20100428

नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी उच्च सतर्कतामा

Breaking News....माओवादी वाइसियल, उसका लडाकु र लाठी खुकुरी र हात हतियार तालिम दिएकाहरु  पनि उच्च सतर्कतामा          
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली सेनाले बिदामा रहेका सबै सैनिकलाई ब्यारेक फिर्ता बोलाएको छ। एकीकृत नेकपा (माओवादी) ले राज्यसत्ता नै कब्जा गर्ने उद्देश्यका साथ आफ्ना कार्यकर्तालाई हतियारसहित राजधानी भित्र्याएपछि सैनिक मुख्यालयले सुत्केरी र क्रियाबिदाबाहेक अन्य बिदा नदिने निर्णय गरेको स्रोतले जानकारी दियो। सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र क्षत्रीले बिदामा बसेका सैनिक जवानदेखि अधिकृतसम्मको बिदा कटौती गरिएको बताउनुभयो। सरकारले माओवादीले.....
शान्तिसम्झौता उल्लंघन गरी हतियारधारी कार्यकर्तालाई राजधानी ल्याई शक्ति प्रदर्शन गर्न लागेको भन्दै सबै सुरक्षानिकायलाई उच्च र्सतर्कता अपनाउन निर्देशन दिएपछि सेनाले उक्त निर्देशन दिएको बताइएको छ। त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि मुलुकभरका चौकीमा कार्यरत जवानदेखि अधिकृतसम्मलाई बिदामा नबस्न र आफ्नो क्षेत्रभित्र सावधानी अपनाएर बस्न निर्देशन दिएका छन्। सरकारले माओवादी जुन रूपमा प्रस्तुत हुन्छ, त्यही रूपमा सुरक्षानिकायलाई प्रस्तुत हुन निर्देशन दिएपछि सबै सुरक्षानिकायले आ-आफ्नो तयारी गरिरहेको बताइएको छ। यता नेपाली सेनाले भने माओवादीसँग अहिले नै सत्ता कब्जा गर्न सक्ने सामर्थ्य नभएकाले डराउनुपर्ने स्थिति नरहेको जानकारी सरकारलाई गराएको स्रोतले बताएको छ। सरकारले हतियार लिएर राजधानी छिरेका माओवादीलाई जुनसुकै हालतमा पक्राउ गरी कारबाही अगाडि बढाउनसमेत निर्देशन दिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक