20100427

सरकार र माओवादी भिडन्त को अन्तिम तयारी, माओवादी आन्दोलनको प्रतिकार गर्न सरकारलाई १० दलको म्यान्डेट, कठै मेरो नेपाल !!!

"आँधी अघिको सन्नाटा : यिनै नेताहरु हुन जसको नालायकी पनका कारण आज देश गृह युद्धको चपेटामा फसेको छ । यिनै नालायक हरुका कारण नेपाल भारत को गुलाम बन्नु परेकोछ । कुर्सी का लड्दा लड्दै अब देश बर्बादीको मुख मै पुगेको छ ।"          
काठमाडौं, माओवादीले विस्तृत शान्ति सम्झौताको घोर उल्लंघन गरेको ठहर गर्दै सत्तासीन १० दलले माओवादी आन्दोलनको प्रतिकार गर्न सरकारलाई म्यान्डेट दिएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको आह्वानमा सोमबार बालुवाटारमा बसेको दसदलीय बैठकले माओवादी मुठभेडको स्थिति सिर्जना गर्न उद्यत् रहेको ठहरसमेत गरेको छ । माओवादीले मुलुकका विभिन्न भागमा दिएको सैन्य कलासम्बन्धी तालिम तत्काल रोकेर सहमतिमा आउन पनि बैठकले आह्वान गरेको छ ।  बैठकमा सहभागी दलले माओवादीलाई पतनको नरोज्न सुझाव दिँदै नियन्त्रणका लागि दृढतापर्ूवक आवश्यक सबै कदम चाल्न पनि निर्देश गरेको छ । 'गैरसंवैधानिक बाटो अँगाली सडकबाट सरकार बदल्न चाहनु सरासर अधिनायकवादी
प्रवृत्तिको द्योतक हो,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा वाईसीएलको अर्धसैन्य संरचना भंग, कब्जा सम्पत्ति फिर्ता तथा अन्य दलका कार्यकर्तामाथिको आक्रमण बन्द गर्नसमेत माओवादीलाई भनिएको छ । बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्ने निर्ण्र्ाागर्दै यही सरकारमा सामेल हुन माओवादीलाई आग्रह पनि गरेको छ ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शान्ति र राष्ट्रिय सहमति तथा राष्ट्रिय एकताका लागि १० दल एक ढिक्का रहेको बताए । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको ठहर बैठकले गरेको पौडेलले सञ्चारकर्मीलाई सुनाए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गैरसंवैधानिक र आतंकपर्ूण्ा क्रियाकलापका अगाडि सरकारले घुँडा नटेक्ने दृढता व्यक्त गरे ।
बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, माले महासचिव सिपी मैनाली, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, जनशक्ति पार्टर्ीीध्यक्ष र्सर्ूयबहादुर थापा, नेकपा -संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी र समाजवादी प्रजातान्त्रिक पार्टर्ीी अध्यक्ष प्रेमबहादुर सिंहलगायत सहभागी थिए ।
त्यसलगत्तै अपराह्न बसेको प्रमुख तीन दलको बैठक विनानिष्कर्षटुंगिएको छ । बैठकमा प्रधानमन्त्री नेपालले सहमतिका लागि आफू बाधक नबन्ने तथा र्सवस्विकार्य सहमति खोज्नुपर्ने प्रस्ताव राखेका थिए । माओवादीले भने आफ्नो नेतृत्वको राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म आन्दोलन जारी रहने अडान राखेको थियो ।
कांग्रेस र एमालेका नेताहरूले शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी इमानदार नदेखिएसम्म छलफल हुन नसक्ने बताएका थिए ।
'आमहडताल घोषणा गरेर सहमतिका लागि वार्तामा बस्नु उल्टो कि सुल्टो प्रक्रिया हो -' बैठकपछि कांग्रेस उपसभापति पौडेलले भने । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आमहडतालको बीचमा पनि वार्ता जारी राख्ने सहमति भएको दाबी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक