20100511

राजनीतिक अबस्थाका बारेमा राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता, संविधान सभाको बिषयमा छलफल

राष्ट्रपति रामबरण यादवसँग प्रधानमन्त्री माधबकुमार नेपालले आज भेटवार्ता गर्नुभएको छ। राष्ट्रपतिसँगको भेटका लागि प्रधानमन्त्री नेपाल साँझ पाँच बजे पछि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको थियो। करिव आधा घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री नेपालले राष्ट्रपति यादवलाई मुलुकको पछिल्लो राजनीतिक अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो। एकीकृत नेकपा माओवादीको आन्दोलन, संविधान सभाको म्यादका बिषयमा भैरहेको छलफल तथा दलहरुबीचको सहमतिको प्रयासका बारेमा पनि प्रधानमन्त्री नेपालले राष्ट्रपति यादवलाई जानकारी गराउनु भएकोछ।
"माओवादीको टेलर आन्दोलनमा सुरक्षाकर्मीको कार्य पनि टेलर मात्रै" : गृहमन्त्री भिम रावल
गृहमन्त्री भिम रावलले माआवादी आन्दोलनका क्रममा सुरक्षाकर्मीले संयमता अपनाएका कारण ठुलो क्षति हुन नपाएको बताएका छन्। उनले सुरक्षाकर्मीले लगनशिलताका साथ जिम्मेवारी पुरागरेको बताए। काठमाडौंको प्रर्दशनीमार्ग स्थित नेपाल पुलिस क्लवमा मंगलबार उपत्यकाका प्रहरी अधिकृतलाई....
निर्देशन दिने क्रममा उनले माओवादीको टेलर आन्दोलनमा सुरक्षाकर्मीको कार्य पनि टेलर मात्रै भएकाले अप्रिय घटना नभएको बताउनु भयो। माआवादी अध्यक्ष पुष्पकमल दाहालले तेस्रो जनआन्दोलनको रुपमा सुरु भएको आमहडताल टेलर मात्र भएको भन्दै सरकारले बेवास्ता गरे आन्दोलनको पूरा फिल्म देखाउने बताएको केही दिन पछि गृहमन्त्रीको यस्तो धारणा आएको हो। गृहमन्त्री रावलले माओवादी आन्दोलनका क्रममा सुरक्षाकर्मीले देखाएको संयमताको प्रशंसा गर्दै शान्ति सुरक्षा बनाउन प्रहरी संगठन सक्षम रहेको बताए। नेपाल प्रहरीले मन्त्री रावललाई दुई नम्बर गणबाट ५० जना भन्दा बढीको प्रहरी टोली क्लबमा ल्याई मञ्च बनाएर सलामी दिएको थियो। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक