20100505

प्रहरी चौकीमा आक्रमण, हतियार लुटेर लगे

चौथो दिनको माओवादी आमहडताल : देशभर अस्तव्यस्त
अज्ञात समूहले खोटाङको नुनथला प्रहरी चौकीमा आक्रमण गरी त्यहाँ रहेका हतियार लुटेर लगेका छन्। आक्रमणपछि प्रहरी सहायक निरीक्षक राजकुमार खड्कासहित ११ जना प्रहरी अहिलेसम्म सम्पर्कमा आएका छैनन्। राति पौने ८ बजे हतियारसहित आएका करिव ४०/५० जनाको समूह चौकीमा प्रवेश गरी त्यहाँ भएका ११ थान थ्री नट थ्री राइफल, एकथान, चाइनिज पेस्तोल र तिनका ५१४ थान गोली लुटेर लगेको प्रहरीले जनाएको छ। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी
 कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङसहितको टोली घटनास्थलतर्फ लागेका छन्। घटनास्थल सदरमुकाम दिक्तेलदेखि चारकिलोमिटर उत्तरमा पर्छ ।

 चौथो दिनको माओवादी आमहडताल क्रममा बुधबार देशभरको जनजीवन अस्तव्यस्त भएको छ । राजधानीमा माओवादीले बिहानै सिंहदरवार घेराउ गरेका थिए । माओवादीले बुधबारबाट मन्त्रीहरुलाई सिंहदरवार प्रवेश गर्न नदिने कार्यक्रम राखेको थियो । तर अधिकांश मन्त्रीहरु बिहान ३ बजेनै सिंहदरवार प्रवेश गरिसकेका छन् । माओवादीले आफ्नो आन्दोलन सिंहदरवार केन्द्रीत गरेपछि सरकारले त्यसक्षेत्रको सुरक्षा व्यवस्थ अझ सुदृढ पारेको छ । सञ्चारकर्मीलाई भने विहान सिंहदरवार प्रवेश दिइएको छैन । उपप्रधान मन्त्री बिजय गच्छेदार, गृहमन्त्री भीम रावल, सञ्चार मन्त्री शंकर पोखरेललगायतका मन्त्रीहरु माओवादी कार्यकर्ताहरु सिंहदरवार वरिपरी जम्मा हुनुअघि नै मन्त्रालय पुगिसकेका थिए । यसअघि माओवादीले प्रहरी सुरक्षामा हिंडेका मन्त्री तथा उच्च नेताहरुलाई अवरोध गरेका थिएनन् । तर, मंगलबार पनि उनीहरुले माग गरेको प्रधानमन्त्रीले राजीनामा नआएको तथा सहमति नजुटेपछि आन्दोलनलाई थप सशक्त बनाउने भन्दै मन्त्रीहरुलाई सिंहदरवार छिर्न नदिने कार्यक्रमक घोषणा गरेका हुन् । माओवादीले शान्ति र संविधान निर्माणमा आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म हड्ताल नखोल्ने जनाउदै आएका छन् । लगातारको बन्दले बजारमा उपभोग्य सामग्रीको अभाव संगै वस्तु भाउ अत्यधिक बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक