20100512

प्रचन्ड षड्यन्त्र र तिग्डम गर्न मात्र होइन नौटँकी देखाएर भित्र एउटा तर बाहिर अर्को गर्न सक्ने धुर्त नै रहेछन बा लौ हेर्नुस् !!!

Exclusive...................
"माओवादी को बिशेष गोप्य बैठकले अब सडक बाट र धम्क्याएर सरकार मा जान नसकिने पक्का भएको भन्दै एक खुल्ला कार्यक्रम मार्फत प्रचन्डले र माओवादीले आम् हड्ताल गलत भएको, काठमाडौं बासी लाई र बुद्दिजिबी लाई गाली गरेको मा माफि मागी रोएर कराएर जे गरेर हुन्छ राष्ट्रिय सरकार का नाम मा प्रचन्ड कै नेत्रित्वमा पहिला सरकार बनाउने र सेना र प्रहरी लाई हात लिएर देश माओवादीकै चाहना अनुसार पुरै कब्जा गरी एमाले, काङ्रेस लगायत का दलहरुलाई पूर्व राजाको जस्तो हालत मा पुर्याउने...
निर्णय गरे लगत्तै हिजो काठमाडौंमा प्रचन्डले अचम्मले गोहिका आशु बगाएर माफि मात्र मागेनन सरकारका हरेक सर्त पुरा गर्ने बताएर सबैलाई तीन छक पारीदिएका छन । षड्यन्त्र कुटनिती मा माहिर प्रचन्डले यो यस्तो छल रचेका छन कि अब अरु दल र बिदेशी लाई बोल्ने बाटो नहोस् तर व्यबहारमा भने माओवादी सुध्रिने होइन सबै लाई देखाइदिने भन्दै आन्तरिक तयारीमा जुटेकोछ, हिजोको प्रचन्डको राँडी रुवाइ पछी अब राजनीति झन खतरनाक मोडमा आएकोछ बुझ्ने हो भने, नबुझ्ने लाई ठिकै त हो नि भन्ने लाग्न सक्छ ।"          

                              माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका लागि सरकारले राखेका सवै सर्त पूरा गर्न तयार रहेको बताएका छन् । उनले आफूहरु लचिलो भएको फाइदा सरकारवादी दलहरुले उठाएकोमा भने आपत्ति जनाए । माओवादीको आयोजनामा बुधबार राजधानीको याक एण्ड यती होटलमा बुद्धिजिवी र नागरिक समाजसँगको बृहद अन्तर्क्रियामा दाहालले नागरिक पार्टीमा रुपान्तरण हुने, लडाकु समायोजन र वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न तयार रहेको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले २५ बैशाखमा राजधानीमा भएको जनसभामा बुद्धिजिवी तथा काठमाडौंमा बस्ने सुकिला मुकिलाहरुले माओवादीलाई हेपेको आरोप लगाउँदै हिसाव किताव लिने चेतावनी दिएपछि बुद्धिजिवीवर्गसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन माओवादीले अन्तर्क्रिया गरेको हो । दाहालले माओवादी लडाकुसँगको सम्बन्ध तोड्न तयार रहेको बताए । 'माओवादी नागरिक पार्टी नभएसम्म सहमतिको सरकार बन्दैन भन्ने कुरा आएको,' उनले भने, 'जुन दिन बिस्तृत शान्ति सम्झौता भयो त्यहींबाट हामी नागरिक पार्टी भइसकेका छौं ।' नागरिक पार्टी भएरै संविधानसभाको निर्वाचनमा भाग लिएको, हडतालमा काठमाडौंमा आएका जनता नागरिक पार्टी भएकैले आएको उनले उल्लेख गरे । दाहालले क्यान्टोन्मेन्टका लडाकुहरुलाई जेठ महिनाभित्र समायोजन प्रक्रिया सुरु गर्न तयार रहेको बताए । उनले वाईसीएलको अर्ध सैन्य संरचनालाई ४-५ दिनभित्रै भंग गर्ने बताए । त्यसका लागि वाईसीएललाई ब्यारेकबाट हटाइने उनले बताए । होटलमा खचाखच रहेका बुद्धिजीवी तथा उद्यमीहरुसँगको अन्तर्क्रियामा दाहालले संविधानसभाको म्याद थप्ने बिषयमा आफूहरुलाई अन्यौल परेको बताए । 'थप्न मान्यो भने एक बर्षसम्म रिङ्ग्याएर सिध्याउने, थप्न मानेन भने देख्यौ माओवादीले नचाहेको यसलाई खत्तम पार्नुपर्छ भन्ने मैले सुनेको छु,' उनले भने । माओवादीले सरकारका सवै सर्त माने पनि प्रधानमन्त्री माधवकुमार नेपालले अझै एक बर्षसम्म राजिनामा नदिने खवर आएको उनले बताए ।

                                    दाहालले गत शुक्रबार अनिश्चितकालीन आमहडताल फिर्ता लिन दबाबका लागि भएको शान्ति र्‍यालीमा सहभागीलाई भिजिलान्ते भनेकोमा माफी मागे । 'खुलामञ्चमा बोलेको कुराले बुद्धिजीवी र काठमाडौंका जनतालाई नमिठो लागेमा दुःख प्रकट गर्न चाहन्छु । क्षमा चाहन्छु,' उनले भने, 'मेरो उदेश्य बुद्धिजिवी र काठमाडौंका जनतालाई चित्त दुखाउनु थिएन । दाहालले अनिश्चितकालीन हड्ताल गर्ने आफ्नो पार्टीको यसअघिको निर्णयप्रति पछुतो प्रकट गरेका छन्। माओवादी केन्द्रीय कार्यालयले बुधबार बुद्धिजिवी र नागरिक समाजसँग गरेको बृहत् अन्तर्क्रियामा दाहालले भने- 'अनिश्चितकालीन हड्ताल गर्ने भनेको गल्ती हो भन्ने हामीले महसूस गर्‍यौँ।' हड्तालको मिति नतोकिनु पनि त्रुटि रहेको उनले बताए। 'हड्तालको मिति तोकेको भए मान्छेले मनस्थिति बनाउने रहेछन्'- दाहालले भने। म काठमाडौंका जनतालाई त्यो भन्न चाहन्न ।' दाहालले माओवादीले अबदेखि अनिश्चितकालीन आमहडताल नगर्ने जानकारी दिए । पहिले भएको आमहडताल पनि गल्ति थियो भन्ने निष्कर्षमा पार्टी पुगेको उनले उल्लेख गरे ।

जनताको नाममा जनतालाई मर्ुख बनाउदै
- स्वयम्भुनाथ कार्की
र्    वर्तमानमा मुलुकका सबै जसो राजनितीकदलहरु जनताका नाममा जनतालाई मर्ुख बनाउने होडमा लागेका छन । जनतालाई जसले सबैभन्दा धेरै उल्लु बनायन सक्छ त्यो नै ठूलो ठूलो दल हुने नया“ चलन चलेको छ । सभा समारोहमा सहभागी बढाउन जनताले पत्याउनु पर्दैन, जुलुस ठूलो पार्न त्यो जुलुसको नारामा जनताको स्विकृति चाहिदैन, बन्द गर्न जनतनाले मन नै गर्नु पर्देन । केवल यूवा दस्ता भए पुग्छ,  चिर्पट झण्ढा टाग्ने बहानामा बोके हुन्छ , अबज्ञा गरेको आरोपमा जनताको ढाड सेक्ने हिम्मत भए पुग्छ । यो कुरा आजका प्रमुख भनिएका सबै दलको मानसिकता तथा बास्तविकता हो ।
    कुनै कालखण्डमा सरकारको विरोधमा जनर्समर्थनको पर््रदशनको बाटो बनेको बन्द तथा हढताल सत्याग्रहको बाटो थियो । यो बाटोको सबै भन्दा असरदार तथा राम्रो उपयोग गर्ने मोहनदाश करमचन्द गान्धी थिए जो पछि महात्मा गान्धीको संज्ञाले विभुषित भए । आन्दोलनकारीले त्यस बेला कुनै पनि अबस्थामा जबरजस्ती गरेनन । अपवाद स्वरुप एउटा पुलिस चौकी माथी आन्दोलनकारीले आक्रमण गर्दा महात्मा गान्धीले आन्दोलन नै फिर्ता लिएको घटना इतिहासमा स्वर्ण्र्ााक्षरले लेखिएको छ । अझ हिन्दू मुस्लिम दंगा हिंसात्मक हु“दा आमरण अनसन गरेर त्यो दंगा रोक्न सक्ने क्षमता उनि बाहेक अरु कसैमा आएन ।
    एक पटक जा“च दिएर पास भए पछि फेरी जा“च दिन नपर्ने शैलीमा एउटा चुनाव जसरी भए पनि जितेपछि जनर्समर्थनको प्रमाणपत्र मानिने चलन नै यो सबै विकृतिको जरो हो । चुनाव भनेको योग्यताको परिक्षा होईन, केवल केहि समयलाई आङ्खनो प्रतिनिधि बनाउने प्रकृया हो । जसरी सरकारले कसैलाई अर्के मुलुकमा राजदूत बनाएर पठाएको व्यक्तिलाई कुनै पनिबेला फिर्ता बोलाउछ त्यसै गरेर जनताले आफुले चुनेका प्रतिनिधिलाई कुनै पनि बेला फिर्ता बोलाउन सक्ने व्यबस्था नहुन्जेल जनतालाई जनता कै नाममा मर्ुख बनाउने, जबरजस्ती बन्द गराएर भोकै मर्न विबश गर्ने काम दलहरुले छोडने छैनन् । परस्पर विरोधी भनिएका दलहरुको पनि जनतालाई उल्लु बनाउने तथा जनतालाई पिडा दिने काममा कुरो मिलेको छ । बरु त्यसले त यत्रो गर्‍यो हामीले त्यो भन्दा ठूलो गर्नु पर्छ भन्ने सोचाईको प्रवलता छ ।
    नेपाल सदैव अघोषित उपनिवेश रहेको छ भन्ने दलका नेताहरुको फलाकोले त्यस कुराको पुष्टि गर्दैन बरु अहिले आफुले आङ्खनो अस्तित्व विदेशीलाई सुम्पेको कुराका ठिक हो भन्ने वकालत गर्दछ । आङ्खनो जीवनकाल मै देखेका घटनाले विगतमा नेपालको कुनै पलि मुलुकको दवावमा नभएको कुरा देखिन्छ । विभिन्न मौकामा नेपालले अन्तरराष्ट्रिय जगतमा आङ्खनो ओजपर्ुण्ा धारण स्थापित गराएको तथ्य जत्तिकै लुकाउन खोजे पनि लुक्नेवाला छैन । सामरिकरुपमा, आर्थिकरुपमा वा यस्तै अरु कुनै मामिलामा कुनै वेलामा नेपालको प्रयाप्त बल नपुगेर केहि लचक भएको भने निश्चय नै भेटिन्छ । तर, यो गती नेपालले मात्र नभएर विभिन्न कालखण्डमा शक्तिशाली मुलुकहरुको पनि भएको छ । यदि यसैलाई औपनिवेशिकता मान्ने हो भने त्यो सोचाईलाई दिने संज्ञा के होला -
    तर यो अवस्था भने सधै रहेन, दलहरुको बर्चश्व भएको कालखण्डमा जहिले पनि नेपालमा भारतको प्रत्यक्ष भुमिका देखियो । कुनै सानो भन्दा सानो कुरामा पनि विदेशी राजदूतहरुको निर्देशन लिने अपमानजनक परंपराको शुरुवात भएको छ । अहिले भरखर एक अंक सकिएको आन्दोलनको मञ्चनमा पनि यो कुरा प्रष्टसंग देखियो । जनताहरुले ठूला भनिएका दलहरु संग आग्रह गरे, अनुरोध गरे तथा अनुनय विनय गरे कि हाम्रो जीवन कष्टकर नबनाई दिनुहोस । दम्भमा भरिएका दलहरुले सो कुराको सुववाई गरेनन । सडकमा तरकारी फालेर आङ्खनो पिडा देखाए तर कानमा बतास लागेन ।  केहि शिप नलागेर जनता आफै समस्या समाधान गर्न जब तत्पर भए अनिमात्र दलहरु विच खैलाबैला मच्चियो । विदेशी प्रभु भनिएकाहरु अव त वित्यास हुने भयो भनेर दौडादौड गर्न थाले । विदेशी प्रभुको सामुन्ने घु“डा नटेक्ने उद्घोष गरेकाहरु आङ्खना दुत भारत पठाउन लागे । विदेशी राजदुतहरुले दलहरुलाई एकै ठा“उमा राखेर हपारे तव मात्र जनतालाई सास्ती दिने काम फिर्ता भयो । यस कुराको प्रमाणको निमित्त विदेशी संचारमाध्यमहरुले अब तुरुन्तै समस्याको समाधान हु“दैछ भनेर पहिल्यै भन्दै थिए तर नेपाली संचारमाध्यमहरु भने यो कुरा संग अनभिज्ञ थिए ।
    अहिले पनि दलहरु र तथाकथित बुद्धिनीविहरु, जो आफुलाई जनताको मालिक सम्झन्छन, भन्दैछन यो पटकको आन्दोलन शान्तिपर्ूण्ा रह्यो । मानव अधिकारको हननको न्यून भयो । कस्तो लाजमर्नु कुरा हो यो । डण्डाको बलले गराएको बन्दलाई शान्तिपर्ूण्ा देख्ने आ“खा चिकित्सकलाई तुरन्तै देखाउनु पर्दछ । मान्छेको स्वतन्त्रतापर्ूवक व्ययसाय गर्न पाउने अधिकार मानव अभिकार भित्र पर्दैन भन्ने मानवअधिकारवादीहरुलाई मनोचिकित्सक भए ठा“ममा लग्न अति आबस्यक छ । अनि जनताको नाममा जनतालाई उल्लु बनाएर पिडा दिने दलहरुलाई तिमीहरु हाम्रा प्रतिनिधि हैनौं भनेर भन्न अति आवश्यक छ । यो कुराको शुरुवात भने भएको छ । अब सबै मिलेर आवाज उठाउनु पर्दछ खबरदार अब फेरी बसैले बन्द गरौला, लाठी , बन्दूकको बलमा जनता तर्सर्ााा । अब जनताको हातमा पनि दहि जमेको छैन ।

विराटनगर १
२०६७।०१।२५

कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति गठन


नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूति र्गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद ब्लतयल ँüजचभच ले अन्तरराष्ट्रिय जगत सामु ल्याउने कार्य गरेको  कारण उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिइनु आबस्यक देखिएको र त्यस्तो निर्ण्र्ााो कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन पर््रबर्द्धनमा सहयोग पर्ुयाइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पर्ुयाउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा र्समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सकिने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्ण्र्ाागरिएको थियो  बिस्वभरि छरिएर रहेका नेपाली बुद्धिजीबिको पहलकदमीमा गत बर्षेखि । संभाबित अधिकाधिक कार्यक्रम मार्फ बढीभन्दा बढी जन सहभागिता जुटाएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामु अरु बढी परिचित गराउनु, नक्कली कपिलबस्तु लगायत बिभिन्न गतिबिधिका कारण बुद्धको जन्मस्थलबारे सिर्जित बिस्वब्यापी भ्रम निस्तेज पार्न प्रयासरत रहनु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु जस्ता उद्धेस्यहरु लिएर शुरु गरिएको यस अभियानलाई संस्थागत गर्न रामकुमार श्रेष्ठ -वेलायत)को बिस्व संयोजकत्वमा पछि दुइ जना थपी २१ जना पर्ुयाउने गरी हाललाई १९ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिति गठन गरिएको छ ।  समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक -क्यानडा), बाबुराजा महर्जन, संयोजक -न्यूजिल्याण्ड), भानु पौड्याल, संयोजक -क्यानडा), बिनय शाह, संयोजक -हङकङ), चन्द्र र्राई, संयोजक -क्यानडा), डा हरिकुमार श्रेष्ठ, संयोजक -ताइबान), हरि नेपाली, संयोजक -कतार), लक्ष्मण देबकोटा, संयोजक -पोर्तुगल) लक्ष्मण पुरी, संयोजक -नेपाल), श्रीमति लक्ष्मी सिंखडा, संयोजक -अमेरिका),ओम गुरुङ, संयोजक -जापान), राज श्रेष्ठ, संयोजक -नेपाल), रामहरि श्रेष्ठ, संयोजक -वेलायत), सन्तोष न्यौपाने, संयोजक -बेल्जियम), सुश्री सानु घिमिरे, संयोजक -अष््ट्रेलिया), शैलेश श्रेष्ठ, संयोजक -अमेरिका), शम्भु कट्टेल, संयोजक -अमेरिका), र सुजन न्यौपाने, संयोजक - अष््ट्रेलिया) छन ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी नौ जनाको सेक्रेटरियटको ब्यबस्था गरिएको छ, जस अनुसार बाबुराजा महर्जन -अष््ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हर्ेर्ने), हरी नेपाली - मध्यपर्ूबका देशहरु हर्ेर्ने), राज श्रेष्ठ -र्सार्क मुलुकहरु हर्ेर्ने), बिनय शाह र ओम गुरुङ -जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हर्ेर्ने), शैलेश श्रेष्ठ -अमेरिका र दक्षिणी अमेरिका हर्ेर्ने), चन्द्र र्राई -क्यानडा हर्ेर्ने), र अर्को ब्यबस्था नहुन्जेलसम्मको लागि सन्तोष न्यौपाने -यूरोप हर्ेर्ने) । बिस्व संयोजक स्वत ः सेक्रेेटरियटमा रहनेछन ।

बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा र्सब स्वीकार्य महामानव, दार्शनिक  भएकाले उनी संपर्ूण्ा विस्व नागरिकको साझा संपति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौंदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नया लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दभिर्क र अझ बढी महत्व पाउनु पर्ने महसूस संपर्ूण्ा मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायितहरुले बुद्धको नामबाट नाजायज फायदा लिनका लागि बिस्वभरि नै बुद्ध भारतमा जन्मेको भन्ने किसिमले यतिसम्म दिग्भ्रमित तुल्याइसकेका छन कि अधिकांश देशका पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मेको भन्ने कुरा उल्लेख गर्ने बातावरण सिर्जना भैसकेको छ र भारत सरकारले आधिकारिक रुपमा यस्मा आफ्नो संलग्नता नदेखाए तापनि करोडौं रुपयाँ खर्च गरेर सन २०१२ सम्ममा पुरा गर्ने गरी नक्कली कपिलबस्तु निर्माणको अधिकांश कार्य समेत पुरा गरिसकेको छ । यिनै कारणले गर्दा गुगलमा बुद्धको जन्म स्थान भारतमा देखाउने -कपिलबस्तु दिवस अभियान र अन्य केही समूहद्धारा गरिएको बिरोधको कारण अहिले गुगलले यस्मा सच्याएको छ), एद्यक् जस्तो ठूलो कम्पनीले भिडिओहरु निर्माण गर्दा राजकुमार सिर्द्धार्थलाई भारतको भन्ने जस्ता गल्तीहरु गरेको पाइएकोले दिग्भ्रमित बिस्व जनताका बीच यथार्थ कुरा लैजाने जस्तो चुनौतिपर्ूण्ा कार्य पनि यस अभियानको एउटा प्रमुख उद्धेस्य भएको कारण यस उद्धेस्य पर्ूर्तिका लागि भानु पौड्याललाई बिशेष संयोजकको रुपमा चयन गरिएको छ ।

अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय र्सब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन हाललाई ५ जना नेपाली र दर्ुइ जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएको छ जस अनुसार एनेकपा माओबादीका तर्फाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फाट पर्ूव मन््त्री तथा पार्टर्ीीेन्दिय सदस्य राजेन्द््र श्रेष्ठ, बुद्धिजीबिका तर्फाट डा कबिताराम श्रेष्ठ र उद्योग ब्याबसायीका तर्फाट अष््ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धामिर्क शिक्षकहरुको संजाल फैल्याउन सक्षम, केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी ब्नलष् ँचबलप भ्ष्अपभrmबलल र ध्जष्तभ ऋयलअज म्जबrmब ऋभलतभच का आध्यात्मिक निर्देशिका  अमेरिकाकी म्omय न्भकजभ च्ष्लउयअजभ हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिनेछ ।

कपिलबस्तु दिवस अभियानले जाकारियाको दुस््प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गरेर त्यस्लाई सुधार्न लगाउने, आफ्नो ब्लग मार्फ यस किसिमका भ्रमहरुलाई निस्तेज पार्न सक्दो प्रयास गर्ने, एद्यक् ले बुद्धका बारे गलत जानकारी सहित भिडिओ निकाल्न लागेकोमा सच्याउन लगाउन प्रयाश गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । र यस्ता संबेदनशील बिषयमा नेपाल सरकार, संचारकर्मी, बुद्धिजीबि र संपर्ूण्ा नेपालीलाई यथोचित ध्यान दिन र यस किसिमका गतिबिधिमा सक्दो सहयोग गर्न कपिलबस्तु दिवस अभियान हादिर्क अनुरोध गर्दछ ।

Kapilvastu Day Movement Global Committee Formed


As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.

Originally, on December 1, 1896, Dr Anton Führer, a German archaeologist, had discovered the Buddha’s birthplace when he found the Asoka Pillar at Lumbini. Even though this site was first discovered by Khadga Shamsher Rana before Führer had reached the site but Führer is credited for this discovery as he brought it into light and made it known to the international community.

The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini.

After celebrating the Kapilvastu Day as the Global Day for the first time in history on December 1, 2009, we discussed on how to keep the program going ahead. Hence a 19 member committee (which will be of 21- member in the future) has been formed as the Kapilvastu Day Movement Global Committee under Ram Kumar Shrestha’s leadership. The committee is constituted as follows:

1. Ram Kumar Shrestha Global Coordinator, UK
2. Abi Sharma Coordinator, Canada
3. Baburaja Maharjan Coordinator, Newzealand
4. Bhanu Poudyal Special Coordinator, Canada
5. Binay Shah Coordinator, Hongkong
6. Chandra Rai Coordinator, Canada
7. Dr. Hari Kumar Shrestha Coordinator, Taiban
8. Hari Nepali Coordinator, Qatar
9. Laxman Devkota Coordinator, Portugal
10. Laxman Puri Coordinator, Nepal
11. Mrs Laxmi Simkhada Coordinator, USA
12. Om Gurung Coordinator, Japan
13. Raj Shrestha Coordinator, Nepal
14. Ramhari Shrestha Coordinator, UK
15. Santosh Neupane Coordinator, Belgium
16. Miss Sanu Ghimire Coordinator, Australia
17. Shailesh Shrestha Coordinator, USA
18. Shambhu Kattel Coordinator, USA
19. Sujan Neupane Coordinator, Australia

To make the movement more effective and to simplify the decision making process of the committee a nine member secretariat has been formed and the secretariat members shall be the regional coordinators of corresponding regions as follows:

1. Baburaja Maharjan (Australia, Newzealand and surrounding countries),
2. Hari Nepal (Middle East),
3. Binay Shah and Om Gurung (Japan, Hongkong, China and surrounding countries),
4. Shailesh Shrestha (USA and South America),
5. Chandra Rai (Canada)
6. Santosh Neupane (Europe).
7. Raj Shrestha (SAARC)

The Global Coordinator shall be the Chief in the secretariat which shall be located in London.

Bhanu Poudyal shall be designated as the Special Coordinator, to inform those who are misinformed particularly on Lumbini, and the birth place of the Buddha.

To smoothly spread the Movement’s Peace Mission at national and International levels a seven member Advisory Board shall be formed with the following members:

a) Mr. Agni Frank Eickermann (writer, Founder of Spiritual Teachers Training, Alpha Chi Consultants, and "Path into Light", Speaker: Spirituality, Traditional Chinese Medicine, Feng Shui, Management solutions, Golden Age, USA),

b) Dr. Arzu Rana-Deuba (CA member and MP),

c) HE Deepak Khadaka (Consulate General, NSW, Australia),

d) Ms Domo Geshe Rinpoche (Spiritual Director, White Conch Dharma Center, USA),

e) Dr. Kavitaram Shrestha (writer and founder of Aswikrit Movement),

f) Mr. Rajendra Shrestha (former minister), and

g) HE Dr. Rishi Adhikari (Nepali Ambassador to Malaysia)

The Movement expects coordination and cooperation in attaining its objectives from Nepal government, intellectuals, journalists and all peace movement committed institutions from different part of the world and committed to give its hands to all peace loving institutions.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक