मुस्लिम र क्रिस्चियनहरूलाई समान व्यवहार हुनुपर्ने भन्दै सबैलाई आफ्नो धर्म मान्ने अधिकार भएजस्तै धर्ममा निरंकुशता लाद्न नहुनेसमेत बताए ।
माओवादीलाई भित्रैदेखि पुरातनवादी, सामन्तीहरूले सरापिरहेको भन्दै प्रचण्डले 'झँिगाले समातेर डिँगा मर्दैन' भन्ने लोकोक्तिबाट प्रस्ट पारे ।
माओवादी पार्टर्ीीेशका मालिक भएको भन्दै माओवादीलाई जंगल पठाएर हतियारमा कमिसन खाने दाउ देख्नेहरूलाई सपना नदेख्न अनुरोध गर्दै आफूहरू काठमाडौं नछाड्नेसमेत जिकिर गरे । आन्दोलन सडकबाट हुने भन्दै अब केही दिनपछि पार्टर्ीी गर्ने आन्दोलनमा लाखौं जनता सडकमा उत्रिने चेतावनी दिए ।
नयाँ संविधान जारी गर्न तोकिएको मिति १४ जेठभन्दा अघि राजनीतिक दलले गल्ती सच्याएर अघि बढे संविधान बन्ने, नत्र असम्भव भएको समेत बताए ।
माधव नेपालले नेतृत्व गरेको सरकार रहुन्जेलसम्म २०६८, १४ जेठसम्म पनि संविधान नबन्ने भन्दै 'राष्ट्रिय सहमतिको सरकार' हुनुपर्नेमा जोड दिए ।
संविधानसभाको निर्वाचन सम्पन्न भएको ४ महिनापछि आफ्नो नेतृत्वमा गठन भएको सरकारलाई अपवित्र गठबन्धनले अपदस्त गरेको गुनासो गर्दै पुराना मानसिकता राख्नेहरूसँग माओवादीको लडाइँ जारी रहने, त्यसका लागि क्रिस्चियन समुदायलाई सहयोग गर्नसमेत अनुरोध गरे । 
माओवादी मात्र धर्मनिरपेक्षताको पक्षमा रहेको भन्दै ख्रिष्टियनहरूको कार्यक्रममा कांग्रेस र एमाले नेता सहभागी नभएर उनीहरू निरपेक्षको विपक्षमा उभिएको समेत बताए ।
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालालाई आयोजकले निमन्त्रणा गरेका थिए । तर, कार्यक्रम आयोजक सीबी गहतराजले दुवै दलका नेताहरूले आफूहरू कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएको बताएका थिए ।
समितिले संविधानमा धर्मनिरपेक्षताको पक्षमा संवैधानिक आयोग गठन गर्नुपर्ने माग गरिएको छ । लोकतन्त्रमा धर्मनिरपेक्षताका विषयमा कुनै अडान परिवर्तन नगर्न सुझाव दिएको छ ।

1 comment:

  1. ye parchand timi ta purba raja ko jestha suputra haukikeho kina paras jasto redako machayuchau timro yojana tastay lagyo

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक