20100420

माओवादीले जेठ १४ कै लगत्तै देश मा सत्ता कब्जा गर्ने भन्दै देसै भरी युबा देखी बुढा बुढी सम्म लाई हात हतियार कब्जा र सन्चालन गर्ने तालिम दिन ब्यस्त, एमाले काङ्रेस हेरेको हेरै !!!

माओवादीले जेठ १४ कै लगत्तै देश मा सत्ता कब्जा गर्ने भन्दै देसै भरी युबा देखी बुढा बुढी सम्म लाई हात हतियार कब्जा र सन्चालन गर्ने तालिम दिन ब्यस्त हुँदा एमाले र काङ्रेस लगायत का अरु दल भने चुँ बोल्न सकेका छैनन । यसै बिच अन्यत्र जस्तै माओवादीले कैलालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरेर करिब ३ हजार जनालाई जनविद्रोहका लागि भनेर सुरक्षा तालिम दिइरहेको छ। तालिममा माओवादीका सबै भातृ सङ्गठनका कार्यकर्ता, विद्यार्थी, शिक्षक र सर्वसाधारण सहभागी छन्। कैलालीका १० स्थानमा शिविर खोलेर सोमबार बिहानदेखि सैन्य तालिम दिइराखिएको छ। तालिममा सहभागी प्रायजसो १६ देखि २५ वर्ष...उमेरका युवा छन्। तालिममा सहभागी सबैलाई शिविरमै खाने/बस्ने व्यवस्था पनि मिलाइएको छ। यो तालिम एक सातासम्म चल्ने बताइएको छ। 'सबै युवा वाइसियल, सबै वाइसियल मिलिटेन्ट। जहाँ रात, त्यहाँ बास, जहाँ बास, त्यहाँ गाँस' भन्ने मूल नाराका साथ ३ हजारलाई तालिम दिइराखिएको माओवादीका थारुवान राज्य समिति सदस्य सुन्दर रेग्मीले बताएका छन्।

तालिम सिद्धिएपछि जनतालाई प्रशिक्षित गर्न तालिम लिएका युवालाई देशव्यापी अभियानमा परिचालन गर्न सकिने उनले बताए। माओवादीले सशस्त्र द्वन्द्वका बेला पनि एक ठाउँवाट अर्को ठाउँमा सर्वसाधारणलाई अभियानका रुपमा लगेका थिए।

माओवादीले कैलालीको सहजपुर, मसुरिया, खैलाड, नगरपालिका क्षेत्रको एक जङ्गललगायतका ठाउँमा शिविर खोलेर तालिम दिइराखेको छ। अधिकांश ठाउँमा पाल राखेर तालिम दिइराखिएको छ। तालिम प्रशिक्षित वाइसियल कार्यकर्ताले दिइरहेका छन्। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म तालिम दिइने गरेको छ। त्यस क्रमममा सैन्य र सैद्धान्तिक प्रशिक्षण दिइने गरिएको बताइएको छ।

माओवादीले संविधान नबन्ने निश्चित भएपछि जनविद्रोहबाट नै सत्ता प्राप्त गर्ने तयारीस्वरुप यो प्रशिक्षण सुरु गरेको बुझिएको छ। एकिकृत माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले संविधान नबन्ने र शान्ति स्थापना नहुने निश्चित भएकाले जेठ १४ गतेपछिको सडक आन्दोलनको नेतृत्व माओवादीले गर्नुपर्छ भनेर पार्टीले सुरक्षा तालिम दिइरहेको बताएका छन्।

जनआन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा जनतालाई कसरी सुरक्षा दिने भनेर लाठी चलाउनेलगायतको तालिम दिइरहेको उनले बताए। सडकबाटै संविधान घोषणा गर्ने र सरकार बनाउने गरी जेठ १४ गतेपछि जनआन्दोलन हुने र त्यसको नेतृत्व माओवादीले गर्ने पनि इन्चार्ज हरिले स्पष्ट पारे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक