20100429

गुलेली, खुकुरी, लाठी, पेस्तोल र हात हतियार !!!

Exclusive.............
जनता र अरु दललाई त्रसाउने माओवादी काइदा : गुलेली, खुकुरी, लाठी, पेस्तोल र हात हतियार चलाऊने मात्र होइन माओवादीले कराते, बक्सिङ समेत् जानेकालाई राजधानी उतारेर यसरी सत्ता कब्जाको अन्तिम प्रयास गर्दैछ !!!

मार्सल आर्ट प्रशिक्षणमा वाइसिएल। तस्बिर : भाश्वर ओझा .....
दुई दिन अघिदेखि नै माओवादीले राजधानीमा आफ्नो उपस्थिति देखाउन सुरु गरेको छ। माओवादीले आज बिहानै देखि जिल्ला जिल्लाबाट ल्याएका कार्यकर्तालाई सडकमा उतार्‍यो। थाइल्यान्डका...
आन्दोलनकारीको शैलीमा उत्रिएका धेरैले रातो टिसर्ट लगाएका थिए जसमा माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी लेखिएको देखिन्थ्यो। काठमाडौंका सडकमा दौडिँदै आफ्नो बलियो उपस्थिति देखाएका माओवादीले आइतबारदेखि सुरु गर्ने भनिएको देशब्यापी हड्तालको 'रिहर्सल' झै देखिन्थ्यो। री सहभागी हुनेहरुमा युवादेखि महिला र वृद्धसम्म छन्।







सिंहदरबार अगाडि माओवादीको मार्चपास। तस्बिर : केशव थोकर

बिहानैको दौडमा वाइसीएल। तस्बिर : केशव थोकर


सडकका दुई किनारामा माओवादी लामवद्ध हिडेपछि बाटो अवरुद्ध बनेको थियो। तस्बिर : केशव थोकर


पाइला आन्दोलनतिर। तस्बिर : केशव थोकर


फोटो खिचेको ? क्यामरातिर तेर्सिँदै एक युवा। तस्बिर : केशव थोकर

मार्चमा युवाहरु। तस्बिर : केशव थोकर


नारायणहिटी दरबारबाट अगाडि बढ्दै। तस्बिर : भाश्वर ओझा



नारायणहिटीबाट त्रिचन्द्रतर्फ बढ्दै। तस्बिर : भाश्वर ओझा

प्रहरीले सुनधारास्थित मेची-महाकाली गेष्ट हाउसबाट ४ सय लिटर पेट्रोल, २ बोरा गुलेली, एक बोरा गुच्चा, १० बोरा खाली सिसी र काठको भुस तथा सूती कपडा बरामद गरेको छ। कोपुन्डोल ठेगाना लेखिएका कृष्ण घिमिरेले हिँजो बेलुका 'बुक' गरेका कोठा नं. १०३ बाट उक्त सामान बरामद भएको हो।  काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी रमेश खरेलका अनुसार उक्त सामान माओवादीले राजधानीमा गर्ने भनिएको प्रदर्शनमा प्रयोग गर्न जम्मा पारिएको हो। प्रहरीले उक्त गेष्ट हाउस सञ्चालक अजव पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेले बताएअनुसार केही व्यक्तिले आज बिहान आएर 'यो हाम्रो खाजा हो' भन्दै उक्त सामान राखेर गएका थिए।

माओवादीले 'तेस्रो जनआन्दोलन' का लागि भनेर जबर्जस्ती चन्दा मागेको विरोधमा व्यापारीले बिहीबार कैलालीको अत्तरिया बजार बन्द गरेका छन्। 'माओवादीले जबर्जस्ती चन्दा मागे, त्यसको विरोधमा स्वत:स्फूर्तरुपमा व्यापारीले बन्द गरे'- अत्तरिया बजार व्यवस्थापन समितिका सचिव खेमबहादुर साउदले भने।

'माओवादी अध्यक्ष पुष्पकमल दाहालले सञ्चार माध्यममार्फत् जबर्जस्ती चन्दा नउठाउन कार्यकर्तालाई निर्देशन दिएका भोलिपल्ट कैलालीका व्यापारीसँग जबर्जस्ती ५ हजारदेखि ४-५ लाख रुपैयाँसम्म चन्दा मागेका उनले बताए। चन्दा दिन दबाब नरोकिएमा बन्द भोलि पनि हुन सक्ने उनले बताए।

माओवादी कार्यकर्ताले अत्तरियामा ठेला, साना पसललगायतका सबैबाट चन्दा मागेका छन्। ठेलाबाट १ सय र भित्र गल्लीमा बसेकाबाट १२ सय चन्दा मागेको स्थानीय व्यापारी प्रदीपकुमार केसीले बताए। उनले आफूसँग १२ सय रुपैयाँ मागेको पनि बताए। ठूला व्यापारीबाट १ लाखदेखि ५ लाखसम्म चन्दा मागिरहेको व्यापारीले बताएका छन। चन्दा नदिए पसल तोडफोड हुन सक्ने धम्की पनि दिने गरेको उनीहरुको भनाइ छ।

माओवादीले जनआन्दोलनका लागि भनेर दिनै नसक्ने रकम चन्दा मागिरहेको भन्दै धनगढीका व्यापारीले पनि बिहिबार उद्योग वाणिज्य सङ्घमा भेला भएर छलफल गरेका छन्। छलफलमा माओवादीले मागेको जति चन्दा दिन नसकिने र यसले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको अधिकांश सहभागीले भनेका थिए।

युद्धकाल भन्दा पनि चन्दाले बढी त्रास छाएको उनीहरुको भनाई थियो। माओवादीले यसपटक मागेको चन्दा युद्धकालका भन्दा पनि निकै बढी भएको व्यापारीले बताएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन वटै सुरक्षा निकायका प्रमुखद्वारा आफूलाई ब्रिफिङ गराउन गरेको आग्रह गृह मन्त्री भीम रावलले अस्वीकार गरेका छन् । दाहालले पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत् यस्तो प्रस्ताव गरेका थिए ।
रावलले बरु आफैं दाहाललाई ब्रिफिङ गर्न तयार रहेको तर सुरक्षा प्रमुखहरुलाई भने भेट्न नदिने बताएको स्रोतले जनाएको छ ।

यसअघि माओवादीले शनिबार गर्न लागेको जनप्रदर्शनलाई सरकारले दमन गरी हिँसात्मक बनाउन लागेको आरोप लगाउँदै आएको थियो । यसैगरी रक्षा मन्त्री विद्या भण्डारी र सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादीले सत्ता कब्जा गर्न खोजे सेना परिचालन हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् ।

गृहमन्त्री भीम रावलले मानवअधिकारको ख्याल गरेर बल प्रयोग गर्न नेपाल प्रहरीका अधिकृतहरुलाई निर्देशन दिएका छन् । बिहीवार बिहान नेपाल प्रहरीका चार सय भन्दा बढी अधिकृतहरुलाई नेपाल प्रहरी क्लबमा सम्बोधन गर्दै उनले भने 'संयम हुनुहोस, शान्तिपूर्वक हुने प्रदर्शनमा केही नगर्नुहोला, स्थिति बिग्रन लाग्यो, जनधनका क्षति हुने स्थिति आयो भने बल प्रयोग गर्नुहोला' 'व्यवसायीक रुपमा काम गर्दा तपाईहरुलाई केही भए म छु, आयोग गठन गरेर कारवाही हुदैन, अनुसन्धानका क्रममा अन्तराष्ट्रिय अदालत, जेनभामै जानुपर्ने स्थिति आयो भने मै जाउँला, तपाईहरुलाई केही हुन्न ।'  
बैठकमा सहभागी एक अधिकृतका अनुसार मन्त्री रावलले पौने दुई घन्टा कार्यकर्ताहरुलाई झै सम्बोधन गरेका थिए, त्यसक्रममा एक घन्टा भन्दा बढी माओवादी पार्टीलाई गाली गरेर बिताएका थिए ।
माओवादीले बैशाख १८ गतेदेखि गर्न लागेको जनप्रर्दशन र अनिश्चितकालीन आम हडतालको विषयमा गृहमन्त्री रावलले त्यस्तो निर्देशन दिएका हुन ।

सत्ता साझेदार दश दलले एकिकृत नेकपा माओवादीले आन्दोलन गर्दैमा सरकार नछाड्ने प्रतिबद्धता जनाएका छन्।
काँग्रेस संसदीय दलको कार्यालयमा विहिबार बसेको दश दलको बैठकले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएपनि कानुनी दायराको उल्लङ्घन गरे सबै मिलेर प्रतिकार गर्ने चेतावनी दिएका छन्।
बैठकले माओवादी आन्दोलन हिंसात्मक बने राज्य चुप लागेर नबस्ने बताउँदै सेना परिचालन गर्न सक्ने बताएको छ।
रक्षामन्त्री विद्यादेवी भण्डारीले सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको जानकारी दिँदै आन्दोलन हिंसात्मक बने सेना परिचालन गर्न सकिने बताएकी छिन्। सहमतीको बतावरण तयार गर्न बैठकले जोड दिएको बताउँदै काँग्रेस प्रबक्ता अर्जुन नरसिंह केसीले आन्दोलन अगावै सहमतीको प्रयास गरिने बताए। साना दलहरुले भने सरकारलाई पूर्ण समर्थन रहेको जनाउँँदै सकेसम्म सहमतीको प्रयास गर्न सरकारलाई आग्रह गरेको छ। यद्यपि माओवादी आन्दोलन हिंसात्मक बने प्रतिकार गर्ने सहमती गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले तीन ठूला दलभित्रको स्वार्थका कारण मुलुक पुनः द्वन्द्वमा फस्ने अवस्थामा पुगेको बताउँदै मुलुक भयानक भीरको डिलमा उभिएकाले लडेर दुर्घटना हुने खतरा औंल्याउनुभएको छ।

राप्रपा भक्तपुरद्वारा नयाँ वर्ष२०६७ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष राणाले ठूला दल माओवादी, कांग्रेस र एमालेले आ-आफ्नै पाराले चलेर सहमतिको राजनीतिक यत्रा ब्रि्रँदा मुलुकमा द्वन्द्वको खतरा बढेको छ भन्दै मुलुकको अस्तित्व खतरामा पर्ने गरी खेल नखेल्न सबैलाई आग्रह गर्नुभयो। साथै अध्यक्ष राणाले सडकबाट संविधान घोषणा र सत्ताकब्जा गर्नेजस्ता माओवादी धारणा जनता र लोकतन्त्रविपरीत भएकाले माओवादी सहमतिमा आउनुपर्ने बताउनुभयो।

अखिल नेपाल सञ्चार, छापाखाना तथा प्रकाशन मजदुर संघका ललितपुर अध्यक्ष बताउने रवि खड्काले राजधानी सहकर्मी मोहन ढुंगेल र पर्शुराम काफ्लेलाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् ।
बुधबार बिहान पौने ८ बजे सहकर्मी काफ्लेलाई ९७५१००४८९७ नम्बरको मोबाइलबाट फोन गरी माओवादी धम्कीविरुद्ध पत्रकार महासंघद्वारा प्रकाशित विज्ञप्तिको समाचार प्रकाशन गरेको भन्दै ढाड भाँच्ने धम्की दिएका हुन् । 'तिमीहरू काठमाडौंमा असुरक्षित छौ, एक ठाउँमात्र होइन, तीन ठाउँमा ढाड भाँचिन्छ' फोनमार्फ खड्काले धम्की दिएको काफ्लेले बताए । खड्काले यसअघि पनि सहकर्मी ढुंगेललाई सोही मोबाइल नम्बरमार्फ ज्यान मार्ने धम्की दिएका थिए ।
उनीहरूले यसअघि राजधानी कार्यालयमै आएर सम्पादन विभागका सहकर्मीहरूलाई घुन पिसेझंै पिस्ने धम्की दिएकोमा त्यसको र्सवत्र विरोध हँुदै आएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठानले अखिल नेपाल सञ्चार, छापाखाना तथा प्रकाशन मजदुर संघका नाममा केही व्यक्तिले पटक-पटक राजधानीकर्मीलाई ज्यानको धम्की दिने क्रम नरोकिएको घटनाप्रति गम्भीर भएको जनाएको छ ।
प्रतिष्ठानका कार्यबाहक अध्यक्ष भरत शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा संघका केन्द्रीय अध्यक्ष जनक शर्माले गत सोमबार मात्र '१९ वैशाखबाट सुरु हुने माओवादी आमहडतालका क्रममा घुन पिसे झैं पिसिदिने' भनी राजधानीकर्मीलाई धम्क्याएको दर्ुइ दिन नबित्दै संघकै ललितपुर अध्यक्ष रवि खड्काले बुधबार बिहान त्यस्तै धम्की दिएपछि राजधानीकर्मी गम्भीर सुरक्षा समस्यामा रहेको पुष्टि भएको उल्लेख छ । उर्त्र्सग प्रकाशन प्रालिले निलम्बन गरेका जन्मदेव जैसी र नरेश ज्ञवालीको पर्ुनर्बहाली सम्बन्धमा सम्पादन समूह र संघबीच सहमति प्रयास भइरहेको बेला संघका जिम्मेवार पदाधिकारीबाट आएका यस्ता संवेदनशील धम्कीले समस्यालाई थप जटिल बनाउने प्रतिष्ठानको ठहर छ । समस्या र विवादको शान्तिपर्ूण्ा समाधान वार्ताको माध्यमबाट खोज्न र सञ्चारकर्मीलाई धम्क्याउने कार्य तत्काल रोक्न प्रतिष्ठान सम्बद्ध पक्षसँग प्रतिष्ठानले आग्रह गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक