20100402

जनविद्रोहको लागि नयाँ सुरक्षादस्ता परिचालन

"जनविद्रोह" नै निकटको विकल्प रहेको र त्यसैमा टेकेर जनगणतन्त्रको अभियान : सीपी गजुरेल
जनविद्रोहको तयारीका लागि एकीकृत माओवादीले विराटनगर, सुनसरी–मोरंग औधोगिक करिडोरलगायत सुनसरीका दुई सहरमा ‘करिडोर आर्क’ नामको नयाँ सुरक्षादस्ता परिचालन गर्न थालेको छ ।...

जसमा माओवादी लडाकू रहेको इलामको चुलाचुलीस्थित एक नम्बर डिभिजनमा अयोग्य ठहरीएका लडाकूहरुलाईपनि संगठित गरिएको छ । ‘माओवादीको जनविद्रोह र अन्तिम लडाइको विकल्पका रुपमा पछिल्लो समयमा यो दस्ता निर्माण गरेर अभियानको नाम दिइएको छ ।’ माओवादी स्रोतले वतायो । नयाँ दस्तामा सम्पर्कमा रहेका अयोग्य ठहरीएका एक सय बढि लडाकूहरु संगठीत भएका छन् ।
विशेष यो दस्ताको काम सुनसरी–मोरंग औधोगिक करिडोर क्षेत्रमा प्रभाव र कव्जाका लागि सहज हुने योजना रहने बुझिएको छ । ‘करिडोर आर्क’लाई तीनवटा डिभीजन बनाइएको छ । जसअन्तर्ग एउटा सपोर्ट डिभीजन र अन्य दुई डिभीजन रहेका छन् । माओवादी कोचिला राज्य समिति एक सदस्यका अनुसार सुनसरीको धरानदेखि दुहवीसम्मको सहरी र औधोगिक क्षेत्रमा एउटा डिभीजन छुट्याइएको छ भने सुनसरी सदरमुकाम इनरुवादेखि सुनसरीको दक्षिणवर्ती गाविस कप्तानगञ्जसम्ममा अर्को डिभिजन छुट्याइएको छ । त्यसको निर्देशन र परिचालनका लागि सुनसरीको दुहवी, घुस्की र विराटनगरसम्मका लागि सपोर्ट डिभिजन छुट्याइएको छ । जसले अन्य दुई डिभिजनलाई समेत कमाण्ड गरेको छ । सपोर्ट डिभिजनको नेतृत्व एकीकृत माओवादी सुनसरीकी सहइञ्चार्ज शारदाले गरेकी छन् । उनका अनुसार माओवादीले तय गरेको शान्ति र नयाँ संविधान सफल बनाउनका लागि यो आर्क गठन गरिएको हो । तर, यस दस्ताको उदेश्य १४ जेठमा संविधान जारी नभएको खण्डमा हुने विद्रोहका लागि संगठनलाई बलियो बनाउने हो । त्यो क्षेत्रमा सुरक्षाअवस्था कमजोर रहेको र राज्यको पहुँच कम रहेका कारण माओवादीले आफ्नो पहुँच बढाएको हो ।
 दस्तामा अयोग्य ठहरीएका लडाकूहरु र माओवादीका राज्य समिति सदस्यहरुको मात्र संलग्नता गराइएको छ । जसमा जिल्ला र क्षेत्र तहका कसैलाई पनि समेटिएको छैन । ‘यो पार्टीको विशेष योजनामा बनेको दस्ता भएका कारण सम्पर्कमा रहेका अयोग्य भनिएका हाम्रा लडाकूहरु र राज्यसमितिका सदस्यहरु सम्मिलित दस्ता हो । यसको काम नै जनविद्रोहको पूर्वतयारी गर्ने हो ।’ एकजना राज्यसमिति सदस्यले भने ।

पूर्वी कमाण्ड इञ्चार्ज समेत रहेका माओवादीका सचिव सीपी गजुरेल पार्टीका जनवर्गिय संगठनहरुको प्रशिक्षण र पार्टीको केन्द्रिय योजनाका बारेमा जानकारी गराउन व्यस्त रहेका छन् ।
गजुरेलले सुनसरी, मोरंग र झापाका जिल्ला स्तरका वाइसीएलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् । सो क्रममा संगठन विस्तार र प्रतिरक्षाका लागि तयार रहन उनले निर्देशन पनि दिएका छन् । ‘जनविद्रोह नै निकटको विकल्प रहेको र त्यसैमा टेकेर जनगणतन्त्रको अभियान पार्टीले लिएका कारण सवै मिलेर लाग्नुपर्ने कुरा आएको छ ।’ वाइसीएलका एकजना नेताले भनेका छन् ।
आन्तरिक प्रशिक्षणका क्रममा गजुरेललाई उद्रीत गर्दै स्रोतले भन्यो,‘पार्टीले सरकारको नेतृत्व गर्ने मनसाय होइन, नेतृत्व गरेर पनि समयमा संविधान बन्दैन । त्यसैले नेतृत्व लिदैन । त्यसपछि विद्रोहका लागि हामीलाई सजिलो हुनेछ । त्यसका लागि हामी तयार रहनुपर्छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक