20100514

माओवादी लडाकुलाई नेपाली सेनाले समूहगत रूपमा समायोजन गर्नै नसकिने निर्णय

सरकारले तीन हजारदेखि ३५ सयसम्म माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने प्रस्ताव राखेलगत्तै नेपाली सेनाले समूहगत रूपमा समायोजन गर्नै नसकिने निर्णय लिएको छ । व्यक्तिगत रूपमा समाहित हुने लडाकुलाई पनि सिपाहीदेखि सेकेन्ड लेफ्टिनेन्टसम्म मात्र 'भर्ना लिने' नीति सेनाको छ । सेनाको पिएसओ (सेनापति, रथी र उपरथी) को संयुक्त बैठकले सेना समायोजनसम्बन्धी नीति बनाएको हो । सेकेन्ड लेफ्टिनेन्टभन्दा माथि अहिलेसम्म खुला प्रतिस्पर्धाबाट भर्ना नलिइएको भन्दै माओवादी सेनालाई पनि त्यसरी समायोजन नगर्ने सैनिक अधिकारीको निर्णय भएको छ । शान्तिसम्झौताले माओवादी लडाकुलाई सुरक्षानिकायमा समायोजन गर्ने व्यवस्था गरे पनि कति लडाकु समायोजन गर्ने भन्नेमा सरकारको गठबन्धन र माओवादीबीच विवाद ...
छ । सरकारले तीन हजारदेखि तीन हजार पाँच सय लडाकुलाई सेनामा समायोजन गर्ने प्रस्ताव राखेको छ । तर, सेनाले भने समूहगत रूपमा भने कसैलाई पनि समायोजन नगर्ने नीति बनाएको छ । प्रधानसेनापति, रथी र उपरथीको बैठकले सेनामा सामूहिक समायोजन हुनै नसक्ने निर्णय लिएको छ ।

सेनाले माओवादीले शिविरमा लडाकु भएसम्म राजीनामा नदिन प्रधानमन्त्री माधवकुमार नेपाललाई सल्लाह दिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । सैनिक नेतृत्वले प्रधानमन्त्री नेपाललाई दिएको पहिलो बि्रफिङमा पनि लडाकुलाई सामाजिक पुनस्र्थापना गर्नुपर्ने सुझाब दिएको थियो । प्रधानमन्त्रीलाई सेनाले बुझाएको रिपोर्टमा वैदेशिक रोजगार, प्याकेजमा रकम दिई समाजमा पुनस्र्थापना, अन्य सीपमूलक कामका विकल्प अगाडि सारिएको थियो ।

सरकारी प्रस्तावमा एमाले, कांगे्रस र मधेसी जनअधिकार फोरम र फोरम लोकतान्त्रिकले सहमति जनाएका छन् । सेना समायोजन विशेष समितिको बैठकमा माओवादी अनुपस्थित भए पनि सरकारले समायोजनको मोडेलसमेत प्रस्तुत गरेको थियो । अनमिनले माओवादीका ३ हजार ४ सय ७५ हतियार दर्ता गरेको छ ।

सरकारले ल्याएको प्रस्तावमा स्वेच्छाले शिविर छाड्ने लडाकुमध्ये कमान्डर तहलाई २ लाख तथा अन्यलाई १ लाख ५० हजार आर्थिक प्याकेज दिने जनाए पनि माओवादीले त्यसलाई ठाडो अस्वीकार गरेको छ । तर, समूहगत समायोजन हुनै नसक्ने भन्दै सेनाले औपचारिक रूपमा सरकारसँग अडान राखेपछि प्रक्रिया झन् जटिल हुने भएको छ ।

कोको छन् पि.एस.ओ.मा ?

प्रधानसेनापति छत्रमान सिंह गुरुङ

बलाध्यक्ष रथी तोरनजंगबहादुर सिंह

यु एन फिल्ड कमान्डर पवनबहादुर थापा

उपत्यका पृतनापति दमन घले

उपरथी मित्रबहादुर थापा

उपरथी नरबहादुर कँडेल

उपरथी शिवराम प्रधान

उपरथी विएकुमार शर्मा

उपरथी राम गुरुङ

उपरथी नेपालभूषण चन्द

उपरथी ललितजंग थापा

उपरथी केशवराज महत

उपरथी डम्बरसिंह गुरुङ

उपरथी नरेन्द्र रावल

युद्धकार्य महानिर्देशक गौरवशमशेर राणा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक