20100520

प्रचन्डसँग फोनबार्ता, राष्ट्रपती सँग भेटबार्ता !

झन् एक्लिएका माओवादी सडकबाट संविधान घोषित गर्ने तयारीमा,  मुलुक अराजकता तर्फ !
प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादवस“ग भेटवार्ता भेटवार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री र राष्ट्रपति मुलुकको वर्तमान अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाकारी दिएको छ । प्रधानमन्त्री नेपालले निधारित मितिमा संविधान बन्न नसकेका कारण सरकारले नेपालको अन्तरिम संविधान– २०६३ मा आठौ“ संशोधन विधेयक व्यवस्थापिका–संसद्मा पेस गरी एक वर्ष समायावधि बढाउन लागेको जानकारी दि“दै त्यसका लागि दलहरुका बीचमा सहमति बन्ने विश्वास व्यक्त गरेका थिए । । उनले भने –‘बाहिर जेसुकै कुरा गरिए पनि जननिर्वाचित....
संविधानसभाबाटै नया“ संविधान बनाउन सबै दलहरु एक ठाउ“मा उभिनेछन् भन्नेमा म विश्वस्त छु ।’ प्रधानमन्त्री नेपालले आजै आफूले प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एक ठाउ“मा बसेर छलफल गरी सहमतिमा पुग्न र संविधान संशोधनका विषयमा एक भएर जान आग्रह गरेको चर्चा गर्दै सहमति जुट्नमा आफू आशावादी रहेको वताए । राष्ट्रपति डा. यादवले दलहरुका बीचमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उनीवीच एक घन्टा कुराकानी भएको थियो ।
संविधान जारी गर्नका लागि घोषित म्याद एक साता मात्र बाँकी छँदा राजनीतिक वृत्तमा विविध विकल्पहरूबारे बहस् हुन थालेको छ । यद्यपि, चिन्ता र्सवत्र व्याप्त छ । वर्तमान सत्ता आफ्नो निरन्तरताको पक्षमा छ, संविधान आओस् कि नआओस् । ऊ संविधानसभाको म्याद बढाउन चाहन्छ तर संविधान बनाउनु सरकारको दायित्व हँुदै होइन भन्ने अडानमा पनि ऊ यथावत छ । त्यस्तै, माओवादी सडकबाट संविधान घोषित गर्ने तयारीमा छ । यद्यपि, काकताली परेमा ऊ संविधानसभाबाटै त्यसलाई अनुमोदन गराउन चाहन्छ । तर, राजनीतिक वृत्तका विविध पक्षका सुझाव ग्रहण गर्न या सहमतिका आधारमा संविधानलाई अन्तिम रूप दिन ऊ तयार छैन । यदि माओवादी समयसीमा भित्र संविधान जारी गर्न इच्छुक छ भने उसले शासकीय स्वरूप, जतीयतामा आधारित संघीयता र न्यायपालिकालाई विधायिका मातहत ल्याउने आफ्ना प्रतिगामी अडान त्याग्नै पर्छ ।
नेता र दलहरूको गैरजिम्मेवारी तथा जवाफदेहिताविनाको राजनीतिकै कारण अहिले जेठ १४ मा संविधान नबन्ने स्थिति उत्पन्न भएको हो । यता आएर संविधासभालाई सञ्जीवनी खुवाएर थप जीवन दिन सरकारले गरेको कसरतमा मधेसी जनअधिकार फोरमसमेत सामेल भएको छ, यद्यपि त्यसका नेता उपेन्द्र यादव एक्लिएका छन् । माओवादी झन् एक्लिएको छ । यादव दलभित्रको बहुमतका पछाडि लाग्लान्, एक्लिएरै भए पनि नेतृत्वमा रहिरहलान् या फरकमत राख्नेहरूलाई अनुशासनको कारबाही गर्लान्, हर्ेन बाँकी छ । तर, उनको बाटो सहज छैन ।
यादवको नियति जे जस्तो होला तर मुलुकको नियतिसँग तीनओटै ठूला दलका नेताहरूले खेलवाड गरेका छन्, समान रूपमा । अहिलेसम्म त्यसका लागि आत्माआलोचना नगर्नु र आफ्नो कार्यभार थप्नमा जुट्नु आफैंमा लज्जास्पद र गैरप्रजातान्त्रिक आचरण हुन् । उनीहरू अझै पनि दोष अरूहरूको थाप्लोमा हाल्ने प्रयास गर्दैछन् । तर, पनि जेठ १४ पछि मुलुकलाई कसरी निकास दिने भन्नेबारे सामूहिक रूपमा अगाडि आएका छैनन् । मुलुकको अराजकतातर्फो गमनलाई उनीहरू प्रोत्साहित गर्दैछन्, अर्को शब्दमा । विदेशी चलखेलमा वृद्धि र ताक परे हस्तक्षेप त्यसको दुःखद् परिणति हुन सक्छ ।
म्याद थप सभासद्को हैसियत कायम राख्न हो या मुलुकलाई संविधानविहीन अवस्थामा जान नदिन, यदि प्राथमिकता दोस्रो हो भने त्यसको न्यूनतम ग्यारेन्टी के - अनि थपिएको अवधिमा उनीहरू थप जिम्मेवार होलान् भनी कसरी मान्ने - अहिलेसम्म संविधान नबनेकोमा तीन ठूला दल -कांग्रेस, एमाले र माओवादी) का नेताहरूबाट जनता ठगिएको महसुस गरिरहेका छन् । जनतालाई दिएको वचन र संवैधानिक दायित्व पूरा नगरेकोमा उनीहरूले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेमा अलिकति भने पनि जनताको सम्मान र विश्वास आर्जिने छ, राजनीतिले ।

पियचडी लाल भन्छन आतंकबादमा फाईदै फाईदा 
- शेखर ढुङेल
आज पनि सबेरै मेरो  पियचडी लाल सित जम्का भेट भयो । मेरो र् पियचडी लाल जि को मर्निङ वाल्क प्राय जसो एउटै समय पर्दथ्यो । प्रत्यक भेट मा जस्लाई पनि नयाँ अनी रहस्य पत्ता लगाएको  भनी कुनै न कुनै सुनाइ हाल्दथे । पल्ला घरे हर्के को लोग्ने स्वास्नि को झगडा होस् की बिर्खे को घर मा नुन् सकिएको कुरो होस् वा समुन्द्र  पारी को कुरो होस् कुरो त यसो पो रहेछ हगी अनुसन्धान गरी पत्ता लगाए झै भनी हाल्दथे ।
म सोच्दै थीए पियचडी लाल ले आज कस्को भैंसी ब्यायो की कस्को बाख्रा हराएको कुरो गर्लान आज पियचडी ला ले शुभ प्रभात पनि न फर्काएर सुरु गरी हाले सुन्नुस् मित्र आज रात भरी मैले के हो त आतंकबाद भनी अध्ययन गरे बिस्लेषण् गरे " आतंकबाद " त फाईदै फाईदा को चुरो पो रहेछ । म पनि अब देखी " आतंकबाद " लाई सहयोग र समर्थन  गर्छु । तपाईं पनि हिंड्नुस् म सित छोड्नुस सिदान्त विदान्त का कुरा यो जुनएे र अर्को जुनि पार लगाउनुस् । पियचडी लाल को कुरो ले मेरो पेट बट्टारेर आयो बाछिट्टा  झै पियचडी लाल को मुख मा मेरो हासो को फोहोरा पुग्यो एक छिन् पेट समातेर हासे । पियचडी लाल भन्दै थीए तपाईंले मेरो अबमुल्याङ्कन गर्नु भएको ? तपाईं जस्तो समय लाई न बूझ्ने मानिस् मैले देखे को छैन ल  आज सम्म । ल आज अली लामो बाटो हिंड्ने मेरो " आतंकबाद " बाट फाईदा को थेसिस लामो छ खन्ड खन्ड र बूदा बुदा को प्याकेज मा फाईदा को बिस्लेषण् गरेको छु पियचडी लाल धारा प्रबाह आतंकबाद को फाईदा सुनाउन थाले ।
लौ सुन बन्धु आतंकबाद बाट फाईदा नम्बर् एक , जहाँ आतंक फैलिन्छ घटना को जाचबुझ , आतंक को कारण , निराकरण् , मध्यस्त कर्ता बेपात्ता को का नाम मा देशी बिदेशी शिक्षित बेरोज्गार ले डलर मा तलब पाउने गरी जब पाउदछन , होटेल मा पार्टी , महँगा गाडी , बातानुकुलित् कार्यालय , निसुल्क बिदेश भ्रमण् को सुबर्ण अबसर पाउदछन ।
आतंकबाद बाट फाईदा नम्बर दुई - आतंकबद ले देश लाई झ्याम गाजे पछी बेरोज्गार , भुखमरी , हत्या हिन्सा लुटपाट बढ्दछ अनी मानबाधिकार समरक्षण , सहयोग को नाम मा करोडौ डलर दिने को भिड लाग्दछ ।
आतंकबाद बाट फाईदा नम्बर तिन् - जती देश मा कोलाहल द्वन्द फैलिन्छ कानुन निरिह बन्छ त्यती नै मात्रा मा देस मा हतियार को ब्यापार फस्टाउदछ र अन्तरराष्ट्रिय माफिया हरु सित देस को सम्बन्ध गाढा बनाउन सहयोग मिन्दछ । सुन त फाईदा नम्बर चार - आतंक बाट जती बुढा बुघी का सहरा सन्तान मर्दछन , जती टुहुरा बढ्दछन , जती अपाङ्ग बढ्दछन त्यती नै ब्रीद्धा आस्रम , टुहुरा आस्रम , अपाङ्ग आस्रम खोल्ने उध्योग फस्टाउदछ सुकिला मुकिला बेरोजगार ले काम पाउनेछन त्यती मात्र होर देश मा शाहीद हरु को सन्ख्या बढाउने महान काम पनि हो त्यो आतंकबाद र कहिल्याइ सय को मुख न देखेका हरु ले हज्जार का नोट देख्न पाउछन देशै न देखे पनि बिदेशी को क्यामेरा मा निसुल्क फोटो खिचाउन पाउन्दछन ।
आतंकबाद बाट फाईदा नम्बर पाच् - एक त जती युबा युबती युद्ध  मा मर्दै जान्छन सरकार को बेरोज्गार समस्या कम् हुँदै जान्छ दोस्रो सक्ने जती सुकिला  मुकिला बिदेश भाग्छन् झन राम्रो भो अनी जती बाँकी रहन्छन ध्वस्त भएका सम्रचना बनाउने काम पाएर खुशी हुन्छन त्यस्ले गर्दा कुनै पनि राजनैतिक् दल मा सधैं पिलन्धरे बुढा हरु ले  मात्र राज गर्ने मौका पाउन्छन । आतंकबाद बाट फाईदा नम्बर छ - जती आतंक द्वन्द बढ्छ हतियार को बिक्रिमा ब्रिद्धी भएर अन्तरराष्ट्रिय माफिया सित पनि सम्बन्ध बलियो हुने मौका मिल्दछ मर्ने त यसै गरीब उसै गरीब के को चिन्ता ? लाउके   हरु को राजशि आन बान शान बढ्दछ । आतंकबाद बाट फाईदा नम्बर सात - हिजो सम्म भिषा दिन्न न मान्ने देश ले समेत शरणार्थी को दर्जा मा आस्रय दिन्छ अनी अर्का सुकिला मुकिला ले अर्को देश को नागरिक भएर आफ्नो सात् पुषता को बैतरणर्नी पार गराउने मौका पाउछन
आतंकबाद .....ट्वा ...ट्वा आ आ ....कर्कस हर्न स्कुल बस को )बाट फाईदा नम्बर आठ - आतंकबाद ले भएका सबै निती नियम तोडी जनता लाई न्यायाधिश बनाउने मात्र होइन चुल्हो मा सल्काउने दाउरा र छड्काउने पिठो न भएका लाई पनि महँगो बन्दुक बोक्न दिन्छ । आतंकबाद बाट फाईदा नम्बर नौ - आतंकबाद लाई सिधा साधा , शान्ती कामी , र कमजोर को आँखा बाट हेर्नु हुन्न भन्छु म आतंक बाद् को आँखा बाट हेर्नुस् त जती बितन्डा मच्चाउन सक्यो त्यती फाईदा जती हतियार को चलखेल् बध्यो त्यती मानिस् मर्ने र जनसंख्या को बोझ बाट मुक्ती , न हुने ले हुने को लुटेर खान पाउने र क्रान्तिकारी समानुपातिक आर्थिक ब्यबस्था ले मुर्त रुप लिने , सब को हात मा बन्दुक भए पछी न्याय सम्पादन छिटो छरितो भै सरकारी  वकिल हरु को बोझ समेत् कम् हुने ।
पियचडी लाल बोल्दै गए म बिना प्रश्न सुनी रहे , निधार मा चिट चिट पसिना अनी त्यस माथि धुलोको पाउडर थपिदै थियो घर दैलो म पुगी सकेछौ पत्तै भएन पियचडि लाल ले मेरो कुम मा समाइ पर्खिने आग्रह गरे उन्ले दशौ फाईदा आतंक बाद् को थपे देश मा राम राज्य भएको भए बिदेशी मानबाधिकार्बादी , बिदेशी एजेन्ट , राजदुत् अनी हज्जारौ NGO INGO ले कसरी काम पाउथे ? कसरी डलर आउथ्यो ?कसरी चिल्ला गाडी चढ्दथे ? कसरी सरकारी मन्त्री ले हतियार मा कमिसन खान्थे ? हे बन्धु एघारौ भीषड फाईदा आतंक को सुनी हालौ  मैले आफ्नो मास्टरी जागिर मा जान ढिला हुन लाग्यो नत्र विद्यार्थी ले कुट्छन भन्न के आटेको थिए फेरी थपी हाले पियचडी लाल ले भर्खरै अमेरिका ले सोमालिया , कङो , रुवान्डा जस्ता भुखमरी ग्रस्त देश को हाराहारी मा नेपाल लाई राखेर त्यस्ता देश ले पाउने सहयोग सुची मा नेपाल लाई पनि राखी दे को छ यो जस्तो ठुलो उपलब्धी के खोज्नु ?आतंकबाद न छाएको भए त्यस्को लागि योग्य हुन सक्दथ्यो ?कत्ती हो कत्ती करोड् हरियो पत्ता दिनेरे नेपाल लाई हेर्नुस् हाम्रो भाग्य ? धन्य हो यो आतंकबाद जुग जुग बाचि रहोस् मलाई अरु फाईदा सुन्ने फुर्सद थिएन जधौ गर्दै बत्तास्सिए घर तिर ....... shekhar1962@gmail.com


नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष  मणी नेपाली सँग नेपाल विश्व सहयोग संघको सकृयातामा   जुलाई महिनामा आयोजना गरिने भनिएको नेपाल  महोत्सवको प्रसँगमा हरिहर दाहालले भेटघाट गर्नु भएको थियो, भेट्घाटका अबसरमा वहाँसँग भएका  केही सबाल जबाफहरु यहाँहरु समक्ष पेस गरेका छौं।

१- नेपाली क्यालिफोर्नियाको ईतिहासमा पहिलो पटक तपाईं को संस्था NAGC को अगुवाईमा मँहत्वाकाक्षी नेपाल  महोत्सवको आयोजना गर्ने निर्णय गर्नु भयो। धेरैले यसको स्वागत गरे पनि कतिपयले खिसी गरेका छन। यसमा तपाईंको प्रतिकृया के छ ?
सर्वप्रथम त म सँग अन्तर्वाता लिएर नेपाल महोत्सवको बारेमा तथ्य जानकारी दिने मौका दिनु भएकोमा म नेपाल विश्व सहयोग संघ र नेपाल महोत्सव व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। कुन्ड कुन्ड पानी मुन्ड मुन्ड बुद्धी भने झै कसैले सेल रोटी mani-nepaliदेख्छ भने कसैले प्वाल मात्र। म आशा वादी मान्छे भएकोले सकारात्मक कुरोमा मात्र केन्द्रित हुन्छु। जती जनाले स्वागत
गरेका छन, हामी त्यस बाट उत्साहित भएका छौ, म उत्साहित भएको छु। जहासम्म खिसी गरिएको कुरो छ, वहाँहरुलाई पनि धन्यवाद छ। तर खिसी गर्नाका कारणहरु र मेरा कमजोरीहरु औल्याई दिनु भए इमान्दारिका साथ  सुधार गर्ने प्रयास गर्ने छु तर बिरोधका लागि बिरोध गर्नेहरुको कुनै ओखती छैन।
२- बे-एरियामा च्याउ उम्रेझै सस्थाहरु खुलेका छन र तपाईंको संस्था पनि अर्को च्याउ हो र यस्ले पनि अरुले झैं माँखो मार्दैन भन्छन नि मानिसहरु?
नेपाली समुदायको हित गर्छु भन्ने पवित्र भावनाले उत्प्रेरित भएर सस्थाहरु जन्मनु सकारात्मक कुरो हो। सस्था खोल्ने र चलाऊने साथीहरुलाई म हार्दिक बधाई, धन्यवाद र शुभकामा दिन्छु। हरेक घण्टा डलर फल्ने यो अमेरिकामा आफ्नो आमुल्य समय, पैसा र शक्तिको आहुती दिने मित्रहरुलाई मेरो सलाम छ।
मलाई लाग्छ, जन भावनाको प्रतिकको रुपमा आउने सस्थाहरुलाई बर्षामा उम्रने सस्ता च्याउहरु सँग तुलना गर्नु आँफैमा हास्यस्पद कुरो हो, हात्ती र हात्ती छाप चप्पलको तुलना गर्नु जस्तै हो ।
बे एरियामा सकृय सस्थाहरुको आ-आफ्ना बिशिष्ट उद्देश्य र प्रयोजनहरु छन र आँफैमा अद्वित्तिय छन जसले भिभिन्न जन जाती, क्षेत्र र अन्य बिशिष्ट बिचार र भावनाहरुको प्रतिनिधित्व गर्दछन। जस्तै सनि सगरमाथा समाजले एभ्रेस्ट क्लबको उद्धेस्य पुरा गर्न सक्दैन नत एन. ए. एन. सि. को ठाउँ सहायता ओर. जि.लिन सक्छ। सबै संघ सस्थाको आफ्नै उद्धेस्य छ।  सबै सस्थाहरुको आ-आफ्नो महत्व छ।
जहाँ सम्म नेपाल विश्व सहयोग संघको कुरो छ, यसका  आफ्नै प्रेरणा, कारण र ऐतिहासिक प्रिष्ठभुमिहरु छन। नेपालमा हुँदा उन्नतिशिल नेपाली समाजको(उन्नतिशिल नेपाली समाज राष्ट्रियताको मुद्दालाई लियर जन्मेको र सकृय सस्था हो जस्को कार्यक्रममा स्व. गिरिजा प्रसाद कोइराला, झलनाथ खनाल डा भारत धिताल , बल्लव मणी दाहाल, सरदार यदुनाथ खनाल, हर्ष नारायण धौवडेल, खगेन्द्र सङ्रौला, डा. जयराज
आचार्य जस्ता  देशका हस्तिहरुको शाहभागीता रहिसकेको छ )  प्रेरणा  बुढानिलकण्ठ स्कुलमा पढ्ने साथीहरुको  हौसला र विश्वभर छरिएर रहेका मेरा अनन्य मित्रहरु तथा नाता कुटुम्बहरुको सहयोगले नै नेपाल विश्व सहयोग संघको जन्म भएको हो। नेपालीहरुको एक विश्वव्यापी सन्जालको थालनिले कालान्तरमा नेपाली एकता र पारस्पारिक सहयोगलाई बल प्रदान गर्ने छ भन्ने विश्वासले यो सस्था आज
विश्वभर फैलन सफल भएको हो। हामी भैरहेका सस्थाहरुको प्रतिद्वन्दी होईनौं र हुने पनि छैनौं। स ह मति,सह कार्य र स ह अस्तित्वका लागि हामीहरु प्रतिबद्ध छौं।हामी आ-आफ्ना जनजाती वा छेत्रीय सस्थाहरुको सदश्य हुँदा हुँदै पनि नेपाल विश्व सहयोग  संघको सदश्य हुन सक्दछौ। म सम्पूर्ण आदर्णीय दाजुभाई दिदीबहिनिहरुलाई हृदयको गलैचा ओच्छ्याएर यो विश्वव्यापी छाता मुनी गोलबन्द हुन
आग्रह गर्छु।
3- मणी नेपाली पद र नामको भोको मान्छे भन्ने आरोप छ नि तपाईंलाई?थुप्रै संस्थाहरुमा आबद्ध हुनुहुन्छ,कसरी समय दिन सक्नु हुन्छ सबैलाई?
म नाम र पदको भोको नभए पनि सेवाको भोको चाँही अबश्य हुँ। शायद धेरै मान्छेलाई थाहा छैन होला मेरो उपनाम सेवक पनि हो। सामाजिक सेवामा आबद्द रहनु मेरो रुची मात्र होइन गास, बास र कपास जस्तै एक आवश्यकता भएको  छसमाज सेवा मेरा लागि।  महाकवी देवकोटाको यो पंक्ति मलाई साह्रै मन पर्छ ” खोज्छन सब सुख भनी सुख त्यो कहाँ छ? आफु मेटाइ कन अरुलाई दिनु जहाँ छ। यो दर्शन मेरो लागि मार्ग दर्शकको
रुपमा रहेको छ। यस कारणले मैले कतिपय बेला कार्यक्रम सफल बनाउन आफ्नो सर्बस्व दिएर,छोरा छोरीको गाँस कटाएर लागेको हुन्छु। यती गर्दा गर्दै पनि मलाई साथीहरुले मेरो कल्पना भन्दा पनि बहिरको कुरो गर्दा मेरो मुटु छियाछिया हुन्छ। मैले साथीहरुको केही बिगारेको जस्तो लागेको छैन तर पनि साथीहरु मलाई गाली गरेर खुशी हुनु हुन्छ भने अझ गाली गरुन म सहन तयार छु।तपाई आँफै ले भन्ने
गरेको कुरा म सधैं संझी रहन्छु कि कसैले बिरोध गर्दा आफना शरीरका रौंहरु झर्न थाले भने चैं सोच्नु पर्छ नत्र न बिराउनु,न डराउनु!कसै  न कसैले त गर्नु पर्‍यो नि।काम पनि नगर्ने, बिरोध मात्रै गर्ने।कसै न कसैले त खानु पर्‍यो नि गाली हैनत?
जहाँ सम्म समयको कुरो छ- जहाँ इच्छा, त्यहा उपाय भने झैं बे-एरियामा थुप्रै  ब्यक्तीहरु हुनुहुन्छ जो  जहाँ,जहिले  र जसरी पनि सामाजिक कार्यक्रममा उपस्थित भएर  साथ दिनु हुन्छ,वहाँहरुको तुलनामा मैले त अझै कम समय दिएको छु । वहाँहरुलाई  सोध्नुहोस्  कसरी समय दिन सक्नु भएको छ। खाने मुखलाई जुँगाले छेक्दैन ।
hari
४  कार्यक्रम माथि कार्यक्रमको भारले थिचिएका नेपालीहरुलाई तपाईंको यो कार्यक्रमले अर्को  भार थपेन  र? किन अहिल्यै गर्नु पर्‍यो?
कार्यक्रम माथि कार्यक्रम थपियर बे एरिया बासीलाई मा त्र नभै अमेरिका मा बसेका प्रबासी नेपाली हरु थाके को कुरा मैले पनि सुने को छु,दु:ख भएको कुरो  सत्य  हो। यसै  कारण ले सस्थाहरुको बिचमा समझदारी  भए राम्रो हुने थियो। नेपाल विश्व सहयोग संघले यस तर्फ इमान्दारी पुर्वक पहल गर्ने छ र वार्षिक क्यालेन्डर बनाउने प्रयास गर्नेछ।
सबै भन्दा भार आर्थिक हो । नेपाल महोत्सवको प्रवेश शुल्क ५ डलर मात्र हो। यो कार्यक्रम अन्य कार्यक्रमहरुको तुलनामा भिन्न छ किनभने यो त नेपाली समुदाय र अमेरिकि समुदायको सामुहिक मेला हो। मेलामा सहभागीता लिनु नेपालीहरुको रुचिको कुरो हुने भएकोले यसलाई भारको रुपमा शायदै लिईन्छ होला ।

५ नेपाल महोत्सवले  नेपाल र नेपाली के दिन्छ त?

लोकप्रिय अमेरिकि राष्ट्रपती केनेडिले भनेका थिए, ” देशले मलाई के दियो भनेर होइन मैले देशलाई के दिंए भनेर सोध्ने बेला आएको छ। हाम्रो मातृभूमी नेपालमा आगामी २०११ लाई पर्यटन बर्ष घोषित गरिएको छ। सो कार्यक्रमलाई सघाएर सकेसम्म धेरै पर्यटकहरुलाई   नेपाल भ्रमण गर्न उत्प्रेरित गर्न सकियो भने नेपाल र नेपालीको भलो नै हुनेछ। नेपाल महोत्सवको प्रमुख उद्देश्य एउटा भव्य मेलाको
तयारी गर्नु हो जहाँ अत्याधिक सख्यामा स्थानिय अमेरिकि नागरिकहरुको उपस्थिती होस। सो मेलामा नेपाली सस्क्रितीको प्रचार हुनका साथै नेपाली खाना र सामानहरुको राम्रो बिक्री हुने प्रवल सम्भावना छ। यो महोत्सवमा अमेरिकि नागरिकहरुलाई निशुल्क सुचनाहरु प्रबाह गरिने छ र नेपाल भ्रमण गर्न उत्साहित गरिने छ। यो महोत्सवमा नेपाली र अमेरिकि युबाहरुको ट्यालेन्ट प्रतियोगिता पनि
हुनेछ जस्ले नेपाली युबाहरुलाई आ-आफ्नो कला देखाउने सुनौलो मौका मिल्ने छ। यसका अतिरिक्त स्वयम सेवक भएर आफ्नु नेत्रित्व क्षमताको बिकास गरिनुका साथै एउटा अनौठो खुशीको संचार हुनेछ जसले नेपाली समुद्दयलाई भविष्य संम यस्ता खाले कार्यक्रम गर्न प्रेरित गरी रहने छ, शक्ती प्रदान गरी रहने छ ।
६ नेपाल महोत्सव सफल हुन्छ भन्ने तपाईंसँग के-के आधारहरु छन ?उल्लेख्य सहभागीता कसरी जुटाउनु हुन्छ त?
नेपाल महोत्सव सफल बनाउनको लागि नेपाल विश्व सहयोग संघको आव्हान अनुसार बे-एरियाका सबै जसो संघ सस्थाहरु सहभागी हुने भएका छन, ब्रिहत सहभागितामा निम्न समितीहरु बनिसकेका र बन्ने अन्तिम चरणमा छन ।
नेपाल महोत्सव सफल बनाउनको लागि निम्न समितीहरु परिचालन हुने छन-
क्न्भेनिङ काउन्सिल
सल्लाहकार समिती
नेपाल महोत्सव मुल समिती
एन ए जी सी को अर्डिनसन समिती
महोत्सव सहयोग समिती
बिबिध ऊप समितीहरु
महोत्सवलाई सहयोग पुर्‍याउन र शान्ति सुरक्षा तथा अन्य व्यवस्थापन तथा कानुनि प्राब्धान पूरा गर्न व्यव्स्थापन तथा कानुनी सल्लहकारहरु नियुक्त हुनका साथै सिटी अफ ओकल्यान्ड तथा ओकल्यान्ड पुलिस बिभाग सँग चरणबद्द रुपमा छलफल जारी छ, महोत्सवको लागि स्थान सबै द्रिष्टिकोण बाट उपयुक्त लेनी कलेजको प्राङ्गणलाई चयन गरिएको छ। यसको प्रचार प्रसारको लागि पोस्टर बनाउनको लागि
कुशल ग्राफिक डिजाइनरलाई जिम्मा दिएको छ र मे महिनाको महिनाको अन्त्यबाट मकार्थर, बर्क्ली र ओकल्यान्ड बार्ट स्टेशनहरुमा ठुला ठुला पोस्टर राख्ने व्यबस्था भैरहेको छ।

७-तपाइको अरु केही भन्नु?

केही छैन,आउनुहोस् नेपाल महोत्सबलाई भब्य रुपमा सफल बनाऔ, अनेकतामा एकता प्रदर्सन गरौं ।अरु कसैले गर्दैन,मैले गर्नु पर्छ भन्ने भाबनाको बिकास गरौं।नमस्कार!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक