20100428

काठमाडौंमा उतारिए देश भरबाट माओवादी, राजधानी त्रासमय, प्रचन्ड, झलनाथ, शुसिलका आ आफ्नै अडान, सहमति निस्केन !

Breaking News...........
____________"देशै भरी चन्दा आतंक, पचास् लाख देखी दस हजार सम्म चन्दा माग, नदिए ठीक पारीने माओवादी चेतावनी, राजधानी का सबै स्कुल , छत्राबास, धार्मिक स्थल, ब्यक्तिगत घरमा जबर्जस्ती खान र बस्न दिन माओवादी उर्दी, हिजडा सरकार प्रहरी र प्रशासन यस्तो आतंक र त्रास देख्दा पनि निरिह, सत्ता कब्जा को तयारी पुरा भएको र ४/५ दिन भित्रै मा देश सबै कब्जा मा लिने माओवादी को दाबी, सेना रमिते !!! यस्तै छ पाठक हरु आज को समाचार ।" ______________          
                 सञ्चार माध्यमहरुको प्रयासमा भएको निर्णायक बहस सकिएको छ। तीन ठूला दलका शीर्ष नेताबीच भएको बहसका क्रममा पहिलेझैं सबैले आ-आफ्नै अडान राखे। एमाले अध्यक्ष झलनाथ खनालले पहिले राष्ट्रिय सहमति भयो भने राष्ट्रिय सरकारका लागि एमाले प्रधानमन्त्रीबाट राजिनामा दिन तयार रहेको बताएका छन्। त्यसैगरी कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले मुलुक बर्बाद गर्ने भएकाले आमहडताल फिर्ता लिन माओवादीसँग आग्रह गरे। अनि समस्या समाधानका लागि सकारात्मक वातावरण बन्ने भनाइ उनको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीबीच गम्भीर छलफल भएर निष्कर्ष निस्क्योस् र आन्दोलन गर्नुपर्ने स्थिति नआओस् भन्ने चाहेको बताएका छन्। उनले तीन पार्टी र अन्य दलबीच ............
बैठक बसेर तथा अझ त्यसमा पनि तीन बुँदामा छलफल गरेर निष्कर्ष निकाल्न आफूहरु तयार रहेको पनि बताए।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब संसदमा प्राप्त सिटका आधारमा सरकार गठन हुनुपर्ने बताएका छन्। उनले भनेका छन्- बहुमतीयबाट सहमतीय आधारमा फर्कनासाथ स्वत: माओवादी नेतृत्वमा सरकार बन्ने दाबी पनि उनको थियो। उनले नेपाली सेनाप्रति माओवादीको कुनै पूर्वाग्रह नभएको बताएका छन्। उनले एक पक्ष नेपाली सेनालाई माया गर्ने र अर्को पक्ष उसको विरोधी जस्तो देखिएको बताउँदै यस्तो भनाइ राखेका हुन।

कङ्ग्रेस नेता डा. रामशरण महतले अब माओवादीले आन्दोलन गर्दा आफूले पाएका सभासदका आधारमा गर्नुपर्ने बताएका छन्। उनले हतियारका आधारमा आन्दोलन गर्नुको तुक नभएको पनि उल्लेख गरे।

एउटा सेना जितेको जस्तो र अर्को सेनालाई आत्मसमर्पण गराउने जस्तो गर्न खोजिएकाले शान्ति स्थापनामा समस्या आएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। यो शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मविपरित भएको उनको दाबी छ। यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले प्रधान मन्त्रीले अहिल्यै राजिनामा दिन सक्ने बताएका छन्। उनले जनताको हितका लागि आफ्नो पार्टी जुनसुकै त्याग गर्न पनि तयार रहेको बताउँदै यसका लागि पार्टीमा छलफल भइसकेको जानकारी पनि दिए।

सरकारको एकलौटी नेतृत्व दाबी गर्ने अधिकार कसैलाई नभएको पनि उनले बताएका छन्। जनताले कसैलाई पनि बहुमत नदिएकाले मिलेर जानुको विकल्प नभएको भनाइ उनको थियो।


त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सबै अवस्था आउनुको मुख्य कारण सहमतीय अवस्थाबाट बहुमतीयतर्फ जानु नै भएको बताएका छन्। उनले माओवादीलाई अलग्याउने प्रयास भइरहे आन्दोलन गरिरहने पनि बताए।

यसैगरी माओवादी नेता बाबुराम भट्टराईले आरोप प्रत्यारोपभन्दा समस्याको वस्तुसङ्गत ढङ्गले समाधानतर्फ लाग्नुपर्ने बताएका छन्।

कङ्ग्रेस नेता कृष्ण सिटौलाले अझै पनि द्वन्द्व न्युनीकरण गरेर सहमतिमा पुग्न सकिने सम्भावना व्यक्त गरे। उनले १२ बुँदे सहमति यसको उदाहरण भएको पनि उल्लेख गरे।

त्यसैगरी एमाले महासचिव ईश्वर पोखरेलले संविधान बनाउनेमा केही कमजोरी स्वीकार गर्दै ऋण नतिर्नेलाई कालो सूचीमा राखेझैं राजनीति गर्नेलाई राख्न नमिल्ने एक प्रश्नको उत्तर दिने क्रममा बताए।

जारी प्रश्नोत्तरका क्रममा संविधान बन्छ कि बन्दैन भनेर सोधिएको प्रश्नमा मोहन वैद्यले भनेका छन्- संविधान बनाउने काममा मुख्य भूमिका सरकारको भएकाले यो उनीहरुलाई नै सोध्नु राम्रो हुन्छ।

त्यसैगरी यही प्रश्नमा एमाले नेता प्रदीप ज्ञवालीले संविधान सरकारले लेख्ने नभई सहजीकरणमात्र गर्ने भएको बताए। सरकारले लेख्ने भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधान मन्त्री भएकै बेला संविधान बनिसक्ने भनाइ पनि उनको थियो।

जनता को हुन भन्ने अर्को एक प्रश्नमा दाहालको भनाइ थियो- विदेशी दलालको विरोध गर्ने, सामन्तको विरोध गर्ने जनता हुन।

यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले यो देशको हित चाहने सबै पेशा र वर्गमा समाहितलाई आफ्नो पार्टीले जनता मानेको बताए।

खुकुरी तालिम, सैन्य उन्माद, चन्दा आतङ्क, सम्पत्ति कब्जा आदिले माओवादी लोकतन्त्रप्रति कसरी प्रतिबद्ध हुन सक्छ भन्ने एक प्रश्नमा माओवादी अध्यक्ष दाहालले भने- हामीले संविधान निर्माणका लागि यो अभियान थालेका हौं‌। कहीँ कहीँ खुकुरी तालिम देखिएको छ, त्यो हामीले रोकिसकेका छौं। नेपालका कुन पार्टी त्यो प्रवृत्तिबाट मुक्त छन् ? माओवादीको खुकुरी मात्र देख्ने आँखाबारे पनि विचार गर्नुपर्ला।

विद्यालय बन्दबारे सोधिएको प्रश्नमा माओवादी अध्यक्ष दाहालको भनाइ थियो- निजी विद्यालयमा व्यापारीकरण भएकाले यस्तो भएको हो। निजी विद्यालयले बढाएको शुल्क वृद्धि उचित छैन, त्यसैले सबै राजनीतिक दलको यसमा सहमति भएकाले दलहरुले यसबारे नबोलेका होलान्।

यही प्रश्नमा कङ्ग्रेस नेता सुशील कोइरालाको भनाइ थियो- शुल्कको कुरा भए बसेर कुरा गर्नुपर्छ तर अहिले शुल्कको निहुँमा माओवादी विद्यार्थीले कार्यकर्ता राख्न विद्यालय बन्द गराएका हुन।

एमाले महासचिव ईश्वर पोखरेलले यही प्रश्नमा भने- कानुनसम्मत ढङ्गले समाधान खोजिनुपर्छ तर अहिले दबाब र धम्कीको भरमा आफ्नो आन्दोलनमा आएकालाई राख्न माओवादीले विद्यालय बन्द गराएको हो। यसप्रति सहमति राख्न सकिन्न।

शान्ति र संविधानबारेको अर्को प्रश्नमा एमाले अध्यक्ष झलनाथ खनालले भने- यसका लागि सहमति नगरी हुँदै हुन्न। माओवादी अध्यक्षले जबर्जस्ती चन्दा लिने काम बन्द गर, नगरे कारबाही हुन्छ भन्नु सक्नुहुन्छ कार्यकर्तालाई ?

त्यसपछि दाहालले भने- यो हाम्रो पार्टीको नीति हैन। मैले स्वेच्छिकभन्दा बढी नगर्न भनेको छु। अहिले पनि जबर्जस्ती चन्दा नलिन म निर्देशन दिन्छु। माओवादीले केही चन्दा माग्यो भने ठूलै आतङ्क हुने तर दिनरातै अरबौं भ्रष्टाचार गर्दाचाहिँ कसैलाई केही नहुने, यो के हो ?

माओवादी अध्यक्ष दाहालले ठूला उपलब्धिहरु प्राप्त भएकाले संविधान बनेन भन्दैमा निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् र भनेका छन्- अझै धेरै गर्न सकिन्छ, घेराउ गरिहाल्नुपर्ने र यतिविधि निराश भइहाल्नुपर्ने अवस्था छैन ।

यसैगरी कङ्ग्रेस नेता सुशील कोइरालाले जमिन कब्जा, वाइसिएल गतिविधि माओवादीले जारी राखेकाले शान्ति हुन नसकेको बताए। यही कारण पहिलो प्राथमिकतामा रहेको अमनचयन कायम हुन नसकेको पनि उनको भनाइ थियो।

यसैरी नै एमाले अध्यक्ष झलनाथ खनालले निराश भइहाल्नुपर्ने अवस्था नआएको बताए। अहिले केही उतार आएको भन्दै उनले यही कारण सबै उपलब्धि समाप्त भइहाल्छ कि भन्ने नसोच्न पनि आग्रह गरे।

माओवादी लडाकुबारे छलफलमा कङ्ग्रेस नेता कृष्ण सिटौलाले उनीहरुलाई नेपाली सेनामा समायोजन गर्ने भनेर कतै उल्लेख नगरिएको बताए । तर माओवादी अध्यक्ष दाहालले भने त्यहाँ सेनाको लोकतन्त्रीकरण गर्ने भनिएको र त्यसको अर्थ समायोजन वा नयाँ सेना निर्माण नै भएको दाबी गरे।

त्यसैगरी लडाकुहरु विशेष समितिअन्तर्गत रहनुपर्नेमा सरकारी पैसा खाएर माओवादीअन्तर्गत नै रहेका र युद्धको तयारी गरिरहेका भनाइ कङ्ग्रेस नेता रामशरण महतको रह्यो। उनले दाहालले लडाकुहरु अबदेखि विशेष समितिअन्तर्गत रहने भनेर धेरै पहिले भने पनि व्यवहारमा उनीहरु माओवादीकै रहेको र उसैले प्रशिक्षण दिइरहेको बताए।

यसरी नै एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले हिंसासँग सम्बन्ध विच्छेद गर्न नचाहेकाले शान्ति स्थापनामा समस्या आएको बताए। र, भने- माओवादी सेना र नेपाली सेना 'इक्वेल' हुँदै हैनन् । एकैरुपले हेरिनु हुँदैन। माओवादी सेना सामाजिक समस्या पनि भएकाले यसको चाँडै टुङ्गो लगाइएन भने ठूलो हानि हुन सक्छ। हतियारप्रतिको मोह नराख्ने हो भने र आफ्ना एजेण्डा कार्यान्वयन गराउन तिनै लडाकु सहायक हुन्छन् भन्ने मोह नराख्ने हो भने शान्ति कायम हुन सक्ने उनले बताए।

यसैगरी बाबुरामले सेना समायोजन र संविधान निर्माण सँगै हुनुपर्ने पनि बताए। र, भने- संविधान वा सेना समायोजनमध्ये कुन पहिले भन्ने कतै उल्लेख छैन। दाहालले भने सेना समायोजनमा आफूहरु एकदम लचिलो हुन तयार रहेको बताएका थिए।

कङ्ग्रेस नेता सिटौलाले आफूले गिरिजाप्रसाद कोइरालासँग कुराकानी हुँदा माओवादी अध्यक्षसँग ३ हजार लडाकु समायोजन गर्ने सहमति भएको जानकारी दिएको बताएका छन्। तर दाहालले भने सङ्ख्याका बारेमा केही कुरा भए पनि त्यो आधिकारिक भने नभएको उल्लेख गरे।


चन्दा निषेधित क्षेत्र सौराहामा पनि एकिकृत माओवादीले चन्दा माग गरेपछि पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। आन्दोलनका लागि भन्दै उनीहरुले चन्दा मागेका हुन। पटक-पटकको चन्दा आतङ्कका कारण पर्यटन व्यवसाय धरासायी भएको भन्दै गत वर्ष व्यवसायीले सौराहालाई चन्दा निषेधित क्षेत्र घोषणा गरेका थिए।

'निषेधित क्षेत्रमा पनि प्रतिव्यवसायी दुई लाखसम्म चन्दा माग गरिएको छ'- क्षेत्रीय होटल एसोसिएसन (हान) का अध्यक्ष शङ्कर सैजूले भने। 'मलाई नै पनि एक लाख चन्दा दिन भनिएको छ, सैंजूले थपे- अरु डेढ दर्जनभन्दा बढी पर्यटन व्यवसायीलाई पनि चन्दाका लागि चिठी आएको जानकारी एसोसिएसनमा आएको छ।' व्यवसायीलाई नगद र जिन्सी चन्दा दिएर सहयोग गर्न माओवादीले चिठीमा आग्रह गरेको उनले बताए।

सौराहाका व्यवसायीलाई माओवादी कार्यकर्ताले सिधै फोनबाट र भेट गरेर पनि चन्दा माग गरेको व्यवसायीले बताएका छन्। सौराहाको होटल वाइल्ड लाइफ क्याम्प, बाघमारा वाइल्डलाइफ रिसोर्ट, रोयल पार्क, जङ्गल सफारी, जङ्गल नेपाल रिसोर्ट, ग्रीनमेन्सनलगायतलाई तोकेरै दुई लाख रुपैयाँ चन्दा माग गरिएको उनीहरुले बताए। अन्यसँग भने डेढदेखि एक लाखसम्म चन्दा मागिएको व्यवसायी बताउँछन्।

माओवादी आन्दोलनको हल्लाका कारण सौराहामा पर्यटक आगमन पनि ह्वात्तै घटेको क्षेत्रीय होटल सङ्घले जनाएको छ। बन्द र आन्दोलनका हल्लाले सौराहामा ८० प्रतिशत होटल खाली रहेको सङ्घले बताएको छ। 'दैनिक तीन सयभन्दा बढी पर्यटकले हात्ती चढ्थे तर अहिले छैन्, सङ्घका पूर्व अध्यक्ष गिरिधारी चौधरीले भने। त्यहीमाथि चन्दा आतङ्क, बरु होटल बन्द गर्छौ तर चन्दा दिन्नौं'- उनले आक्रोश पोखे।

होटल व्यवसायीसँग चन्दासँगै राजधानी लैजान कर्मचारी पनि एकिकृत माओवादीले मागेका छन्। एउटा होटलबाट पाँच जना र एक हात्तीको एक जनाको सङ्ख्यामा कर्मचारी माग गरिएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष शङ्कर सैजू बताउँछन्। चन्दा र मान्छे दुवै मागेकाले सो विषयमा होटल व्यवसायीको प्रतिक्रिया दिन छलफल भैरहेको सैंजूले बताए।

मेरो होटलबाट तीन जना मागेका छन्- अर्का व्यवसायी सुवास गौतमले भने। एकिकृत माओवादीका जिल्ला इन्चार्ज अनिल शर्माले भने कसैसँग पनि जबर्जस्ती चन्दा नमागिएको दाबी गरे। स्वेच्छिकरुपमा आर्थिक सहयोग माग गरिएको उनको भनाइ छ।

सौराहामा बन्द हड्तालका बाबजुद पनि हाल ७० होटल सञ्चालनमा छन्। पर्यटकलाई थप सेवा दिन होटल बाहिर पनि १५ भन्दा बढी साना रेष्टुरेन्ट र पव सञ्चालित छन्।

माओवादीले व्यापारीलाई कुटपीट गरेपछि तनहुँ भिमादका व्यापारीहरुले बुधबार भीमाद बजार बन्द गर्दै माओवादी विरुद्ध नाराबाजी गरेका छन्। चन्दा नदिएको भन्दै बाईसिएलका कार्यकर्ताले मंगलबार राती तनहुँ भिमादका ५ व्यापारीलाई कुटपीट गरेका थिए।

मोटर साइकलमा आएका वाईसिएलका १० जना कार्यकर्ताले चन्दा नदिएको भन्दै भिम सिंह थापा, राकेश बतास, कृष्ण श्रेष्ठ, मणी थापा र तारा रानालाई कुटपिट गरेका हुन्।

कुटपीटको विरुद्धमा तनहुँ उद्योग वाणिज्य संघ, भिमाद बजार इकाईले बजार बन्द गराएको हो। चन्दाको विषयलाई लिएर खैरेनीटार क्षेत्रबाट गएका वाईसिएलका कार्यकर्ताले व्यापारीमाथी आक्रमण गरेकाले बजार बन्द गरिएको भिमाद बजार इकाइका अध्यक्ष हस्त बहादुर खड्काले बताए। माओवादीले केही दिनदेखि जिल्लामा चन्दा संकलन अधियानलाई तिब्र बनाएको छ।

एकीकृत नेकपा माओवादीले ‘तेस्रो जनआन्दोलन' को नाममा चन्दा आतंक तीव्र पारेपछि उद्यमी व्यवसायीहरू उच्चस्तरीय नेतासँग सम्पर्क गरेर रकम घटाउने दौडधूपमा लागेका छन्।

बैंक तथा वित्तीय संस्था, मनी ट्रान्सफर कम्पनी, पर्यटन, घरजग्गालगायत सबै क्षेत्रका उद्योगी व्यवसायी आफु नजिकका नेतालाई हारगूहार गरेर चन्दा रकम घटाइदिने प्रयासमा लागेका हून्। सूरुमा चन्दा आतंकविरुद्ध संगठित रूपमा लड्ने र एक पैसा नदिने मनस्थितिमा रहेका व्यवसायी माओवादी दबाब थेग्नै नसक्ने भएपछि उच्चस्तरीय नेतालाई भनेर कम पैसामा सल्टाउने विकल्पतिर लागेको बताउँछन्।


केही प्रतिष्ठित व्यवसायीले माओवादीका वरिष्ठ नेता बाबूराम भट्टराईसँग समेत सम्पर्क गरेका छन्। माओवादी नेताहरूले भने तोकिएको रकममा एक पैसा नघटाई चन्दा दिन दबाब दिइरहेको व्यवसायीहरूले बताए।



बैंक तथा वित्तीय संस्थासँग सबभन्दा बढी पैसा मागिएको छ। कतिपय बैंकसँग ३० लाख रुपैयाँसम्म मागेको पाइन्छ। पेट्रोलियम डिलर्स एसोसियसनसँग १० लाख रुपैयाँ मागिएको त्यहाँका एक सदस्यले जानकारी दिए। साना पम्पहरूसँग थोरैमा पाँच हजार र बढीमा जति पनि रकम माग गरिएको छ। त्यस्तै, पर्यटन क्षेत्रमा न्युनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्म मागिएको छ। घरजग्गा तथा वैदेशिक रोजगार व्यवसायीसँग कम्तिमा ५ लाख रुपैयाँ चन्दा माग गरिएको सम्बन्धित व्यवसायीले बताए।



‘हैसियतभन्दा बढी माग्न थालेपछि केही उच्चस्तरका नेतासँग रकम घटाइदिन भन्यौं,' एक मनी ट्रान्सफर कम्पनीका सञ्चालकले मंगलबार नागरिकसँग भने, ‘तर नेताहरूले मानेनन्।'



माओवादी अध्यक्ष पूष्पकमल दाहालले गएको शूक्रबार औपचारिक रूपमै उद्योगी व्यवसायीसँग चन्दा दिएर आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसयता माओवादी कार्यकर्ता रकम तोकेरै व्यवसायीका कार्यालय र घर पूग्न थालेका छन्। चन्दाका अतिरिक्त केही व्यापारिक मल, हाउजिङ, क्याटरिङ र गोदाममा कार्यकर्तालाई बस्ने र खूवाउने व्यवस्था मिलाउनसमेत दबाब आइरहेको छ। केही व्यापारीले गोदाम खाली गरेर बस्ने व्यवस्था मिलाइदिएका छन्।


चन्दा आतंकले त्रसित राजधानीको प्रमूख व्यापार केन्द्रका व्यवसायीहरू सम्साँझै पसल बन्द गरिरहेका छन्। न्यूरोडमा मंगलबार साँझ ६ बजेतिरै धेरै पसलका सटर धमाधम बन्द गरिँदै थिए। धेरै व्यवसायीले चिनेको नम्बरबाहेक अरूको टेलिफोन उठाउनै छाडेका छन्।



नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कूमूद खनालले माओवादीको नेवा राज्य समितिको नाममा पत्र आएपछि अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टेलसँग छलफल गरेको जानकारी दिए। ‘चन्दा स्वेच्छिक हूनूपर्छ, दबाब दिएर असूल्ने कार्य बन्द गर्नूहोस् भनेर हामीले भन्यौं,' उनले भने, ‘हामीले राखेको मागमा उहाँ सकारात्मक हूनूहून्छ।'



चेम्बर अफ कमर्सका अध्यक्ष सूरेन्द्रवीर मालाकारले चन्दाको सीमा नाघेको बताए। ‘परिस्थिति गम्भीर भएकाले कतिपय व्यापारी पसल बन्द गर्न बाध्य छन्,' उनले भने, ‘व्यापारिक मल, क्याटरिङ, गोदाममा बसोबासको व्यवस्था मिलाउन पनि दबाब आइरहेको छ।'



हाउजिङ
राजधानीको हाउजिङ व्यवसायले चन्दाका अतिरिक्त माओवादी कार्यकर्तालाई बस्ने र खूवाउने व्यवस्था मिलाउने दोहोरो मार झेल्नूपरेको छ। निर्माण पुरा भएका अपार्टमेन्टमा बसोबासको व्यवस्था मिलाउन दबाब आएको हाउजिङ व्यवसायीहरूले बताएका छन्। अहिले नाफा बढी भएको क्षेत्र यही हो भन्दै हैसियतभन्दा बढी रकम माग गरिएको एक व्यवसायीले बताए। राष्ट्र बैंकले घरजग्गा लगानीमा गरेको कडाइले चार महिनादेखि सिथिल बनेको यो क्षेत्र चन्दा आतंकले झनै समस्यामा परेको छ।


‘बन्दै गरेका अपार्टमेन्ट र हाउजिङमा पनि कार्यकर्ता राख्न परेको छ,' ती व्यवसायीले भने ‘खाना र ओड्ने- ओछ्याउने व्यवस्था गर्न दबाब दिएका छन्'।


बैंकिङ क्षेत्र
माओवादी निकट संगठनहरूले केन्द्रदेखि उपत्यका बाहिरका वाणिज्य बैंकहरूसँग चन्दा माग्दै पत्र पठाएका छन्। लगातार पत्र आएपछि बैंकरहरूले आतंकित भएर ‘कति चन्दा' दिने भनी छलफल गर्न थालेका छन्। ‘आर्थिक सहयोग गर्नूपर्‍यो भनेर विकास बैंकहरूलाई भनिएको छ,' विकास बैंक एसोसिएसनका अध्यक्ष झपड बोहोराले भने, ‘यसले बैंकिङ क्षेत्रमा त्रासको अवस्था आएको छ।'



चन्दाको समस्या सूल्झाउन वाणिज्य बैंक र वित्तीय कम्पनी संघसँग मिलेर माओवादी शीर्ष नेताहरूसँग भेट्ने समय मिलाइरहेको उनले बताए।



वित्त कम्पनी एसोसिएसनका उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठले पनि ‘पहिले अदृश्य रूपमा चन्दा उठाइने गरेकामा खूलेआम रसिद काटेर चन्दा लिन थालेको' बताए। ‘हामीलाई वासलातमा देखाउन पनि गाह्रो भएको छ,' उनले भने, ‘नदिए विगतमा जस्तो भौतिक कारबाही होला भन्ने डरले दिनैपर्‍यो।' घटीमा ५ हजारदेखि ३० लाख रुपैयाँसम्म चन्दा मागिएको उनले बताए। कतिपय वित्तीय संस्थाले बार्गेनिङ गरेर क्षमताअनूसार चन्दा दिइरहेको उनले जानकारी दिए।



पर्यटन क्षेत्र
माओवादीले पर्यटन क्षेत्रका होटल, ट्रेकिङ, ट्राभल, वायूसेवा कम्पनी लगायतलाई पत्र पठाएर सक्दो आर्थिक सहयोग गर्न पत्र पठाएको व्यवसायीले बताए। माओवादीले वैशाख १८ को मे दिवसका लागि आर्थिक सहयोग गर्न उल्लेख गर्दै पत्र पठाए पनि टेलिफोनबाट रकम तोकेरै माग्न थालेको गूनासो व्यवसायीले गरेका छन्।


‘मजदूर दिवसका लागि सक्दो आर्थिक सहयोग गर्न आग्रहसहित पत्र पठाएका छन्,' एक पाँचतारे होटलका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनीहरूले आफ्ना कार्यकर्तालाई खाने र बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्। मजदूर दिवसमा कर्मचारीलाई पनि लाने भनेका छन्।'
पत्रमा रेट नतोके पनि सक्दो आर्थिक सहयोग भनेका कारण आफुहरू थप अन्योलमा परेको उनले बताए। उनका अनूसार केही अन्य पाँचतारे होटलसहित आफ्नो होटलमा माओवादीले ‘मजदूर' नामक बूलेटिन दिँदै १५ हजार रुपैयाँको बिल थमाउन थालेका छन्। कम भएका कारण यो रकम व्यवसायीले माओवादीलाई दिएका छन्।


ट्रेकिङ तथा ट्राभल क्षेत्रमा न्युनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्म चन्दा मागिएको सम्बद्ध व्यवसायीले बताए। ‘मलाई तीन लाख रुपैयाँ मागेका थिए र तल झर्दै १ लाख भए पनि हूने भनेका छन्,' ठमेलस्थित एक ट्राभल व्यवसायीले भने। उनका अनूसार कसैलाई ३ लाख, कसैलाई ४ लाख र कसैलाई १० लाख रुपैयाँसम्म मागेका छन्। कमलादीस्थित एक ट्राभल व्यवसायीले माओवादीको चिठी आए पनि रकम तोकेर नमागेको बताए।
दरबारमार्गस्थित एक ट्राभल कम्पनीका सञ्चालकले माओवादीको जबर्जस्ती चन्दा असूलीबाट आफुलाई ताज्जूब लागेको बताए। ‘हामीसँग जबर्जस्ती पैसा लिएर जनतालाई दूःख दिने?,' ती व्यवसायीले भने, ‘यो कस्तो तरिका हो?, व्यवसायीलाई चिढाएर पैसा असूल्दा भविष्यमा माओवादीलाई नै घाटा हून्छ। हामीलाई खूसी पारेर लिन सक्नूपर्‍यो।'

सुचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले एकीकृत माओवादीले वैशाख १८ गतेदेखि गर्ने आन्दोलन हिंसात्मक भए नेपाली सेना समेत परिचालन गर्न सकिने बताएका छन्। 'माओवादीको आन्दोलन असामान्य भएमा नियन्त्रण गर्नका लागि सरकारले कुनै कसर बाँकी राख्दैन,' मन्त्री पोखरेलले भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक