20100429

सैन्य शिविरका कमाण्डर तहका माओवादीका लडाकु, वाईसीएलका नेता, कार्यकर्ताले बिद्रोह गरे

Breaking News........
माओवादीले गर्न थालेको आन्दोलनले अराजकता र अशान्ति निम्त्याउने ठहर गर्दै माओवादीका लडाकु, वाईसीएल र जिल्ला तहका नेता, कार्यकर्ताले बिद्रोह गरेका छन् । कैलाली, सुर्खेत र रोल्पास्थित माओवादी सैन्य शिविरका कमाण्डर तहका ४४ जना लडाकू र एक दर्जन बढी जनमुक्ति सेनासहित दुई सय आठ जना....माओवादीले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी उनीहरुले माओवादी पार्टी त्याग गरेको गरेको घोषणा गरेका हुन् । विद्रोह गर्नेहरुमा बढी कैलालीका ६९ जना, दाङ्गका ५६ जना, रुपन्देहीका २६ सहित बाँके, बर्दिया, रोल्पा, उदयपुर, झापा, काठमाडौंका नेताहरु छन् । माओवादीले आन्दोलनको अन्तिम तयारी गरिरहेका बेला विद्रोहमा उत्रिएकाहरुले आवश्यक परे कथित कम्युनिष्टहरुको प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

उनीहरुले माओवादीलाई कथित कम्युनिष्ट पार्टी भएको आरोप लगाउंदै पुष्पकमल दाहालको भ्रममा नपर्न आग्रह गरेका छन् । उनीहरुले जुन उदेश्य लिएर माओवादीमा प्रवेश गरेको हो माओवादीले त्यो लक्ष्य छोडेर सत्ता लिप्सामा लागेकोले विद्रोह गर्नुपरेको टिप्पणी गरे ।

माओवादीवाट विद्रोह गरेका नेता संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चमा आवद्ध भएका छन् । मञ्चका अध्यक्ष लक्ष्मण थारुले उनीहरुलाई अविर र टिका लगाएर आफ्नो पार्टीमा स्वागत गरे । नेता चौधरीले माओवादीवाट भएको यो विद्रोह हिंसात्मक द्वन्द्व, चन्दा आतंक, आक्रमण र लुटपाटका लागि नभई शान्तिका लागि भएको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक