20100410

राष्ट्रपती, प्रधान सेनापती, मन्त्रिहरु लगायत सबार सबैको जहाज दुर्घटनामा मृत्‍यु, देश शोकमग्न

EXCLUSIVE NEWS.....
पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्कीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्। बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल....
नजिकै सो विमान रुखमा ठोक्किन पुगेको थियो। पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकारसहित सो विमानमा 132 जना सवार थिए। रुसका आपत्कालीन मन्त्रीका अनुसार सो विमान स्थानीय समयअनुसार करिब बिहान करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो।

गैर आवासीय नेपाली संघ पोल्यान्ड
                               
                                                  हार्दिक समवेदना
                                                   
                                                                           मिती 11/04/2010                
                                        दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जादै गर्दा बेलारुस सँगैको रुसी सिमाना स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खस्दा भएको विमान दुर्घटनामा  पोल्यान्डका रास्ट्रपति लेक काजिन्स्की,उहाकी धर्म पत्नी मारिया काचिन्स्का ,पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकार लगायत  पोल्यान्डका  उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको  समाचारले सम्पुर्ण गैरआवासीय नेपाली समुदायलाई एबम पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।
     संपुर्ण राष्ट्रका लागि यो अपुरणीय  क्षति हो । यस दुखद घडिमा यो संघ  पोल्यान्डको राष्ट्रपतिको परिवार लगायत उक्त घटनामा ज्यान गुमाएकाहरुको परिवार प्रति   हार्दिक समवेदना प्रकट गर्दछ ।  यस् दु:खद घडीमा पोल्यान्डका सम्पूर्ण पोलिश जनताहरु प्रति  धैर्य धारण गर्ने शक्तिको लागि कामना गर्दछ ।   साथै  सम्पूर्ण दिवंगत् आत्माको  चीर शान्तीको कामना गर्दछ ।                                                      

   
मित्र लाल पार्दे                                                                 बोधराज सुबेदी
 सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड                  अध्यक्ष गैर आवासीय नेपाली संघ पोल्यान्ड 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक