20100412

सान फ्रान्सिस्कोमा ख्याति प्राप्त कलाकारहरुको रमाईलो साँझ सम्पन्न

भुटनीज अमेरिकन कम्युनिटी सेन्टर र मदरल्याण्ड नेपालको संयुक्त आयोजनामा यहि सनिवार अपि्रल १०, २०१० को साँझ सन सान फ्रान्सिस्कोको हिल्टन होटलमा “रमाईलो साँझ” नेपालका ख्याति प्राप्त कलाकारहरुको उपश्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त जिरे खोरशानीका चर्चित हास्य...
कलाकार शिव हरी पौडेल ,वरिष्ठ गायक राम कृष्ण ढकाल, वरिष्ठ नायिका गौरी मल्ल, कलाकार तथा निर्देशक कृष्ण मुरारी ढुंगेल , नेपाल की चर्चित नृत्यांगना लक्ष्मी श्रेष्ठ, मेरी वास्सईकी चिरपरिचित कलाकार नीरु खडका लगायतका कलाकारहरुको उपश्थिति रहेको थियो कार्यक्रममा प्रश्तुत गरिएका नृत्यहरुका निर्देशन नेपालका बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ गर्नु भएको हो । प्राप्त जानकारी अनुशार यो रमाईला साँझ कार्यक्रमलाई वे एरियामा ल्याउन हेमन्त श्रेष्ठको विशेष सहयोग रहको छ । वहाँहरुको सोहि कार्यक्रम यहि १२ तारिकमा लस एन्जलसमा हुने भएको छ भने त्यसपछि ओहायो र अन्य सहरहरुमा समेत हुने जानकारी गायक ढकालसितको कुराकानीमा थाहा भएको छ । कार्यक्रमलाई विच विचमा स्थानिय भुटनीज समाजका बल्लभ पौडेलले उदघोषणा गरेका थिए ।
कार्यक्रम विविध प्राविधिक कारणहरुले गर्दा निर्धारित समय भन्दा निकै ढिलो सन्चालन भएको थियो भने हलमा साउण्ड सिस्टमको राम्रो प्रवन्ध नभएको कारणले गर्दा कार्यक्रम संचालन गर्न निक्कै गाह्रो भएको थियो जस्को बारेमा आयोजक समितिहरुसित बुझदा हल लगायत साउण्ड सिस्टमको व्यवस्था होटललेनै व्यवस्थागर्ने भनिएतापनि कार्यक्रमलाई उपयुक्त हुन नसक्ने साउण्ड क्वालिटीका कारणले कार्यक्रम ढिलो हुन गएकोमा आयोजक समिति हरेक प्रयासमा जुटेका थिए भने उपश्थित केहि दर्शकहरु नेपाली कार्यक्रम कहिलेपनि समयमा सन्चालन गर्न नसकेकोमा गुनासो तथा रोष प्रकट गरिरहेका थिए । तर स्थितिको अवलोक गरिरहेका मध्ये पृथ्वी राज उप्रेतिले आफनो साउण्ड सिस्टम ल्याएर कार्यक्रमलाई सफल बनाउन ठुलो योगदान पुर्याएका थिए भने हास्य कलाकार शिव हरी पौडेलज्युले बडौ कौशलताका साथ हलमा उपश्थित दर्शकहरुको ध्यान आर्कषण गर्दै आफना केहि रोचक हास्य प्रहसन तथा हास्य व्यंगात्मक कविताहरु समेत प्रश्तुत गर्नु भएको थियो । साथै वरिष्ठ गायक ढकाल स्वंय साउण्ड सिस्टम चेक गर्न सहयोग गरिरहनु भएको थियो । स्वरका धनि ढकाल र दर्शकलाई हसाउन सक्षम पौडेल वास्तवमै मनकापनि धनि सावित हुनु भएको थिया जस्को उदाहरण वहाँहरुले यस कार्यक्रमलाई सफल बनाउन दिनु भएको विशेष योगदान र सहयोगको धेरैले प्रसन्सा गर्दै भनेका थिए वास्तवमा कलाकार भनेको यस्तो हुनुपर्छ भनेर एउटा कलाकारले आफनो कलाकारिता प्रतिको लगनशिलता र धर्म निर्वाह गरेर सबैको मन जित्नु भएको थियो ।
तर जेहोस कार्यक्रम संचालन भएपछि दर्शकहरुले भरपुर आनन्द लिएका थिए जस्मा गौरी मल्ल नीरु खडको उत्कृष्ठ नृत्यले सबैलाई आर्कषित गरेको थियो भने बरिष्ठ गायक राम कृष्ण ढकालका सदाबहार गीतहरुले सबैलाई मन्त्र मुग्ध बनाउन सफल भएको थियो । साथै वहाँका नयाँ गीतहरुले दर्शकलाई स्टेजमै आएर नाच्ने बनाएको थियो । त्यस्तै शिव हरी पौडेल र वहाँका टिमले प्रश्तुत गरेको प्रहसनले सबैलाई हसाउदा हसाउदै देशको वास्तविक समस्याहरु र परिश्थितिहरुलाई अवगत गराउन सफल भएको थियो जस्को प्रमाण हलमा उष्पश्थित दर्शकहरुको तालीको गडगडाहटले दिईरहेको थियो ।
हास्य कलाकार पोडेलले दर्शकलाई आफनो प्रहसनको भिडियो अनलाईनमा न राखिदिन विशेष अनुरोध गर्दै सबैलाई जानकारी गराउनु भएको थियोकि हास्य कलाकारीता एक पल्ट सार्वजनिक भईसकेपछि फेरि फेरि हेर्न रमाईलो नहुने भएकोले सबैलाई कार्यक्रममै आएर हेरिदिन आग्रह गर्नु भएको थियो गीत तथा नृत्यहरु जति चोटि हेर्दापनि रमाईलो हुने तर हास्य व्यंग्य भने घरिघरि हेर्दा दर्शकलाई हसाउन गाह्रो हुने जानकारी गराउदै सबैलाई कार्यक्रममा प्रत्यक्ष हर्न आउन समेत आग्रह गर्नु भयो । त्यसै गरि गायक ढकाललेपनि आफु अमेरिका दोस्रो पल्ट पाएको जानकारी गराउदै सबैलाई हामी कलाकारहरुलाई हौसला र माया गर्नुहुन्छ भने हामीले ल्याएका क्यासेटहरु किनेर सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । साथै अहिले सजिलै अनलाईन मार्फत गीतहरु डाउनलोड गरेर सुन्न सक्ने भएकाले श्रोताहरु धेरै बडेतापनि यस्को विक्री वितरणमा भने कमी आएको जानकारी गराउदै कलाकारहरुलाई सहयोग गरिदिनसमेत आग्रह गर्नु भएको थियो । कार्यक्रमको अन्तमा सबै अतिथीकलाकारहरुलाई दुवै आयोजक संस्थाका अध्यक्षहरु वि वि थापा र अनिल पाण्डेले प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।

Shiva, Ram, and Krishna Talk from Pratik Thapa on Vimeo.

नयाँ वर्ष २०६७  को शुभ-कामना सहित पूजा इन्टरटेनमेन्ट सगौरव प्रस्तुत गर्दछ,
 "रमाईलो-साँझ"

 तपाईहरुलाई मन पर्ने कलाकारहरुको माझ

आउनुहोस् नाचौं, गाऔं र सँगै बसेर हाँसौं
तपाईंहरुको साथमा हुनुहुनेछ
कलाकारहरु : वसन्त श्रेष्ठ ( वरिष्ठ नृत्य निर्देशक) गौरी मल्ल,लक्ष्मी श्रेष्ठ,रामकृष्ण ढकाल,निरु खड्का |
     अनि प्रहसनको बेजोड प्रस्तुतीमा हुनुहुनेछ शिवहरि पौडेल (चिरिप्प पारेर) का साथ कृष्णमुरारि ढुंगेल र लक्ष्मी श्रेष्ठ तपाईं हाम्रै प्रिय डिजेडीको साथ  कहाँ हुँदैछ ?
सेन्ट जोसेफ पेरिस सेन्टर (चर्च)
8420 Beliar Road, Baltimore, MD, 21236
कहिले : मे ९ तारिख आइतवार २०१०
समय : साँझ ६:०० बजे

टिकट दर : २० डलर मात्र (समयमै टिकट लिई आफ्नो स्थान सुरक्षित बनाउनु होस् )

सम्पर्क :
पूजा चन्द : 443-703-8954
मोहन थापा : 410-689-5272

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक