20100511

६०१ जनाको मागी खाने भाडो र असफल देश

- अनिलभक्त खरेल
    २५ दलहरुलाई संविधान लेखनरुपी परीक्षाको लागि छुट्याइएको समय अबको २ सातामा सकिदैछ । जसरी स्कूल, क्याम्पसमा परीक्षा दिने विद्यार्थीहरुलाई छुट्याइएको समयावधि पश्चात स्टप द पेन भनेर परीक्षा दिइएको कपी खोसिन्छ । त्यो निश्चित अवधिमा त्यो विद्यार्थीले लेख्यो त्यसैमा उसको मापन हुन्छ । उस्ले कपी खाली राखो कि भरोस गार्डलाई मतलव हुदैन त्यो पछि परीक्षकले जाच गर्दछ । कुनै विद्यार्थीले मलाई समय अपुग भएको भन्दैमा उस्लाई थप समय दिइदैन । हो त्यस्तै परीक्षारुपी संविधानलेखनमा उत्रिएका अहिलेका २५ दलका ६०१ जनाको मागी खाने भाडोको रुपमा खडा भएको संविधानसभाको समयावधि.......
अमेरिकामा नेपाली पत्रकार 'नेजा'को सरोकार - अनिल पाण्डे....
थपिनु हुदैन । यदि अहिलेका असफल दलहरुको समयावधि थपियो भने यस्ले नराम्रो सन्देश जान्छ । भोलि केही गरी विद्यार्थीहरुले पनि परीक्षाको समयावधिको माग गरे भने थप गर्ने कि नगर्ने -
    अर्कोतर्फअन्तरिम संविधानमा नै संविधानसभाको समयावधि  २ वर्षमात्र कायम रहने छ भन्ने उल्लेख गरिएको छ । अन्तरिम संविधानमा नै समयावधि उल्लेख भएको अवस्थामा सहमतिको नाममा समयावधि थपिन अन्तरिम संविधानको मर्म र भावना विपरीत हुनेछ । अन्तरिम संविधानमा संकटकालको अवस्थामा मात्र संविधानसभाको म्याद ६ महिना थपिन सक्नेछ भन्ने उल्लेख छ । संविधान बनाउने बेलामा सत्ताको खेलमा मात्र झगडा गरेर बस्ने अनि समय गुज्रिन थालेपछि समय थप गर्नु न्यायोचित हुन सक्दैन । अहिलेको अवस्थालाई संकटकाल भन्न पनि मिल्दैन ।
    यदि यो संविधानसभाले जेठ १४ गतेभित्र नेपाली जनतालाई नया संविधान दिन सकेन भने देश संविधानविहीन हुने निश्चित छ । त्यस अवस्थामा देशमा पुरानै संविधान स्वतः सकृय हुन्छ । देश संविधान र कानुन विहीन हुन सक्दैन । देशका नेता असफल हुन सक्छन् तर देश असफल हुनु हुुदैन । नेता असफल भएको अवस्थामा अहिले देशै असफल बनाउने प्रयास गरिदैछ यसमा नेपाली जनता चनाखो हुनु पर्छ ।
    अहिलेको परिस्थितिलाई शुद्ध मनले कुनै दल विशेषमा नलागेर आम नेपाली सोच्ने बेला आएको छ । हामीले हिजो राजा फालेर गल्ती गर्यौं कि गरेनौं - राजा फालेर नेपालले के पायो - के राजा फालेर नेपाली जनताले सुनको अण्डा पार्ने कुखुरा पायो त - देशमा शान्ति आयो त - बेरोजगारी नेपाली जनताले रोजगारी पाए त - गरीबहरु रातारात धनी भए त - देश स्वीजरल्याण्ड र सिंगापुर बन्यो त - १० वर्षो जनयुद्धकालमा भत्काइएका भौतिक पर्ूवाधार मर्मत भए त - यो ४ वर्षो अवधिमा के कति विकासका काम भए, कति नेपाली जनताका लागि भलाईका काम भए यिनको पनि लेखाजोखा गर्ने बेला भएको छ ।
    के ०६२।०६३ को आन्दोलन भारतीयहरुलाई नेपाली नागरिकता दिन ल्याइएको हो त - के समाजमा कही नविकेका २०० भन्दा ल्याप्चेहरुलाई मासिक ६० हजार भन्दा बढी भत्ता खुवाउन ल्याइएको हो - के देशको अरबौं रुपैया संविधानरुपी असुरयज्ञमा स्वाहा पार्न ल्याएको हो - यो संविधानसभारुपी असुरयज्ञले हामी नेपालीलाई अझ १० वर्षपछि धकेलिएको छ । यस कारणले १० वर्षधकेल्यो कि संविधानसभारुपी अुसर यज्ञमा १ खर्ब भन्दा बढी खर्च भयो तर त्यो खर्च अहिले केवल बालुवामा पानी हाले सरह भएको छ । यसले कुनै निचोड दिन सकेन । दर्जनौं शहिद भएर ल्याएइको संविधानसभा आज लेण्डुपेहरुले आप\mनो क्षणिक स्वार्थमा स्वाहा पारे ।
    यस अवस्थामा अब संविधानसभाको समयावधि थप्ने काम हैन कि ०४७ को संविधान व्यूझाउनु पर्ने बेला आएको छ । २ वर्षो संविधानसभाको समयावधि सकिएको अवस्थामा राष्टपति उपराष्टपति र सबै सभासद र मन्त्रीहरुको पद पनि जेठ १४ पछि स्वतः सकिन्छ । यस अवस्थामा देशमा राजा, र हिन्दुराष्ट स्वतः कायम हुनेछन् । यो कायम गर्नु नै आजको अवश्यकता हो ।
    नेपाली जनताले अव प्रायश्चित गर्ने बेला भैसकेको छ । हिजो नबुझी राजतन्त्र फाल्नु नेपाली जनताको भूल हो । राजसंस्थामा लागेका कोही व्यक्ति खराब होलान, राजसंस्थाका उत्तराधिकारी कोही खबरा हुन सक्लान् तर राजसंस्था नेपाली जनताको लागि खराब थिएन । विभिन्न टुक्रिएको राज्यलाई माला गास्ने राजसंस्थालाई खराब देख्ने नेपाललाई सिंगो देख्न नचाहनेहरुको षडयन्त्र शिवाय केही होइन । अब पनि नेपाली जनताले नागार्जुनमा गएर बाजा बजाएर राजालाई ल्याउन ढिलो गर्ने हो भने नेपाली जनता अनन्तकालसम्म आपसमा लडेर बस्नु पर्नेछ । नेपाली जनताको समयमा नै बुद्धि फिरोस् । देशमा खुलेका दलको पछाडि लागेर होमा हो गरेर हिड्नु देशलाई दलदलमा भास्नु मात्र हो । यी दलहरुले नेपाली जनतालाई के कति गरे त्यो त देखियो । आफैले राखेको समयावधिमा उनीहरुले के कति काम गरे त्यो पनि मूल्याकन गर्नु पर्ने बेला भएको छ ।
    परीक्षाको अवधिमा झगडा गरेर बस्ने अनि समयावधि सकिन थालेपछि समयावधिको माग गर्नु देश र जनतालाई भड्खालोतर्फधकेल्नु हो । समयावधि थपले ६०१ जनालाई त फाइदा होला तर आम नेपालीलाई फाइदा हुदैन यसतर्फनेपाली जनताको ध्यान जाओस् । श्री पशुपतिनाथले नेपाली जनतालाई सद्बद्धि दिउन् । - - -भर्जिनिया मनासस, अमेरिका

अमेरिकामा नेपाली पत्रकार 'नेजा' र को सरोकार

- अनिल पाण्डे
'नेजा' अर्थात नेपाल अमेरिका पत्रकार संघ । हालै मात्र दोस्रो साधारणसभा सम्पन्न गरी नयाँ पदाधिकारी चयन गर्न सफल अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था । हरेक दर्ुइ वर्षा निर्वाचित हुने प्रावधान रहेको नयाँ कार्यकारी समितिमा यस पटक जे-जस्ता साथीहरुको चयन भएको छ, त्यसले नयाँ आशा-अपेक्षा जगाएको छ । तर नेजाका अगाडि थुप्रै चुनौतीहरु पनि नभएका भने होइनन्, त्यसैले पनि यसप्रति शुभकामना प्रकट गर्नु र सम्भाव्य अवसरहरु देखाउनु यसका हरेक शुभचिन्तकको दायित्व हुन आउँछ । पङ्क्तिकार सोही दायित्व पूरा गर्ने सानो अभ्यासस्वरुप यी हरफहरु लेखिरहेको छ ।
न्यूजर्सर्ीीे एटलान्टिक सिटीमा सम्पन्न संघको दोस्रो साधारणसभाले पत्रकार नगेन्द्र पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कुल ६२ जना मतदाता रहेको नेजाले लोकतान्त्रिक अभ्यासका साथ नेतृत्व चयन गरेको हो । अध्यक्षका लागि मतदानसमेत भयो भने अन्य पदाधिकारीहरुका लागि र्सवसम्मति जुटाइयो । यसको सकारात्मक पक्ष के भने लोकतन्त्रको अभ्यासका लागि एकातिर निर्वाचन पनि भयो, अर्कातिर एक सय मतदातासमेत नरहेको नयाँ संस्थामा निर्वाचनभन्दा र्सवसम्मतिको अभ्यास उपयुक्त हुने यथार्थलाई पनि स्वीकार गरियो । कुल ५३ मतदाताले साधारणसभामा उपस्थित भएर आफ्नो मतको सदुपयोग गरे । पदाधिकारी चयनमा लोकतान्त्रिक अर्को अभ्यास के पनि गरियो भने, सकभर अमेरिकाका चारै दिशा र समावेशी पक्षसमेत समेट्ने प्रयास पनि भयो । जसअनुसार नेजाको वरिष्ठ उपाध्यक्ष कृष्ण शर्मा -भर्जिनिया), महासचिव आङछिरिङ शर्ेपा -यूयोर्क), सचिव शर्मिला उप्रेती -भर्जिनिया) र कोषाध्यक्ष सहदेव पौडेल -न्यूयोर्क), पर्ूर्वी क्षेत्रीय उपाध्यक्ष विजय पौडेल -न्यूयोर्क), पश्चिम क्षेत्रीय उपाध्यक्ष शेखर ढुंगेल -नेब्रास्का) र विष्णु शीलत -डिसी मेट्रो) क्षेत्र रहेका छन् ।

गत २०६४ सालमा भर्जिनियामा पहिलो सम्मेलन गरी प्रारम्भ भएको नेजामा अमेरिका तथा क्यानाडाका बिभिन्न भागमा रहेका नेपाली सञ्चारकर्मीहरु सदस्य छन् । यसमा संलग्न रहेर नेपाली समुदायको योगदानमा सक्रिय सम्पर्ूण्ा पत्रकारप्रति शुभकामना व्यक्त गर्नु पङ्क्तिकार आफ्नो धर्म ठान्छ, त्यसमा पनि नवनिर्वाचित पदाधिकारीलाई उच्च सफलताका लागि मंगलगान नै गाउनु सान्दर्भिक हुनेछ । वास्तवमा पहिलो कार्यकारी समितिले संस्था स्थापनामा पर्याप्त योगदान गर्‍यो, त्यसका लागि विवर्तमान कार्यकारी समित्रि्रति पनि धन्यवाद ज्ञापन गर्नैपर्छ । तर प्रारम्भ भएकाले हुनसक्छ, संस्थाले केही मात्रामा संख्यात्मक विकास गरे पनि गुणात्मक विकास गर्न सकेको थिएन । स्वभावतः प्रारम्भमा यस्तै समस्याहरु र्सवत्र देखिन्छन् । आज नेपालको संविधानसभामा ३३ प्रतिशत अर्थात १९७ महिला सभाषद् रहेका छन्, वास्तवमा यो संख्या हो- योग्यता होइन । प्रारम्भमा संख्यात्मक विकास हुन्छ र विस्तारै यो अभ्यासले निरन्तरता पाउँदै गर्दा त्यसैभित्रबाट गुणात्मकता प्रकट हुन्छ । नेजामा पनि 'पत्रकार' बनेर सदस्यता हासिल गरेका सबै सदस्यहरु पत्रकार होइनन् । कति वर्षघि एक थान लेख लेखेका कारणले जिन्दगीभर कोही पत्रकारको पगरी गुथ्न सक्तैन ।
त्यसो त नेपालमा पनि पत्रकारहरुभित्र गुणात्मकताको ठूलो समस्या छ । करिब्ा १० हजार सदस्य रहेको नेपाल पत्रकार महासंघमा पनि 'मसिन अपरेटर र कम्प्युटर पर्सनलाई पत्रकारको रातो कार्ड दिइयो,' भनेर आवाज उठ्ने गर्दछ । साधारणसभा तथा निर्वाचनका समयमा यस प्रकारको समस्या आउँछ, पदाधिकारीले आफ्ना र्समर्थकहरु यदि मसिन अपरेटरहरु नै छन् भने उनीहरुलाई नै पत्रकार बनाएर प्रस्तुत गर्ने धृष्टता गरिहेका हुन्छन् । नेपालमा सूचना विभाबाट स्वतन्त्र पत्रकारको परिचयपत्र पाउनेहरु कति सही पत्रकार हुन्, भन्न कठिन छ । मातृभूमिमै यस प्रकारको प्रदूषण छ भने प्रवासमा रहेका पत्रकार जो 'पर्ूण्ाकालीन' भएर पत्रकारिताका माध्यमले पेट पाल्न सकिरहेका छैनन्, उनीहरुका लागि कसी लगाउने ठूलो ढुंगा तयार पारिदिनु बढी स्वाभाविक पनि हुने छैन । तर पनि यी विषयमा समयमै आवाज उठाउन थालिएन भने नेजा कुनै दिन 'नजा' नहोला भन्न सकिन्न । त्यसैले यसमा सही अर्थमा पत्रकार भन्न मिल्ने व्यक्ति मात्र सदस्य हुन सकून् भन्ने मान्यताका साथ नयाँ पदाधिकारीले काम गर्नु आवश्यक छ । यसकै लागि पक्तिकार नयाँ कार्यकारी समित्रि्रति शुभकामना प्रकट गर्दछ ।

प्रवासमा रहेका पत्रकार तथा स्तम्भकार चरित्रहत्याको निर्मम शिकार भएका छन् । कुनै लेखकले जब आफ्नो लेख प्रकाशित गर्छ तब काल्पनिक नामका पाठकहरु प्रतिक्रिया छपाउन धुरिन्छन् । प्रशंसा र पोत्साहन थोरै 'पाठक' को शव्दकोषमा मात्र छ कि जस्तो लाग्छ, अधिकांशले लेखकको चरित्रहत्यामा समय खर्च गरेका हुन्छन् । त्यस्ता व्यक्तिसम्म पुग्न प्राविधिक रुपले नसकिने त होइन, तर व्यवस्थित ढंगले लागिपर्ने को - नेजाजस्ता निकायले लेखक तथा पत्रकारलाई सुरक्षित राख्न र स्वच्छ कामप्रति अभ्रि्रेरित गर्नका लागि पनि चरित्रहत्या हुनबाट जोगाउनै पर्छ । यदि त्यसरी चरित्रहत्या गर्ने व्यक्ति संगठनभित्रै छन् भने उनीहरुलाई अनुशासनको कारबाही चलाएर तुरुन्त निष्कासन गर्न पनि पछि पर्नुहुन्न । यस प्रकारको व्यवहारले नै नेजालाई प्रभावशाली सावित गर्नेछ ।

अमेरिकामा रहेका नेपाली पत्रकारका लागि कार्यक्षेत्रको अभाव छ । हामी सीमित छापा र अनलाइन माध्यममा नै काम गर्नसक्छौं । त्यस प्रकारको कामले हाम्रो रोजगारी चल्न सम्भव छैन । यसका लागि नेजाले राम्रो पारिश्रमिक दिएर र आर्थिक प्रोत्साहनका लागि लेखक तथा पत्रकारलाई स्थान दिने प्रकाशक तथा अनलाइन सञ्चालकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने वा पहिचान दिने काम गर्नुपर्छ । यसअतिरिक्त जसले प्रवासमा रहेर वा प्रवासी नेपालीका लागि व्यावसायिक ढंगले पत्रिका, रेडियो, टिभी र अनलाइन माध्यम सञ्चालन गरेका छन्, उनीहरुको अद्यावधिक अभिलेख बनाउनु पनि उत्तिकै आवश्यक छ । त्यस अभिलेखमा उनीहरुको व्यावसायिक पक्षलाई पनि समेट्न सकियो भने प्रवासी नेपाली प्रत्रकारको उचाइ स्वतः बढ्ने छ । यस प्रकारका बिभिन्न गतिविधिमा नेजाले आफूलाई केन्द्रित गरोस्, धेरै-धेरै शुभकामना !

1 comment:

  1. Yi Neta bhanaudha haru Hamro paisha khana aayaka matra hun yiniharu le na ta bikash nai garchan nata Kehi garchan tasaile Raja Puna aaunu parcha.
    Lal Prasad Gaire
    From Russia

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक