20100412

एमालेसम्बद्ध युथफोर्स र माओवादीसम्बद्ध वाईसीएल कार्यकर्ताबीच जिल्ला सदरमुकाम मुसिकोटमा झडप, सात घाइते

-लक्ष्मण केसी/ रुकुम, ३० चैत/ एमालेसम्बद्ध युथफोर्स र माओवादीसम्बद्ध वाईसीएल कार्यकर्ताबीच जिल्ला सदरमुकाम मुसिकोटमा झडप भएको छ । एमाले कार्यकर्ताले मंगलबार हुने पार्टर्ीीे छैटौं जिल्ला अधिवेशनका लागि त्रिभुवन जनता उच्च माविको प्रांगणमा मञ्च बनाइरहेका बेला अखिल क्रान्तिकारीआवद्ध विद्यार्थीहरूले मञ्च भत्काएपछि झडप सुरु भएको हो । झडपमा युथफोर्स कार्यकर्ताको कुटाइबाट अखिल क्रान्तिकारीका जिल्ला सचिव दिनेश गुरुङसहित ६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये...
लक्ष्मण विकको अवस्था गम्भीर रहेको वाईसीएल सूत्रले बताएको छ । घाइतेहरूको सदरमुकाम खलंगाका मेडिकलहरूमा उपचार भइरहेको छ । विद्यालयमा कार्यक्रम गर्नुहुन्न भन्दै क्रान्तिकारीका बिद्यार्थीहरूले एमालेको कार्यक्रमका लागि गाडेका वासका पोल उखेलेर फालिदिएपछि झडपको स्थिति आएको हो । दुवै पक्षबीच करिब आधा घन्टासम्म झगडा भएपछि शान्त रहेको बजार फेरि साँझ तनावग्रस्त बनेको थियो । सुरुमा प्रहरीले बल प्रयोग गरेर झडपलाई नियन्त्रणमा लिए पनि एक घन्टापछि फेरि स्थिति तनाव उन्मुख भएको थियो । एमाले जिल्ला अधिवेशन संयोजक नन्दलाल शर्माले कार्यक्रम बिथोल्न वाईसीएलले मञ्चमा आक्रमण गरेको आरोप लगाएका छन् । उता, युथफोर्सले भने आफ्ना कुनै कार्यकर्ता घाइते नभएको बताए पनि साँझ अबेर भएको झडपमा एमाले नेता नन्दलाल शर्मा घाइते भएका थिए । उनको स्थिति गम्भीर रहेको र पछिल्लो झडपमा अन्य केही कार्यकर्ता सामान्य घाइते भएको एमाले रुकुमले जनाएको छ ।
त्यसअघि एमाले अध्यक्ष झलनाथ खनालले नेपालमा लोकतन्त्र स्थापना भए पनि राजनीतिक दलहरूमा ठोकतन्त्रको चिन्तन र व्यवहार रहेको बताएका थिए । एमाले रुकुमको मंगलबार हुने छैटांै जिल्ला अधिवेशन उद्घाटनका लागि रुकुम पुगेका खनालले ठोकतन्त्रको दम्भ एकीकृत माओवादीमा बढिरहेको आरोप लगाए । एमाले रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले सबै शर्ीष्ापार्टर्ीीच राष्ट्रिय सहमति भएमा तोकिएकै समयमा संविधान बन्ने ठोकुवासमेत गरेका थिए ।
वाईसीलका ब्यारेक भंग गर्ने, कब्जा गरिएका घरजग्गा फिर्ता गर्नेलगायतका कुरामा सहमत भए मात्र राष्ट्रिय सरकारको कल्पना गर्न सकिने बताए । सम्मेलनमा खनाल बोलिरहेका बेला एमाले अधिवेशनस्थलमा युथफोर्स र अखिल क्रान्तिकारीबीच भिडन्त सुरु भएको थियो । घटनाको सूचना पाएपछि खनालले अराजक व्यवहारको भर्त्सना गर्दै केन्द्रीय नेतृत्वले यस्ता गतिविधि गर्नेलाई तत्काल कारबाही नगरे माओवादीसँग अब कुनै सहमति नगर्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक