20100430

के के भैरहेको छ त अहिले नेपालमा ?

Breaking News......
* सुरक्षा परिषदले चारवटै सुरक्षा अंग परिचालन गर्ने निर्णय, सेना परिचालन हुने
* प्रारम्भमा सम्झाउने, सम्झाउँदा नमाने लाठी प्रहार गर्ने, त्यसबाट नियन्त्रण नभए पानीको फोहोरा हान्ने त्यसपछि हवाई फायर गर्ने र अझै नियन्त्रणमा नआए प्रदर्शनकारीको घुँडामुनि गोली हान्न सम्बन्धित कमाण्डरहरुलाई प्रहरीको स्पष्ट निर्देशन
* एमाले पोलिट्ब्युरोको बैठकले प्रधानमन्त्रीलाई सडकको दबावमा नझुक्न र माओवादीलाई वार्ता र सहमतिका आधार पहिल्याउन राष्ट्रका नाममा सम्बोधन गर्न सुझाव
* कांग्रेस केन्द्रीय समितिको केही समयअघि सकिएको बैठकले माधव नेपाल सरकारको निरन्तरता दिने निर्णय
* माओवादीको पदाधिकारी बैठकले पुष्पकमल दाहालकै नेतृत्वमा सरकार बन्नुपर्ने निर्णय....

* कांग्रेस सरकार परिवर्तनको विपक्षमा। माओवादीले घोषणा गरेको आन्दोलन लोकतान्त्रिक नभएको ठहर गर्दै वार्ता र सहमतिमा आइ आन्दोलन फिर्ता लिन माओवादीलाई आग्रह
* मा‌ओवादी प्रदर्शनका लागि १२ घण्टा मात्र बाँकी रहँदा राजधानीका मुख्य सडकका बिजुलीका पोल, रुख तथा घरहरुमा हँसिया हथौडा अंकित झन्डा
* प्रहरीले ७२ थान अटोमेटिक डेटोनेटर तथा पाँच सयकेजी जिलेटिन तथा ३ सय मिटर फ्युज वायर बरामद गरेको छ। प्रहरी प्रवक्ता विज्ञानराज शर्माका अनुसार तनहुँको आबुखैरनीमा प्रहरीले माइक्रोबस चेकजाँचको क्रममा लुकाएर राखेको अवस्थामा सो विस्फोटक पदार्थ बरामद गरेको हो। यसैगरी कलंकीको कान्तिपुर सिनेमा हलबाट ७ सय २० वटा बाँसका लाठी प्रहरीले बरामद
* माओवादी प्रदर्शनको क्रममा एमाले नेता केपी शर्मा ओली र कांग्रेस नेता खुमबहादुर खड्काको निवासमा आक्रमण हुनसक्ने निष्कर्ष निकाल्दै प्रहरीले दुवै नेताको निवास वरपर विशेष सुरक्षा व्यवस्था
* माओवादीले भोलिको जनप्रदर्शन राजधानीका १८ स्थानबाट गर्ने तयारी
* मा‌ओवादीले चन्दा आतंक मच्चाएपछि सबै पसल बन्द
* राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनले नेपालको शान्ति प्रक्रिया गम्भीर र खतरापूर्ण अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त
* नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुको अहिले केही समयअघि राष्ट्रपति रामवरण यादवसँग भेटेका छन्। अध्यक्ष सुरेन्द्रवीर मालाकारको नेतृत्वमा गएको टोलीले माओवादीले चन्दा आतंक फैलाएपछि उद्योग व्यवसाय बन्द गर्न बाध्य भएको बताएका छन्। उनीहरुले राष्ट्रपतिलाई संवैधानिक जटिलताबाट बचाउन अभिभावकत्वको भूमिका निभाउन आग्रह
* प्रधानमन्त्री माधवकुमार नेपालले भोलि बिहान साढे सात बजे आफ्नो निवास बालुवाटारमा बाइस दलको बैठक आह्वान
*

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक