20100422

नेपाली जनताले कस्को के कुरा सुन्ने हेर्नुस् त !

माओवादीले सैन्य तालिम नरोके मुलुक गृहयुद्धमा जाने : उपप्रधानमन्त्री
जनता सडकमा आएर जनगणतन्त्र स्थापना गर्ने : बाबुराम भट्टराई
सम्झौता खारेज नगरेसम्म मुलुकमा स्थायी शान्ति नहुने : कमल थापा

माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ गतेभित्र संविधान नबने लार्खौ जनता सडकमा आएर जनगणतन्त्र स्थापना गर्ने दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादीको लक्ष्य पनि जनताको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु भएको बताए । माओवादीले मुलुकभर सैन्य तालिम सुरु गरेको भनेर आम जनतामा त्रास उत्पन्न भइरहेको र कांग्रेस, एमालेलगायतका दलहरुले माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगइरहेको बेला उनको यो भनाइले झन...
सशंकित पारेको छ ।

उपप्रधान एवं निर्माण तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले एकीकृत माओवादीले देशव्यापी सैन्य तालिम नरोके मुलुक गृहयुद्धमा जाने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यसँग भेट गर्दै गच्छदारले सरकार माओवादीको हिंसात्मक तयारी टुलुटुलु हेरेर बस्न नसक्ने बताए। १४ जेठमा संविधान नबने मुलुकमा तीव्र राजनीतिक धु्रवीकरण हुने र बृहत् प्रजातान्त्रिक मोर्चा बन्ने दाबी गर्दै माओवादीले १२ बु147दे समझदारीदेखि बृहत् शान्ति सम्झौतासम्म एकतर्फी रुपमा उल्लंघन गरेको आरोप लगाएका छन्। उनले अहिलेसम्म माओवादीले आफूलाई एक्लाउन लागेको बताएको तर मुलुकमा हुने राजनीतिक ध्रुवीकरण भए माओवादी सिद्धिने चेतावनी दिएका छन्। गच्छदारले १२ दलको समर्थनमा बनेको बहुमतको सरकार कुनै पनि हालतमा नगिर्ने बताए। 'यो जनताको सरकारको हो, जनताको जिउधनको सुरक्षा कायम गर्न र लोकतन्त्रको रक्षा गर्न पछि हट्ने छैन,' उनले भने– उनीहरुले हिंसा नछाड्ने हो भने सरकारले सम्पूर्ण सुरक्षा निकाय परिचालन गरेर प्रतिवाद गर्छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिल्लीमा एकीकृत माओवादी र अन्य राजनीतिक दलबीच भएको शान्ति सम्झौता खारेज गर्न माग गरेका छन्। शान्ति सम्झौता खारेज नगरेसम्म मुलुकमा कुनै पनि हालतमा स्थायी शान्ति नहुने उनले ठोकुवा गरे। केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले माओवादीका लडाकुलाई व्यवस्थापन नगरी संविधान सभाको चुनावमा जानु गलत निर्णय भएको उल्लेख गर्दै अव माओवादीलाई सैन्य मानसिकताबाट अन्त्य गराई निर्वाचनमा जान जरुरी रहेको बताए। संविधान सभाको निर्वाचनमा सेना देखाएर माओवादी ठुलो दल भएको थापाले आरोप लगाए। जनमत संग्रहको निर्वाचन नगरी संविधान बनाउदा मुलुकमा समस्या समाधान नहुने उनको भनाई छ। जेठ १४ पछि मुलुक उग्रवामपन्थीको हातमा अथवा प्रजातन्त्रको नाममा नयाँ अधिनायकवादको कब्जामा पर्न सक्ने सम्भावना दोह्र्याउँदै थापाले राजतन्त्र भने जनताले चाहे भने मात्र आउन सक्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक