20100423

बिचरा वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडे, यस्तै हाल हुने हो कि !

जेठ १४ गतेपछि माओवादीमा जान्छु भनेर खुलेआम घोषणा गरिसकेका नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडेका छन्। माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा ३० देखि ३५ जना एमालेका सभासद्हरुलाई संसद्मा 'फ्लोर क्रस' गराएर सरकार ढाल्ने आश्वासन दिएका...
गौतमको पक्षमा अन्त्यमा तीनजना सभासद्मात्र देखिएपछि माओवादीले 'वामदेवका गफ'मा कहिल्यै नभुलिने ठहर गरेको छ। वैशाख तीनगते शुक्रबार माओवादी पोलिटब्युरो बैठकमा पनि वामदेवको गँजडी गफका बारेमा चर्चा भएको र उनी भरोसा गर्नयोग्य नेता नभएको टिप्पणी वरिष्ठ नेताहरुले गरेका थिए। भित्र पोलिटब्युरो बैठक चलिरहेको बेला पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयबाहिर पनि माओवादी कार्यकर्ताहरु 'वामदेव त हावा रहेछन्' भन्दै थिए। माओवादी नेतृत्वले एकाएक वामदेवको भित्री योजना सार्वजनिक गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ।

'वामदेवले ३० देखि ३५ जना सभासद्को ठेक्का लिन्छु भनेपछि एकाएक अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा पार्टी पुगेको थियो। त्यसअनुसार हस्ताक्षर अभियान पनि एमालेमा चलेको हो। तर, एमाले संसदीय दलको बैठक लम्बिँदै जाँदा वामदेवको पक्षमा उभिने कोही नदेखिएपछि उनको भर नपर्ने निष्कर्षमा पुगिएको हो', माओवादीका एक पोलिटब्युरो सदस्यले साँघुसँग भने। स्रोतका अनुसार, वामदेवले किरण गुरुङ, युवराज कार्की, राधा ज्ञवाली, यमलाल कँडेल, रवीन्द्र अधिकारी, डीबी कार्की, सावित्रा भुषाल, रामचन्द्र झा, शत्रुघन महतो, रिजवान अन्सारीलगायत सभासद्हरुको नामै किटेर माधव नेपाललाई ढाल्नका लागि उनीहरु प्रयोग हुने बताएका थिए। यतिसम्म कि पछिल्लो समयमा ओली पक्षमा लागे पनि आफूसँगको व्यक्तिगत सम्बन्धका कारण रघुवीर महासेठले पनि साथ दिने बताएका थिए। तर, अन्तिममा वामदेवको पक्षमा किरण गुरुङ, सावित्रा भुषाल र डीबी कार्की पनि दह्रोसँग उभिने अवस्था देखिएन। यमलाल र रवीन्द्रलगायतका सभासद्हरुले माधव नेपालको राजीनामा मागे पनि वामदेवको कदममा साथ दिने कुनै अवस्था रहेन। राजनीतिक भविष्यलाई नै दाउमा राखेर वामदेवको सती जान अब कम्तीमा एमालेका सचेत कार्यकर्ताहरु तयार छैनन्।

'जति लडाइँ लडे पनि पार्टीभित्र लड्ने हो, वामदेवसँगै माओवादीमा बिसर्जन भइँदैन', माधव नेपालविरुद्ध हस्ताक्षर गर्नेमध्येका एक सभासद्ले भने। त्यसो त एमालेभित्र राष्ट्रिय सरकार गठनको आवाज उठाउनेहरुलाई कमजोर पार्ने काम पनि अन्ततः वामदेवले नै गरेको आरोप हस्ताक्षरकर्ता सभासद्हरुले लगाउन थालेका छन्। हस्ताक्षर अभियानको विरुद्ध पार्टीभित्रबाट तीव्र विरोध भइरहेको र ओली पक्षले कारबाहीको धम्की दिइरहेका बेला वामदेव गौतमले जेठ १४ गतेपछि एमालेमा क्रान्तिकारीहरुले विद्रोह गर्ने र त्यसको नेतृत्वले आफूले गर्ने बताएर माओवादीमा प्रवेश गर्ने संकेत दिएपछि सभासद्हरुको 'इमानदार' प्रयत्नमा समेत नराम्रो दाग लागेको ती सभासद्ले बताए। वामदेवले खुलेआम माओवादीमा जाने बताउनु र हस्ताक्षरकर्ताहरुमाथि आफ्नै नेतृत्वको सरकार ढालेर माओवादीलाई सरकार सुम्पिन खोजेको आरोप लागेपछि संस्थापन पक्षकै सभासद्हरु पनि माधव नेपालको बचाउमा उत्रिने अवस्था आएको स्रोतले जनाएको छ। त्यसो त संस्थापन पक्षका केन्द्रीय सदस्य एवम् बझाङबाट निर्वाचित सभासद् भानुभक्त जोशीले आफूहरु यही सरकारलाई सुधार गरेर अघि लैजाने पक्षमा उभिएको साँघुलाई बताए।

'आफ्नै नेतृत्वमा सरकार चलाउने मौकाको सदुपयोग नगर्ने हो भने एमालेलाई किन जनताले भोट दिने? राजनीति नै नगरे भइगो नि। यो सरकारका कमजोरी छन्, मन्त्रीहरुले जनता र कार्यकर्ताको काम गरेका छैनन् तर यसको विकल्प माओवादीलाई सरकार सुम्पिने भन्ने हुन सक्दैन। त्यसैले मैले यो सरकारको निरन्तरताको पक्षमा आफूलाई उभ्याएको हुँ। अरु साथीहरु पनि यही लाइनमा उभिनुभयो', जोशीले भने। वामदेवमाथि कारबाहीको दबाब भने संसदीय दल, पार्टी नेतृत्व र कार्यकर्ता तह सबैतिरबाट बढेको एमाले स्रोतले जनाएको छ। वैशाख ४ गतेको स्थायी समिति बैठकमा संस्थापन पक्षकै नेताहरुले वामदेवमाथि कारबाहीको माग गरे पनि अध्यक्ष झलनाथ खनालले त्यसबारेमा अलग्गै एजेन्डा बनाएर छलफल गर्ने बताएपछि बैठक टुंगिएको थियो।
अमेरिकामा  रहेका  नेपाली  संगठन र  समूहले  नियमित रुपमा  सार्वजनिक कार्यक्रमको आयोजना गरेका  समाचार प्रकाशमा आइरहन्छन् ।  गैरआवासीय  नेपाली एनआरएन को कुरा मात्र होइन  न  त  सन्दर्भ  अमेरिकामा  रहेका नेपालीहरुको  संगठन एएनए को मात्र हो साना-ठूला प्रभावमा रहेका सबै नेपाली संस्थाहरुको एउटै समस्या रहेको छ- कार्यक्रमको असफलता । आयोजकले लामो समय लगाएर मेहनत गर्छ, योजना बनाउँछ अतिथि डाक्छ र सहभागी जुटाउँछ तर कार्यक्रमले सफलता हासिल गर्दैन । कम्तीमा १० कार्यक्रमको आयोजना भयो भने नौ वटाले असफलताको चड्कन सहनैपर्छ । आखिर किन अमेरिका मात्र होइन विश्वका विभिन्न मुलुकहरु जहाँ नेपाली नागरिक पुगेका छन् र केही सय उनीहरुको संख्या पुगेको छ त्यहाँ नेपालीले एउटै चरित्र देखाएको छ । राजनीतिक आस्था क्षेत्र र जातिका आधारमा विभिन्न संगठनको स्थापना । अर्को शव्दमा भन्नुपर्दा खण्डीकरण । नेपालमा जति संस्था र संगठन  रहेका छन् त्यति नै परिमाणमा विदेशमा टुक्राहरु छरिएका देखिन्छन् । कतार कुबेत मलेसिया अष्ट्रेलिया क्यानडा अमेरिका जहाँ जाऊ रोग एउटै छ- कसैलाई संगठनको अध्यक्ष हुनुपर् यो रातारात संगठन तयार भैहाल्छ । संगठनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेको त्यसको भिजन मिसन लक्ष्य र उद्देश्यसहितको संरचना पनि तयार पारिदैन । विदेशमा रहेका नेपालीलाई संगठित बनाउने भन्ने उद्देश्यको उद्घोषका साथ खुलेका संगठनहरु खास राजनीतिक पार्टीप्रति विश्वास  गर्ने  र  जन्मसँगै लिएर  आएको  जातित्व र  क्षेत्रअनुसार  फरक-फरक किन हुनुपर् यो नेपाली  समुदायभित्र  जति बढी  संगठन  खुले उति  यो  समुदाय संगठित  भएको  मानिने  स्थिति  छैन  ।  किनभने  नेपालमै  संगठनको  संख्या हजारौं  छन्  राजनीतिक आस्थाका  आधारमा  खुलेका  संस्था मात्र  पाँच  सयभन्दा बढी  हुनुपर्छ  । तर  नेपाली  समाजको विकासमा  दल  र संगठनहरुले  योगदान  दिन  सकेका छैनन्  ।  सरकारमा पुगेका  वा  विधायिका संसद्मा  प्रतिनिधित्व  गर्ने  दलहरुको  परिमाण मात्र  ५०  पुग्छ । त्यहाँ नपुगेका राजनीतिक  आस्थाका आधारमा  खुलेका  आपराधिक  प्रकृतिका संगठनको  समेत  गणना गर्ने  हो  भने यो  कुनै  अढाई करोड  नेपालीको  मुलुक हो  भन्ने  लाग्दैन ।  यद्यपि  लोकतान्त्रिक अभ्यास  र  मुलुकको विकासका  पक्षमा  तिनीहरुको  के योगदान  रह्यो  भनेर  हेर्ने हो  भने  पूर्ण निराशा  मात्र  हात  लाग्छ ।
अमेरिकमा  वर्षौंअघिदेखि  केबल  दुई राजनीतिक  पार्टी  सत्तामा  छन्- रिपब्लिकन  र  डेमोत्रुयाट्स ।  युरोपका  अधिकांश मुलुकको  पनि  अवस्था यस्तै  छ  भने विश्वका अन्य  विकसित  मुलुकको स्थिति  पनि  खास फरक  छैन  । तर  हामीलाई  भने समाज र समुदायको  विकासभन्दा  बढी संगठनको  विकासमा  जोड  दिनु परेको  छ  । परिणामतः विदेशमा  पनि  हामी खस  जनजाति  दलित मात्र  होइन  करिब ९०  भाषा  र १००  जातिमा  विभाजित हुने  तयारीमा  लागेका छौं  ।  आत्म पहिचानका  लागि  जाति र  भाषाका  आधारमा संगठन  खोलेर  आफ्नो पहिचान  बनाउनु  त  स्वाभाविकै हो  पाण्डे समाज गठन भएर  पाण्डेको  वंशावली निकाल्छ  र  साँस्कृतिक परिचयका  बारेमा अनुसन्धान गर्दछ भने स्वागत नै  गर्नुपर्छ  तर यहाँ  त  ए  समाज  गठन भयो  भने त्यसको अघोषित उद्देश्य  अर्को  कुनै  बि समाजको  विरोध  गर्नु  वा कम्तीमा  बि समाजका अध्यक्ष तथा पदाधिकारीको  तुजुक  झार्नु  रहेको देखिन्छ  ।  परिणामतः ए समाजले कार्यक्रम आयोजना  गर् यो भने बिले  र  बिले आयोजना  गर् यो भने  एले बिरोध गरिरहेको हुन्छ  ।  परिणामतः दुबै  असफल  हुन्छन् ।
आखिरमा  यो असफलता नेपालीको हुन्छ । आखिरमा एले  हारोस्  वा बि  असफल  होस् पराजित  हुने  त नेपाली नै हो यसलाई हामी  ध्यान  दिन सक्तैनौं  ।  सकिरहेका छैनौं  । यस  लेखक संलग्न  रहेको  संस्था  मदरल्याण्ड नेपालले  मदनकृष्ण  श्रेष्ठ  हरिवंश आचार्यदेखि मजोज गजुरेलसम्मका  हास्य-व्यंग्य  क्षेत्रका कलाकार  ल्याएर कार्यक्रम गर् यो नवीन  भट्टराईजस्ता  लोकपि्रय गायकलाई  झिकाएर  कन्सर्ट चलायो । तर  सफल  भएन । रामकृष्ण ढकाल शिवहरि पौडेललगायतका  कलाकार बोलाएर  कार्यक्रम  गरे तर असफल  भएको प्रष्ट जानकारी यसले  पायो  । यी  त  केही नाम  मात्र  हुन् जसले  कार्यक्रम प्रस्तुत गर्दा टिकटका  लागि   मानिसले भीडमभीड  गर्नुपर्ने  हो  तर हलहरु  खाली भए । किन  किनभने  एलाई असफल  गराउन  बि र  बिलाई  थाङ्नामा सुताउन  ए  हात धोएर  लागिपरे  । अर्को  एउटा  रमाइलो सन्दर्भ  के  छ भने  हामी  नेपालीले आयोजना  गरेका  कुनै  कार्यक्रम समयमा  सुरु  भएनन् ।  तीन  घण्टासम्म ढिला  गरेर  कार्यक्रम चलाउन  आयोजकहरु  वाध्य भएको  उदाहरण  छ ।  यसरी  ढिला गर्नुको  कारण  अरु कोही  नभएर  सहभागीहरु नै  हुन्  । हामी  नेपाली  दर्शकहरु नै  हौं  । समयमा  आफै  नआउँने अनि  समयमा  सुरु नगरेर  दर्शकको  अपमान गरियो भनेर आयोजकलाई गाली गर्ने पनि हामी नै हौं ।  भनेकै  समयमा कार्यक्रम  सुरु  गरेको भए  कलाकारले  कार्यक्रम देखाउने र आयोजकले  हेर्ने  मात्र हुन्थ्यो  । सकभर लागतसम्म  उठिहाल्छ  कि  भने विचरो आयोजक  आँखा  टट्याउने गरी  नेपाली  दर्शकको प्रतीक्षा  गर्न  वाध्य भएको हुन्छ त्यो कसले बुझिदिने ।
हालै सान्फ्रान्सिस्कोमा  भारतीयहरुको  कार्यक्रम थियो  ।  त्यसले यति  बढी  दर्शक पायो  कि  खुट्टा राख्ने  ठाउँ  नभएको यस  लेखककै  छिमेकीले बताए  ।  तर राष्ट्रियता र  आफ्नो  समुदायको उत्थानका  लागि  एकजुट हुने   भावनामा छिमेकीको स्वभाव हामीमा सरेन !  छिमेकबाट खालि  विकृति  मात्र सर्छ  बा  !


Binaytara Foundation launches Telemedicine to improve Healthcare in Nepal
Chicago, IL. April 18, 2010 - Binaytara Foundation (BTF) launches telemedicine between physicians in USA and those in Manipal College of Medical Sciences, Pokhara, Nepal to help improve patient care and promote evidence based medicine in Nepal. Telemedicine involves the use of broadband technology that provides real-time high speed access for the transfer of medical imaging, video, data and voice. The technology also enables e-learning and training through video consultation. Expert physicians from USA have volunteered for this project.
Binaytara Foundation (BTF) is a US based Illinois non-profit organization exempt from taxation pursuant to Section 501(c)(3) of the Internal Revenue Code.  The mission of the foundation is to promote health and education. BTF plans to expand the telemedicine project to other hospitals in Nepal and other developing countries. This will allow patients from all socioeconomic strata in developing countries to benefit from the expertise in developed countries. It should be noted that BTF has been providing medical research grants to medical students and scholarships to underprivileged children every year.
Using wireless video consultation, medical students, interns, residents and other physicians at Manipal College of Medical Sciences will be able to discuss patients with challenging medical conditions with the experts in the field from USA. Physicians from USA also provide lectures to the medical students and physicians in Nepal. This will not only improve patient care but also provide Nepali physicians access to cutting edge medicine available only in developed countries and few centers in developing countries. Dr. Robert Molokie, assistant professor of hematology oncology at University of Illinois at Chicago and attending physician at Jesse Brown VA medical center, Chicago; and Dr. Umid Shrestha, Associate Professor of Medicine at Manipal College of Medical Sciences are coordinating the project in USA and Nepal respectively.
Access to quality healthcare remains a critical problem in developing countries like Nepal. Telemedicine provides a solution that has the potential to dramatically expand access to quality medical care even in smaller hospitals far from major cities. The telemedicine project may be a model for addressing healthcare delivery shortcomings in other developing countries where access to medical diagnosis, treatment and training is limited.
Contact: Dr. Binay Shah, Chairperson, Binaytara Foundation
binay.s@binayfoundation.org, Phone- 347-416-3325

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक