( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100430

माओवादीले सत्त्ता कब्जा गर्न खोज्दा अब के के होला नेपालमा ? एउटा गहिरो बिस्लेसण

-युवराज घिमिरे ghimire.yubaraj@gmail.com
"राजा ज्ञानेन्द्रले वैशाख ११, २०६३ मा दलहरूलाई सत्ता सुम्पेपछिको अवस्थामा एकातिर माओवादीको कुशल रणनीति तथा दबाबमूलक राजनीति र अर्कोतिर कांगे्रस र एमालेको सत्ताकेन्द्रित सोच तथा र्समर्पणबाट माओवादीले राजनीतिको भावी र तत्कालिक गन्तव्य एकतर्फी रूपमा 'डिक्टेट' गर्न सफल भएको हो ।"
माओवादी आन्दोलन सशस्त्र द्वन्द्वको दशकमा भन्दा उसले 'शान्ति प्रक्रिया र प्रजातन्त्र' प्रति प्रतिबद्धता जनाएका विगतका चार वर्षा बढी प्रभावकारी बनेको छ । किनकि उसले यी दुवै प्रक्रियालाई .. रणनीतिक रूपमा उपयोग गर्न सफल भएको छ । ठूला दलहरू, खासगरी एमाले र कांगे्रसले शान्ति प्रक्रिया सफल भएको कृत्रिम दावी गर्नुपर्ने हुनाले या नेपालीमा .....
 राजनीतिक दलहरूले आत्मसमीक्षा गर्ने संस्कृति नबनेकाले माओवादी सफल भएको तथ्यलाई उनीहरूले स्वीकार गरेनन् । वैशाख १८, २०६७ त्यसैको परिणति हो । माओवादीको अहिलेसम्मको सफलताको सबभन्दा ठूलो कारक सत्ताका दर्ुइ ठूला दलहरूको र्समर्पणको नीति हो । राजा ज्ञानेन्द्रले वैशाख ११, २०६३ मा दलहरूलाई सत्ता सुम्पेपछिको अवस्थामा एकातिर माओवादीको कुशल रणनीति तथा दबाबमूलक राजनीति र अर्कोतिर कांगे्रस र एमालेको सत्ताकेन्द्रित सोच तथा र्समर्पणबाट माओवादीले राजनीतिको भावी र तत्कालिक गन्तव्य एकतर्फी रूपमा 'डिक्टेट' गर्न सफल भएको हो ।
त्यसैले नै अहिले आएर माओवादीले आफूलाई अग्रगमन र परिवर्तनको शक्तिमात्र नभएर त्यसको प्रतीकका रूपमा स्थापित नभए पनि त्यस्तो दावी गर्न सफल भएको हो । तर्क र सिद्धान्तका आधारमा प्रजातान्त्रिक धारका दलहरूमा माओवादीलाई चुनौती दिने साहस र नीति नभएकाले पनि माओवादीले अहिले आफूले चाहेजस्तो संविधान र आफ्नो नेतृत्वमा सरकार खोजेको हो, आफ्नै र्सतमा । र, त्यसो नभएमा सत्ता कब्जा गर्ने अनि सडकबाटै संविधान घोषणा गर्ने परिस्थिति सहमतिको राजनीति अब उग्र प्रतिस्पर्धा र द्वन्द्वको राजनीतिमा परिणत हुने पर्ूवसंकेत पनि हो । के त्यसलाई रोक्न सम्भव छ -
नेपालको राजनीतिमा विगत चार वर्षै दृष्टान्तलाई केलाउँदा पनि अप्ठयारा मोडहरू धेरैपल्ट आएका छन् । विधि, नियम र परम्परालाई मिचेर अन्तिम समयमा त्यसको हल निकालिएको छ । र, अन्तिम समयमा समस्या सुल्भिmने गरेकाले नेताहरूले आखिर समस्यालाई निकास दिने छन् भन्ने झिनो आशा पनि कहिलेकाहि“ र्सवसाधारणमा पलाउने गरेको देखिन्छ । तर, अतीतका यस्ता सफलता सधैं दोहोरिँदैनन् । र, विगत चार वर्षा विधि र प्रक्रिया मिचेर राजनीतिक तहबाट भएका, गरिएका सबै समझदारीमा सबभन्दा बढी माओवादी विजयी भएको छ । सेनाले या तत्कालीन सेनापति रुक्मांगद कटवालले गरेको प्रतिरोध र त्यसलाई राजनीतिक तहबाट तथा राष्ट्रपतिको तहबाट अनुमोदन भएको अवस्थामा मात्र माओवादीको विजय जुलुसमा लगाम लागेको हो । त्यो प्रतिरोध नभएको भए कुलबहादुर खड्काको नेतृत्वको नेपाली सेनाले के गथ्र्यो र माओवादीको विजयरथ कुन शैलीबाट कहाँ पुग्थ्यो - अनुमान गर्ने कुरा मात्र हो, यो ।
माओवादीको निर्ण्ाायक आन्दोलन र सत्ता कब्जाको तयारी निश्चय पनि वैधानिक र राजनीतिक हिसाबले सफल हुँदैन, हुनु हुँदैन । तर, त्यसले पुनः मुलुकमा मनोवैज्ञानिक सन्त्राश फैलाउनेछ । आफ्नो राजनीतिक र आर्थिक महत्त्वाकांक्षा कुनै पनि हालतमा पूरा गराउनर्ुपर्छ भन्ने मान्यता बोक्नेहरू, नियम, कानुन र विधिको शासन तथा शैली नमान्ने तथा दण्डहीनताको संस्कृतिबाट फाइदा उठाउनेहरू माओवादीको छातामुनि आउने सम्भावना बढी छ, तात्कालिक लाभका लागि । प्रजातान्त्रिक पद्धतिमा समाहित भए पनि उद्धण्डता र दण्डहीनताको अस्त्र लिएकै कारण अहिले माओवादीको सैद्धान्तिक प्रतिबद्धतामा ह्रास आएको छ । र, त्यसको फाइदा अराजनीतिक, गैरराजनीतिक र केही आपराधिक तत्वहरूले पनि लिएका छन् । उग्रधार बोकेको राजनीतिक दलमा यस्तो घुसपैठ अस्वभाविक होइन । तर, भोलि उनीहरूको प्रभाव बढी देखिएमा त्यसले माओवादीको छविलाई अझ ध्वस्त पार्नेछ । भिडन्तको अवस्था उत्पन्न हुँदा त्यसले बाह्य हस्तक्षेप ननिम्त्याउला भन्न सकिन्न । त्यसले राष्ट्रिय खेलाडीहरूको राष्ट्र र प्रजातन्त्रको पक्षमा सहकार्य गर्ने क्षमता र प्रतिबद्धता नभएको पुष्टि गर्नेछ । राष्ट्रिय शक्ति र उनीहरूको भूमिका कमजोर तुल्याउनुमा बढी दोष माओवादीलाई नै जानेछ ।
०६३ देखि ०६७ सम्म माओवादीविरुद्धको परिस्थिति उसको अनुकूल परिस्थितिभन्दा धेरै विकराल बन्न पुगेको छ । त्यो अवस्थामा सबभन्दा ठूलो दलका रूपमा माओवादीको नेतृत्वमा सरकार बन्नर्ुपर्छ भन्ने मान्यता राख्नेहरूसमेत अब विधिलाई संस्थागत गर्न नचाहने माओवादीलाई किन र्समर्थन गर्ने - भन्ने सोचमा पुगेका छन् । यद्यपि शान्ति प्रक्रिया र संविधान लेखनको सफलता र स्वीकार्यताका लागि माओवादीको संलग्नता र सहयोग एउटा अत्यावश्यक र्सत हो । माओवादीको सहयोग र संलग्नताविनाको संविधानसभा अर्थहीन हुन्छ आफैंमा । माओवादी सरकारले एकतर्फी रूपमा र सेनालाई जथाभावी चलाउन असफल भएको झोकमा सरकारको नेतृत्वबाट भागी वैकल्पिक सरकार गठनमा प्रचण्डबाहेक अरू कसैलाई प्रस्तुत नगरेको अवस्थामा मात्र बहुमतबाट माधव नेपाल प्रधानमन्त्री बनेका हुन् । परिस्थिति प्रतिकूल बन्दा कसैले राजीनामा नमाग्दा पनि भाग्ने र फेरि अर्को परिस्थितिमा तत्काल आफूले कर्ुर्सर्ीीपाएमा शान्ति प्रक्रियादेखि संविधान लेखन सबै भाँडिने धम्की संविधानसभाको ठूलो दलका लागि सुहाउने कुरा होइन । त्यसले ऊ शंका र आलोचनाको घेरामा आउँछ सबैको । संविधान र शान्ति प्रक्रिया मुलुकको सबभन्दा ठूलो चाहना हो । मुलुक र जनताको चाहना र हित सर्वोपरी हुन्छ, एउटा दल विशेषको भन्दा कैयौं माथि ।
माओवादीले निर्ण्ाायक आन्दोलनका नाममा मुलुकलाई ठप्प पार्दा उसको धेरैजसो मुख्य घोषित एजेन्डालाई र्समर्थन गर्दै आएका केही विदेशी मित्रहरू र दातृ निकायसमेत उसलाई चेतवनी दिन थालेका छन् । सोमबार युरोपेली संघका प्रतिनिधिहरूले प्रचण्डलाई भेटी हडतालका नाममा र्सवसाधारणका मौलिक र मानव अधिकारमा व्यवधान नपुर्‍याउन आग्रह तथा बालबालिकाहरूको पठनपाठनको अधिकारलाई बेवास्ता गर्दै स्कुलहरू बन्द गराएको र जबरजस्ती चन्दा असुली गरेकामा माओवादीसमक्ष आपत्ति प्रकट गरेका थिए । अमेरिका र भारतको मान्यता अलग हुनेछैन । त्यसको अर्थ हो, मुलुकभित्र भन्दा बाहिर माओवादीले विगत चार वर्षा आर्जेको शान्ति र प्रजातन्त्र पक्षीय छवि निकै हदसम्म गुमाएको छ र मे १ का दिन उसको व्यवहारबाट त्यसमा सुधार आउने या ऊप्रतिको अविश्वास चुलिने स्पष्ट हुनेछ । यो परिस्थितिबारे माओवादी अनभिज्ञ छैन ।
त्यसैले त्यो परिस्थितिबाट बाहिर आउने अवसरबाट माओवादीलाई वञ्चित गर्नुको साटो उसलाई प्रोत्साहित गर्नु आवश्यक छ । मुख्य ठूला दलहरू र राजाको प्रत्यक्ष शासनविरुद्ध खुलेर त्यसमा लागेको नागरिक समाजका अगुवाहरूले माओवादीप्रति र्समर्पणको नीति अपनाउनुको साटो बृहत् शान्ति सम्झौताको कार्यान्वयन र तदनुरूपको आचरणका लागि प्रोत्साहित गरेको भए यो अवस्था सिर्जित हुने थिएन । माओवादीले आफ्नो शक्तिलाई यथार्थभन्दा बढी भएको महसुस गर्ने थिएन । र, राजतन्त्रको उन्मूलनदेखि अन्य महत्त्वपर्ूण्ा निर्ण्र्ााा विधिसम्मत तरिका अपनाउने थियो, माओवादीले । त्यस्तै, आपसी मिलेमतोमा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप यो स्तरमा पुग्ने थिएन ।
अर्को शब्दमा, माओवादीका वैधानिक शक्ति र शान्ति प्रक्रियाको सफलताका लागि उसको अपरीहार्यतालाई स्वीकार गरी सत्ता संरचनालाई समावेशी बनाइएमा निकै हदसम्म अनिश्चिततामा कमी आउने छ । तर, त्यो विना र्सत हुन सक्दैन । निकै हदसम्म विदेशी हस्तक्षेपबाट कमजोर भएको सम्प्रभुता पनि पुनःस्थापित हुनसक्छ, यदि नयाँ समझदारीको लेखन र रचनाकार नेपालीलाई बनाउने हो भने । यदि राष्ट्रियता, राष्ट्रवाद र प्रजातन्त्र साझा लक्ष्य हुन् भने त्यसलाई कसरी प्रस्तुत गर्ने र त्यसका लागि कुन-कुन नेपालीहरूको भूमिका अपेक्षित छ, साझा सूची र उपयुक्त पात्रताका आधारमा त्यो अभ्यास अगाडि बढ्न सक्छ । त्यस्तो संयन्त्र आवश्यक छ किनकि १४ जेठपछिको अवस्थामा संविधानसभा नरहने सम्भावना प्रबल हुँदै छ । मुलुकमा बढ्दो राजनीतिक र संवैधानिक रिक्तताको आकार अनि त्यसको प्रभावलाई बढी प्रतिकूल रूपमा प्रभावित गर्नेछ, त्यो रिक्तताले ।
माओवादीले आफ्नो वैधानिक अधिकार हतियार र अवैध शैलीबाट हासिल गर्न सक्दैन । त्यसो गर्दा ऊ जनविरोधी शक्तिका रूपमा पनि चित्रित हुनसक्छ । जातीयताको नारा र राजनीति गरेर ऊ 'प्रतिगमन' को शक्ति त होइन भन्ने प्रश्न पनि उठेको छ । माओवादी कमजोर हुँदा यी प्रश्नहरू झन् प्रखर रूपमा उठ्नेछ । माओवादीले स्वीकार गरेको उसको हैसियत विरोधी या प्रतिपक्षको हो, संविधानभित्र । व्रि्रोही शक्ति होइन ऊ अब । त्यसैले माओवादीको मे १ को व्यवहारले उसको भविष्य र हैसियतलाई परिभाषित गर्नेछ । उसको व्रि्रोहलाई मुलुकभित्र र बाहिर मान्यता हासिल हुनेछैन ।


नेजा को दोस्रो सम्मेलन र अनुभब
- शेखर ढुङेल्
सर्ब प्रथम त यो नेपाल अमेरिकन पत्रकार संघ को स्थापना र दोस्रो सम्मेलन सम्म सफलता पूर्वक डोर्याउन अथक प्रयास गर्नु हुने सस्थापक अध्यक्ष गिरिश पोखरेल जि र समुह लाई ( टिम ) लाई मुरी मुरी धन्यवाद दिन्छु । ब्यक्तिगत एबम पारिवारिक ब्यस्तता का बाब्जुद पेशागत सहकर्मि हरु लाई एउटा सन्जाल मा समेट्ने प्रयास र प्रतिफल  अनी अमेरिकि कानुन अन्तर्गत सस्था लाई स्थापना गर्ने जस्तो महत्व पूर्ण कार्य गर्न पूर्व नेत्रित्व सफल भएको छ । वहाँ हरु धन्यवाद का भागीदार हुनुहुन्छ ।
नेजा को दोस्रो सम्मेलन भेट घाट भ्रमण् भन्दा पनि निर्वाचन  को माहौल् मुख्य आकर्षण रह्यो । पूर्व अध्यक्ष लगायत अधिकास ले पुन नेत्रित्व को दबी नगर्नु सकारात्मक् पाटो देखियो ।तर चुनाबि प्रतिस्पर्धा को नाम मा भएको अकल्पनिय एबम गैर्ह न्यायिक एकतर्फी आरोपले धेरै सहभागि लाई र नेजा को स्थापना भन्दा  दशक अगाडि देखी बिदेशी भुमी मा नेपाल र् नेपाली को पहिचान लाई स्मेट्न अहोरात्र पारिस्रम् त्याग र ब्ययभार ब्यहोर्ने मित्र हरु लाई चोट पुग्ने बोली र् आरोप लगाइयो जुन यो भुमी र सस्था को बर्खिलाब थियो । अध्यक्ष पद को  लागि मात्र भएको प्रतिस्पर्धा मा यस्तो भान हुन्थ्यो कतै नेजा र अर्कै कुनै बाहिर को पक्ष सित अर्कै कुनै अभिस्ट पुरा गर्न प्रतिस्पर्धा भै राखेको त छैन !।   यस्तो लाग्दथ्यो नेजा अध्यक्ष को लागि खडा भएकै होइन बल्की नेजा को महत्व र अस्तित्व लाई धुमिल्याउनु र निकम्मा बनाउनु लाई नै मनसिक उर्जा खर्च गरिएको महसुस सहभागि हरुले गरेका थिए ।
आफु बसेको मुलुक को बिधी बिधान , नियम कानुन , समेत् बिर्सेंर गैर्ह न्यायिक आरोप पनि लगाइयो जुन अक्षम्य छन । संसार मा कुनै मानिस् वा सस्था '' दोष मुक्त '' अर्को शब्द मा पर्फेक्ट हुन सक्दैन । सामान्य मानबिय कमजोरी लाई यसरी उछालियो कि नेजा का तत्कालिन पदाधिकारी  हरुले अक्षम्य अपराध नै गरेका थिए । '' आफु लाई अरु को आँखा बाट हेर्ने , सकारात्मक् सोच्ने , र तत्कालिन पदाधिकारी हरुले   गरेको काम को लागि प्रसम्सा र धन्यवाद दिने सस्कार आफु लाई सचेत र बुज्रुक ठान्ने मित्र हरु बाट व्यबहार मा देखिएन । स्पस्ट भन्नु पर्दा अमेरिकि कानुन बिपरित को अभिब्यक्ती पनि आयो जस्तै '' राजा बादी '' नेपाली काङ्रेस्स ''  पक्षधर वा समर्थक आदी आदी । अमेरिका मा कहिले कुन राजा थिए र को राजा बादी ? के अमेरिका नेपाल अधिनस्थ प्रान्त वा राज्य हो ?र यहाँ नेपाली काङ्रेस ? अनी नेजा अमेरिका , क्यानडा बासी नेपाली संचार कर्मी हरु को सन्जाल हो भन्ने कुरो बिर्सि न्युयोर्क वा अन्य समुह भनी बिभाजन गर्ने अर्को बिडम्बना पनि  देखियो ।
अमेरिकि भुमी मा बसेर नेपाली सस्कार को बहुलठ्ठिपन व्यबहार आँफैमा उदेक लाग्दो भयो । त्यो पनि कलम कर्मी बाट !अमेरिका कानुनत  समानुपातिक राष्ट्र हो यहाँ समानुपातिक को नारा '' Big mouth ' लगाउनु हास्यास्पद हुन्छ । '' समान अबसर ( इक्वेल अपर्च्युनिटि ) को अर्थ हो '' ब्यक्ती को इच्छा , योग्यता , र प्रतिस्पर्धा ले मात्र नोकरी लगायत कुनै पनि संघ सस्था एबम राजकिय स्थान पाउन सकिन्छ ''। नेपाल को जस्तो जाति , भाषिक र् छेत्रीयता को बिशेष अधिकार लाई यहाँ कानुन ले निषेध गरेको छ । जो कोइले नेपाल को धुंधुन्ती बोकेर यो देश् मा जात   भाषा वा छेत्रीयता कुरा गर्दछ भने त्यो गलत हुन्छ । अर्को कुरो यो भुमी मा कसै लाई त्यो राजा बादी वा त्यो नेपाली काङ्रेस्स बादी भनेर बिभाजन गर्दै ' अयोग्य  '' को बिल्ला भिराउन ध्रिस्टता गर्दछ भने उस्ले स्वयम र् अमेरिकि कानुन नबुझेको भान हुन्छ ।
नेपाल कै सन्दर्भ मा न्याय संगत कुरो गर्ने हो भने पनि २४० बर्षे ईतिहास मा तानाशाही भनिएको   ले सत्ता को लागि २४० जना पनि निर्दोस नागरिक को हत्या नगरेको राजसस्था होस् कि , ७ दशक प्रजातन्त्र र् मानबाधिर को लागि लडेको संघर्ष गरेको नेपाली काङ्रेस समर्थक वा उस्को शुभ चिन्तक हरु  '' अयोग्य हुने '' ? अनी प्रजातन्त्र , मानबाधिकर , , धर्म सस्क्रिती , भेश भाषा , ध्वस्त पार्दै जन जाती भाषिक छेत्रीयता को बिष पिलाउदै सिधा साधा नेपाली दाजु भाई दिदी बहिनी लाई कथित जन युद्ध को नाम मा जबर्जस्ती बली चढाउने , खर्बौ को राष्ट्रिय सम्पत्ति नस्ट गर्ने लुटेरा , बलात्कारी , हत्यारा ( १९ हज्जार ) अर्का को सम्पत्ति कब्जा गर्ने पक्ष भने ' योग्य ' हुने ? यो कस्तो बहुलठ्ठिपन हो सस्कार हो ?

यो चुनाबि माहौल बाट बर्तमान नव नेत्रित्व ले शिक्षा लिनु पर्दछ । नेजा लाई पेशागत हक र् हित ,सहकर्मी लाई सहयोग र बिस्तार गर्न केही ठोस निर्णय गर्नु अनिबार्य देखिन्छ
१ - नेजा को नेत्रित्व लिन नेजा बुझेको , नेजा प्रती समर्पित , नेजा लाई सहयोग गरेको , नेजा को गल्ती कमी कमजोरी लाई बुझी सच्याएको सुधारेको , र् म नेजा कै सदस्य हुँ भन्ने भावना अन्तरात्मा मा भएको हुनु पर्ने त्यस्को लागि कम्ती मा दुई बर्ष नेजा को सक्रिय सदस्य रहेको ब्यक्ती लाई मात्र अध्यक्ष पद को लागि योग्य मान्ने गरी बिधान सम्सोधन गर्ने
२ - नेजा को नेत्रित्व लिन कम से कम् न्युनतम योगदान गर्न इच्छुक ब्यक्ती हुनु पर्ने त्यस्को लागि अध्यक्ष , उपाधक्ष , कोषाधक्ष , महा सचिब र केन्द्रिय सदस्य को लागि क्रमस $ ३०० , $ २५० , $ २०० , $ १५० र $ १०० डलर ऊम्मेदवारि बापत को सुल्क लाग्ने ब्यबस्था गर्ने
३ - कारणबस सम्मेलन मा उपस्थित हुन नसक्ने नेजा का सक्रिय सदस्य लाई मतदान को अबसर् दिन बिधुतिय मतदान ब्यबस्था गर्ने
४ - नेजा को कुनै पनि भेला सम्मेलन मा जन जाती , भाषिक , छेत्रीय एबम राजनैतिक् ब्याड को प्रसँग उठाउन नपाउने गर्न आचार सम्हिता बनाउने
५ प्रत्यक नेजा का पूर्व अध्यक्ष लाई सल्लाहकार समिती मा राख्ने
आर्को भेला भन्दा पहिले नै बर्तमान नेत्रित्व ले माथि उल्लेखित प्रसँग लाई सशोधन गर्न सक्यो भने नेजा को अर्को सम्मेलन पूर्ण रुपमा पेशागत एबम सस्थागत मर्यादा र निती अन्तर्गत सन्चालन हुन सक्दछ । सम्पन्न सम्मेलन ले दिएको अनुभब र् सन्देश यही हो

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________