20100515

पूजा इन्टरटेन्मेन्ट एल.एल.सी.र पूजा चन्दको हार्दिक धन्यवाद

              नयाँ वर्ष२०६७ को अवसर पारेर पूजा इन्टरटेन्मेन्ट एल.एल.सी. ले नेपालका  कलाकारहरुको प्रस्तुतीमा यही मे ९ तारिख आईतवार बाल्टिमोरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रम "रमाइलो
साँझ २०६७" मा तपाईंहरुले देखाउनु भएको उल्लेखनीय सहभागिताका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं । हाम्रो आमन्त्रणलाई स्वीकार गरेर हामीलाई हौसला र प्रोत्साहन प्रदान गर्नका लागि...
कार्यक्रममा उपस्थित हुनु भएका अमेरिकाका लागि नेपालका राजदूत महामहिम डाक्टर शंकरप्रसाद शर्मा तथा मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका लागि वाणिज्यदूत लोकगायक प्रेमराजा महतका साथै अन्य विशिष्ठ व्यक्तित्वहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । साथै केही अप्रत्यासित तथा असहज परिस्थितिले कार्यक्रम पर्ूण्ारुपमा सम्पन्न हुन नसकेको कारण उपस्थित सम्पर्ूण्ा शुभेच्छुक तथा शुभचिन्तकहरुमा पर्न गएको असुविधाका लागि हामी क्षमायाचना गर्दछौं ।
              नेपाली कला,संस्कृति तथा चलचित्रको पर््रवर्द्धन र वितरणका साथै अडियो भिडियोसम्बन्धि अन्य कार्यहरु गर्ने उद्देश्य लिएर हालै मात्र स्थापना गरिएको यस पूजा इन्टरटेन्मेन्ट आगामी दिनमा पनि कला र संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु लिएर यहाँहरुको माझमा आईरहने छ । आगामी दिनहरुमा पनि तपाईंहरुको पर्ूण्ा सहयोग र सहभागिताको अपेक्षा गर्दछौं । "प्रयास हाम्रो साथ र सहयोग तपाईंहरुको"
          धन्यवाद ।
               -   पूजा चन्द

        
For other photos please click this link:

1 comment:

  1. i am very happy,nice cha yo program. and i called to puja chanda already also now iam in kuwait thanks.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक