20100521

भारतीयहरुद्वारा भारतको मेघालयमा गाई पालेर वसेका दुई नेपालीको आगो लगाएर बिभत्स हत्या

Breaking News......
सिलिगुडी/ नेपालीभाषीमाथि आक्रमण जारी राखेका खासीहरुले बिहीवार पुनः २ नेपालीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।आसामबाट प्रकाशित नेपाली म्यागेजिन 'सपरिवार'का सम्पादक रोहित गौतमका अनुसार मृत्यु हुने नेपालीको नाम खुलेको छैन् । मेघालयस्थित वर्नेहाटमा गाई पालेर वसेका नेपालीको आगो लगाएर हत्या गरिएको हो । राति सुतिरहेका वखत खासीहरुको एक समुहले गोठमै आगो लगाइदिएको सम्पादक गौतमले जानकारी दिएका छन् । यो घटनासंगै मेघालयमा मृत्यु हुनेको ५ पुगेको छ । यसअघि तीन नेपालीको हत्या भइसकेको छ ।
यसैवीच नेपालीभाषिमाथिको श्रृंखलावद्ध आक्रमणको विरोधमा एमाले निकट युथ फोर्स मेचीनगरले झापाको काँकडभिट्टामा बिरोध प्रदर्शन गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक