20100428

'मलाई राजा बन्ने चाहना छैन,' पारस

Exclusive News.........
बीरगञ्ज, नागरिक दैनिक लेख्छ :  पूर्व युवराज पारश शाहाले जनताले चाहेमा राजसंस्था फर्किन सक्ने बताएका छन्। 'व्यक्तिगतरुपमा मलाई राजा बन्ने चाहना छैन,' पारसले पत्रकारहरुसँग भने, 'तर जनताले चाहेमा राजसंस्था फर्किन सक्छ।' आइतबारमात्र सिंगापुरबाट नेपाल आएका पारस राजाको सक्रिय शासनकालमा समेत चरम आलोचनाका पात्र थिए। राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्। करिब एक महिना अघिमात्रै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र सकिएको भन्नु काल्पनिक भएको अभिव्यक्ति दिएका थिए। बीरगञ्ज सामुदायिक आँखा अस्पताल उद्‍घाटनपछि पत्रकारसँगको कुराकानीमा पारसले आफूले राजनीतिक कुराकानी गर्न नचाहेको तर मुलुकको अवस्था हिंसात्मक बन्दै गएको टिप्पणी गरेका थिए।
बिरगंजमा पारस जाँदा मान्छेको सागर थाम्न गाह्रो, नेपाली राष्ट्रिय झन्डा सहित् उपस्थित हजारौँले राज संस्थाका पक्षमा यसरी नाराबाजी गरेछन हेर्नुस् फोटो ।     ....








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक